यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
‘१४ महिनामै १३ पटक मन्त्रिमण्डल पुनर्गठन ।’ यो शीर्षक ‘नागरिक’ दैनिक २२ फागुन, २०८० को हो ।
के हामी सञ्चारमाध्यमहरूले देशको फलाना प्रधानमन्त्री, शिक्षा र स्वास्थ्य मन्त्रीहरूले के कोट लगाए र कति महिनामा कति वटा देशको भ्रमण गरेजस्ता समाचारहरूमा प्राथमिकता दिने हो वा ती मन्त्रीहरूले के के आ–आफ्नो क्षेत्रमा उपलब्धि हासिल गरे भन्ने विषय जनतामा सम्प्रेषण गर्ने हो भन्नेबारे छलफलको खाँचो जनताले गरेका छन् ।
‘एक वर्षमा तीन गठबन्धन, १३ पटक मन्त्रिमण्डल विस्तार ।’ (नेपाल समाचारपत्र, २२ फागुन, २०८०)
यो समाचारले नेपाली जनताले के सिके वा थाहा पाउने हो भनी पाठक प्रतिक्रियामा जनाइएको छ ।
बरु सोही समाचारपत्रले टिप्पणी ग¥यो, ‘अस्थिर राजनीतिको परिणाम ।’ यो शीर्षकले लाचारी देखाएको हो वा चिन्ता प्रकट गरेको हो प्रस्ट भएन भन्ने जनताको गुनासो छ । एक पाठकको टिप्पणी थियो, २ वर्ष पनि स्थिरतापूर्वक शासन गर्न नसकी तिहुनचखुवा प्रवृत्ति बढाउने शैली अराजनैतिक र सही राजनीतिको अभाव हो ।
देउवाको टिप्पणी थियो– ‘प्रचण्ड धोकेबाज’ हो । तर, देउवा, प्रचण्ड र ओली तीनै जना प्रधानमन्त्रीसँग जनताले सोध्ने गरेका थिए, आ–आफ्नो कार्यकालमा कृषि क्षेत्रमा के कति प्रगति गरे ? उद्योगमा के कति प्रगति गरे ? सरकारी कलकारखाना वा उद्योगमा के कति उत्पादन बढ्यो र निजीको कति प्रतिशत बढी उत्पादन बढ्यो, कुनै पनि प्रमले बिदा लिँदै गर्दा जनतालाई प्रस्ट गरेनन् ।
सरकार फेरिरहने प्रवृत्तिलाई जनताले प्रधानमन्त्रीको सफलताको रूपमा लिने वा असफलताको रूपमा लिने ?
सत्य के हो भने साइकल चढ्न नजान्ने केटाहरू बढी साइकलबाट खस्छन्, बरोबर साइकल चढ्छन् र साइकलबाट ओर्लन्छन् । आखिर उनीहरू सरकारी साइकल छोडेर घरको साइकल बोकेर हिँड्छन् ।
‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’ – प्रचण्ड ।
प्रम प्रचण्डले गठबन्धन फेर्न र नयाँ मन्त्रिमण्डल बनाउनुलाई उथलपुथल भन्ने हो भने हरेक व्यक्तिले दुई चार दिनमा लुगा फेर्छन् र बाहिरबाट घर पुगेपछि कोट फेर्नु पनि ‘उथलपुथल’ हुन्छ ?
यस्ता उथलपुथल पञ्चायतकालमा पनि देखियो । पाकिस्तानमा बरोबर सेनाबाट सत्ता परिवर्तन गराइन्छ भन्ने हल्ला छ । नेपालमा त्यस्तो उथलपुथलको बाहक नेपाली सेना हो वा भारत ? जनताको जिज्ञासा हो ।
२२ फागुन, २०८० को राजधानीले लेख्यो – ‘गठबन्धन हेराफेरीमा प्रचण्ड ।’ तर, बजारमा चर्चा छ, त्यो हेराफेरी हो कि भारतको घोडा फेराइ ?
‘राजधानी’ कै अर्काे शीर्षक थियो – ‘प्रचण्ड र नितिश… दुवै पल्टुराम ।’ सत्ताका मन्त्रीहरूको हेराफेरीका जनताको चासो त्यसबेला हुन्छ जुन बेला फेरिएका मन्त्रीहरूले जनतालाई भन्ने छन्, वीर अस्पतालमा वर्षाैँदेखि थन्किएका करोडौँ र खरबौँका स्वास्थ्य उपचारका उपकरणहरूको मर्मत सम्भारपछि बिरामीले वीर अस्पतालमै सेवा पाउन सुरु भयो भन्ने समाचार सुन्न पाउनेछन् ।
‘प्रदेश सरकारमा पनि हलचल’ को शीर्षकमा २२ फागुन, २०८० को समाचारबारे केही पाठकहरू व्यङ्ग्य गर्दै थिए, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।’
प्रदेशहरूको नयाँ परिवर्तनले के प्रदेशका अस्पतालहरूले वीर अस्पताल आउन नपर्ने गरी बिरामीलाई सेवा दिने हुन् ?
के प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौँ आएर बैठक बस्ने र पदको आ–आफ्नो मुख्यमन्त्री बन्ने सौख पूरा गर्ने हुन् ? भन्ने टिप्पणीहरू जताततै सुनिन्छ ।
‘प्रदेशको प्रमुख सचिव, सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय १० वर्षसम्म सङ्घले नै पठाउने’ र ‘सङ्घीय निजामती विधेयक संसद्मा दर्ता’ को २२ फागुन, २०८० को ‘नयाँ पत्रिका’ को समाचारमा प्रदेशका मुख्यमन्त्रीहरूको ‘पहिलो गाँसमै निराशा’ भन्ने जनताको टिप्पणीमा भ्रष्टाचारका समाचारहरूको घच्घच्याई हुनुपर्ने प्रदेशका जानकारहरू बताउँछन् ।
Leave a Reply