आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाले बुधबार बिहान भक्तपुरको ऐतिहासिक भाजु पुखू परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । २०८० फागुन २५ गते शिवरात्रिको दिन भाजु पुखू उद्घाटनको तयारीस्वरूप नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, वडाका स्थानीय, विद्यालयका प्रतिनिधिलगायतको सहभागितामा पोखरी परिसरमा सरसफाइ गर्नुका साथै पोखरीमा रहेको लेउ सफा गर्ने कार्य गरेको छ ।
सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लामो समयदेखि जीर्ण अवस्थामा रहेको भाजु पुखूलाई पुनःजीवन दिने काम भएको बताउँदै पोखरीलाई सुन्दर र जीवन्त बनाइराख्न पोखरीको नियमित सरसफाइको खाँचो औँल्याउनुभयो ।
करिब ३२ रोपनी क्षेत्रफल ओगटेको भाजु पुखू भक्तपुरकै ठुलो पोखरी भएको बताउँदै पोखरी परिसरलाई सुरक्षित राख्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सरसफाइ कार्यक्रममा सहभागी सबैमा धन्यवादज्ञापन गर्दै यस्ता गतिविधि आयोजनाले सम्पदाप्रति स्थानीयको अपनत्व कायम हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भाजु पुखू पुनःनिर्माण सम्पन्न भएसँगै यस क्षेत्रको सुन्दरता अझ बढेको बताउँदै पोखरी सर्वसाधारणका लागि खुला भएसँगै यहाँको आर्थिक गतिविधिमा पनि व्यापकता पाउने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भाजु पुखू उद्घाटन कार्यक्रममा सम्पूर्णलाई सहभागिताको लागि आह्वान गर्दै उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
Leave a Reply