भर्खरै :

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेसन सुरु

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको वार्षिक अधिवेसन सुरु

पेइचिङ, ४ मार्च (सीआरआई) । मार्च ४ देखि चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको वार्षिक बैठक पेइचिङस्थित जन बृहत् सभा भवनमा सुरु भएको छ । अर्थतन्त्र, संस्कृति, शिक्षालगायत ३४ क्षेत्रका करिब २१०० सदस्यहरू भेला भएर चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणका लागि राय–सुझाव दिएका छन् ।
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ विशेषतायुक्त व्यवस्था हो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग र राजनीतिक परामर्शसम्बन्धी महत्वपूर्ण संस्था हो । चिनियाँ राजनीतिक जीवनमा सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको साकार गर्ने महत्वपूर्ण तरिका हो र राष्ट्रिय शासन प्रणालीमा महत्वपूर्ण विभाग हो ।
चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति यो व्यवस्था व्यवहारमा उतार्ने राष्ट्रिय संस्था हो । यो चिनियाँ कम्युनिस्ट पार्टी, विविध प्रजातान्त्रित पार्टीहरू, गैर–पार्टीका व्यक्तित्वहरू, जन समुदाय, विविध अल्पसङ्ख्यक जाति र विविध क्षेत्रका प्रतिनिधिहरू, थाइवान देशबन्धु, हङ्कङ तथा मकाउ देशबन्धु र विदेशबाट फर्केका चिनियाँहरूका प्रतिनिधि र विशेष निमन्त्रणा गरिएका व्यक्तिहरूबाट गठित हो ।
चौधौँ चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको दोस्रो अधिवेशन मार्च ५ बाट सुरु हुने
चौधौँ चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको दोस्रो अधिवेशनले मार्च ४ का जन बृहत् सभा भवनमा प्रेस सम्मेलनको आयोजना गरेको छ । सो अधिवेशनका प्रवक्ता लौ छिन च्यानले अधिवेशनको कार्यसूची तथा राष्ट्रिय जनकाङ्ग्रेसको कार्यबारेमा चीन तथा विदेशका पत्रकारहरूद्वारा सोधिएका प्रश्नहरूको जवाफ दिनुभएको छ ।
प्रवक्ता लौका अनुसार, ७ दिनसम्म चल्ने चौधौँ चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको दोस्रो अधिवेशन मार्च ५ मा बिहान सुरु हुने र मार्च ११ मा अपराह्न सम्पन्न हुने छ । यस पटकको अधिवेशनमा ३ पटक पूर्ण बैठकको आयोजना गरिने छ । अधिवेशनका कूल ७ कार्यसूचीहरू छन् ।
अधिवेशनको अवधिमा ३ वटा पत्रकार सम्मेलनको आयोजना गरिने छ । राज्य परिषदका सम्बन्धित विभागका जिम्मेवार व्यक्तिहरूले कूटनीति, अर्थतन्त्र तथा जन–जीवनलगायत विषयहरूबारे पत्रकारहरूद्वारा सोधिने प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *