अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २२ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा स्थानीय तहस्तरीय महामारी व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणबारे एकदिने अभिमुखीकरण कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले महामारी आकस्मिक आउने र स्वास्थ्यसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै भक्तपुर नपाले विपद् व्यवस्थापन कोष खडा गरी घटनाको प्रकृतिअनुसार पीडितलाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझाले महामारी व्यवस्थापन पूर्वतयारी कार्यक्रमको उद्देश्य विभिन्न किसिमका रोग, महामारी, विपद्को कारण सृजित आपत्कालीन अवस्थामा तत्काल स्वास्थ्य सेवा पु¥याउने रहेको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय महामारीका स्रोतव्यक्ति दीपक अछामीले भक्तपुर जिल्लाको स्वास्थ्य आकस्मिक योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्षहरू, ख्वप अस्पतालका प्रतिनिधि, शाखा प्रमुखहरूलगायतको उपस्थिति थियो ।
Leave a Reply