भर्खरै :

लेबनानी प्रधानमन्त्रीद्वारा हिजबुल्लाह–इजरायल द्वन्द्वको शान्तिपूर्ण समाधानको निम्ति आह्वान

लेबनानी प्रधानमन्त्रीद्वारा हिजबुल्लाह–इजरायल द्वन्द्वको शान्तिपूर्ण समाधानको निम्ति आह्वान

बेरुत, २२ फागुन, (सिन्ह्वा)  । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले मङ्गलबार दक्षिणी सीमामा रहेको लेबनान–इजरायल द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आग्रह गर्नुभएको छ । उहाँले सबै कब्जा गरिएका लेबनानी क्षेत्रहरू फिर्ता गर्न आह्वान गर्नुभएको छ । “वर्तमान र भावी पुस्ताका लागि राम्रो भविष्य निर्माण गर्नका लागि दक्षिणी लेबनान र गाजा विरुद्ध इजरायली आक्रमण रोक्न, शान्तिपूर्ण समाधानतर्फ अघि बढ्नुपर्ने” उहाँको धारणा छ ।
बेरुतमा संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोगले पश्चिम एसियाका लागि आयोजना गरेको दिगो विकासका लागि अरब फोरमको बैठकमा मिकातीको सो भनाइ सार्वजनिक भएको हो । प्रधानमन्त्रीले दक्षिणी लेबनानमा भइरहेको द्वन्द्वले देशलाई ठुलो दबाब दिएको बताउँदै इजरायली आक्रमण रोक्न र त्यस क्षेत्रका समस्याको शान्तिपूर्ण समाधानका लागि काम गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।
लेबनानी सैन्य स्रोतहरूले नाम नछाप्ने सर्तमा सिन्ह्वालाई दक्षिणी लेबनानको बिन्ट जबेल शहरमा इजरायली हवाइ आक्रमणमा १ जना नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते बताएका छन् ।
हिजबुल्लाह र इजरायलबिचको भिडन्तमा लेबनानी पक्षका २२७ जना हिजबुल्लाह सदस्यहरू र ६२ जना नागरिकहरूसहित ३३६ जनाको मृत्यु भएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।
लेबनान–इजरायल सीमामा सन् २०२३ अक्टोबरदेखि तनाव बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *