भर्खरै :

राइमोनडोको हास्यास्पद भनाइ

राइमोनडोको हास्यास्पद भनाइ

पेइचिङ, ६ मार्च (सीआरआई) । अमेरिकी वाणिज्य मन्त्री गिना राइमोनडोले भनेअनुसार, हालको मोटर गाडी ‘पाङ्ग्रा जडान गरिएको आईफोन’ जस्तै छ । लाखौँ लाख चिनियाँ मोटर गाडी अमेरिकाको सडकमा चलिरहेका छन् । प्रतिदिनको हरेक मिनेटमा चिनियाँ मोटर गाडीले लाखौँ लाख अमेरिकीको डाटा सङ्कलन गरेपछि ती डाटालाई पेइचिङ फर्काउने गर्दछन् ।
वास्तवमा अमेरिकाले चिनियाँ मोटर गाडीलाई उच्च कर असुलेका कारण अमेरिकाको सडकमा चिनियाँ नयाँ ऊर्जाका मोटर गाडी थोरै देख्न पाइन्छ । अमेरिका ‘पाङ्ग्रामा रहेको मुलुक’ हो । अमेरिकाको मोटर गाडी उद्योग बीसौँ शताब्दीमा विश्वको अग्रस्थानमा रहेको थियो र एकाईसौँ शताब्दीमा क्रमशः ¥हास भएको थियो ।
हालैका वर्षहरूमा चीनको नयाँ ऊर्जा स्रोत मोटर गाडी निरन्तररूपमा नवप्रवर्तन र अनुसन्धान भएको छ । सन् २०२३ मा चीनको नयाँ ऊर्जाका मोटर गाडीको निर्यात मात्रा १२ लाख ३ हजार पुगेको थियो । यसबारे केही अमेरिकीहरू चिन्तित छन् । उनीहरूले आफ्नो प्रतिस्पर्धात्मक शक्ति बढाउन प्रयास गरेका छनन् र सट्टामा व्यापारिक स्टिक उठाएका छन् । राइमोनडोले गलत सूचना फैलाएको मुख्य उद्देश्य अमेरिकाले सम्बन्धित संरक्षणवादी नीति प्रस्तुत गर्नका लागि जनमत सिर्जना गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *