के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, २३ फागुन । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायकस्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूमाझ उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम फागुन २१ र २२ गते दुई दिन सम्पन्न भयो ।
कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई मा.वि.
अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनको लागि यस्ता अभिमुखीकरण कार्यक्रमले मार्गनिर्देशन गर्ने बताउनुभयो ।
कार्यक्रमका स्रोतव्यक्ति तथा वागीश्वरी कलेजका शिक्षक नवीन प्रजापतिले विद्यालय शिक्षा अध्ययनपश्चात् विद्यार्थीहरूलाई के कस्तो आधारमा उच्च शिक्षाका लागि आफ्नो भविष्य अनुकूल विषय छनोट गर्ने, वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेको र वागीश्वरी कलेजमा उद्यमशील स्वरोजगार कार्यक्रमले विद्यार्थीहरू कसरी लाभान्वित भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९÷८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।
Leave a Reply