अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
काठमाडौँ, २२ फागुन । आर्थिक, सामाजिक तथा राजनैतिक जुनसुकै क्षेत्रमा विश्वासघातीहरूको भर हुँदैन । विश्वासघातीहरूको अडान हुँदैन । उनीहरू बोली बचन ठेगान नभएका या सिद्धान्त र विचारको आधारमा राजनीति नगरेका नेता, प्रम, मन्त्रीहरू अवसरवादी हुन्छन्† पद र पैसाको निम्ति आफ्नो इज्जत, प्रतिष्ठाको ख्याल गर्दैनन् या छिनछिनमा धोका दिइरहन्छन् । यसरी बोलीबचन फेर्ने या धोका दिने नेताहरूमा माओवादी अध्यक्ष पुष्पकलम दाहाल पनि परेका छन् । सिद्धान्त र विचार नमिलेका दलहरूको गठबन्धन हुँदा या संयुक्त सरकार गठन गर्दा मन्त्रिपरिषद्भित्र मतभेद हुनु र भागबन्डा नमिल्नु स्वाभाविक हो । मतभेदको आधारमा कहिले कुन दल र कहिले कुन दलसँग मिलेर सरकार फेरिरहनु या घात गर्नु कुनै दलको नेता र प्रधानमन्त्रीको बहादुरी होइन ।
विगतमा माओवादीले एमालेसँग मिलेर सरकार गठन ग¥यो र नेकालाई विश्वासघात ग¥यो । अहिले नेकालाई धोका दिएर एमालेसमेतको सरकार गठन भयो । नेकपा माओवादीलाई कहिले एमाले प्यारो र कहिले नेका प्यारो कसरी भयो ? के यो सत्तामुखी राजनीति होइन ? सरकार हेरफेर हुनु या अस्थिर हुनु सिद्धान्तअनुसारको राजनीति नगर्दाको परिणाम हो । कुनै दलको इच्छा पूरा हुनु या कहिले एमालेलाई र कहिले नेकालाई धोका दिएर आफू सरकारको नेतृत्वमा रहिरहनु देशको राजनीतिक अभीष्ट पूरा हुनु होइन । माओवादी अध्यक्ष दाहालले छिनछिनमा अडान फेरेको कारण उनी सर्वसाधारण जनतामाझ मात्र होइन राजनीतिक वृत्तमा पनि ‘धोकेबाज’, ‘विश्वासघाती’, ‘अडान नभएका’ अवसरवादी नेताको रूपमा परिचित छन् ।
देश ऋणमा डुबेको छ । विदेशी ऋण र सहयोगबिना देशको बजेट बन्दैन । निजीकरणका नाउँमा धेरै उत्पादनमूलक उद्योगहरू बेचिए, बेचिएका कति उद्योगहरू डुबे, केही उद्योगहरू अझै बन्द अवस्थामा छन् त कति उद्योगहरू रुग्ण अवस्थामा छन् । उद्योग डुब्यो, घाटा भयो भन्दै अर्थमन्त्रीहरूले सरकारी उद्योगलाई निजीकरण गरे त गर्ने अभ्यासमा छन् । निर्यात बढेको छ, आयात घटेको छ । स्वदेशी रकम बिदेसिँदै छ । करोडको आम्दानी हुन्छ भने खर्बको घाटा हुन्छ । देशको अर्थतन्त्र दयनीय स्थितिमा पुगेको छ । यस्तो तरिकाले देश कसरी बन्छ ? देश कसरी समृद्ध हुन्छ र जनता कसरी सुखी हुन्छन् ? शासकहरूको बुद्धिमा खिया लागेको कारण देशको स्थिति दयनीय भएको हो । शासकहरू देश र जनताप्रति समर्पित नहुँदा, देश र जनताबारे चिन्ता नलिँदा देश परनिर्भर हुँदै गएको छ । यसरी शासकहरूको कारण देशको दुर्गतिको खाडल गरिरिँदै छ । यो देशको चिन्ताको विषय हो ।
Leave a Reply