यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कुरा २०८० माघ २६ को हो । बिहानको भोजनपछि त्रिभुवन विश्वविद्यालयको अनुसन्धान विभागमा एमफिल तथा विद्यावारिधिको अध्ययनको बारेमा विचारविमर्श, छलफल तथा सरसल्लाहको लागि हिँड्ने तयारी गरेँ । भक्तपुरबाट कलङ्की जाने यात्रुवाहक बसबाट म त्रिभुवन विश्वविद्यालयतिर लागेँ । कोटेश्वरबाट ललितपुरको एकान्त कुना, धोवीघाट हँुदै म बल्खु नजिकै पुगँे । परीक्षा नियन्त्रण कार्यालयमा प्रमाणपत्र लिनेहरूको भिड थियो । परीक्षा नियन्त्रण कार्यालयले पहिलेको भन्दा छिटोछरितो प्रमाणपत्र उपलब्ध गराउने गरेको कुरा आपसमा कुराकानीबाट बुझ्न सकिन्थ्यो । यत्तिकैमा मेरा स्कूल तथा कलेजका सहपाठी वाल्मीकि क्याम्पसका उपप्राध्यापक टङ्क पोखरेल पुग्नुभयो । हाम्रो उद्देश्य पीएचडी अध्ययनको बारेमा बुझविस्तार गर्नु थियो । हामी २५÷३० वर्ष पहिलेका दिनहरू, पढेका, खेलेका, सँगै यात्राहरू गरेका रमाइला अविस्मरणीय क्षणहरूको स्मरण गर्दै अगाडि बढ्यौँ । पनिकको पछाडि मानविकी तथा सामाजिकशास्त्र सङ्काय डिनको कार्यालय कीर्तिपुर पुग्यौँ । त्यहाँ भर्खरै एमफिल तथा पीएचडीको सूचना निस्किएको रहेछ । विभिन्न विषयमा स्नातकोत्तर तह उत्तीर्ण व्यक्तिहरूले एमफील र पीएचडी गर्न चाहे मिल्ने रहेछ । मेरो शिक्षातर्फको पढाइ भएकोले मेरो लागि क्यअष्ब िध्यचप न्चयगउ र क्यअष्ययिनथ न्चयगउ मा एमफिल र पीएचडी पढ्न मिल्ने रहेछ । केही बेरको छलफलपछि हामी शिक्षाशास्त्र केन्द्रीय विभागतिर लाग्यौँ । उक्त विभागको प्रमुख प्रोफेसर डा. कवि पोखरेल हुनुहुन्थ्यो । मलाई कक्षा ६ मा र स्नातक तहमा शिक्षण गर्नुभएको गुरु भएकोले केही बेर उहाँको कार्यकक्षमा बस्यौँ । विभिन्न विषयमा छलफल गर्यौँ । शिक्षाशास्त्रका एमफिल तथा पीएचडीका बारेमा सोधपुछ गर्यौँ । हामीलाई डा. कवि सरले ग्राजुएट स्कूल अफ एजुकेसन कीर्तिपुर प्रिन्सिपलको कार्यालयमा पु¥याउनुभयो । आपसमा परिचय गर्यौँ । हामीले चाहेअनुसारको पढाइको बारेमा थप जानकारी लियौँ । उच्च शिक्षाको लागि सातवटा विषयमा विशिष्टीकरण विषय रहेछन् । जसमा (१) शिक्षा अध्ययन (२) अङ्ग्रेजी शिक्षा (३) गणित शिक्षा (४) स्वास्थ्य शिक्षा (५) नेपाली शिक्षा (६) सामाजिक शिक्षा र (७) समावेशी शिक्षा । यसरी अध्यायन गर्नको लागि आवेदन फार्म ः
यसरी विभिन्न विषयमा सोधपुछपछि क्यान्टोनमेन्टमा खाजा खान बस्यौँ । टङ्क सर, शुभराज सर र म भर्खरै चियाको चुस्कि लिँदै थियौँ । अकस्मात् शिक्षाशास्त्र केन्द्रीय विभागको प्राङ्गणमा विभागीय प्रमुख डा. कवि पोखरेलसँग एक जना व्यक्ति चर्को स्वरमा झगडा गर्दै थिए । विभागीय प्रमुखलाई भ्रष्टाचारी, माफिया, त्रिवि ध्वस्त गर्ने, अनियमितता गर्ने, सूचना लुकाउने, अनलाइनको नाटक गर्दै कृत्य काम गर्ने भनेर तथानाम गालीगलौज गर्दै थिए, समयमै तलब भत्ता तथा सुविधा नदिने भनेर अश्लील शब्दहरू ओकल्दै थिए । उता विभागीय प्रमुख पनि शक्तिको आडमा होला पाखुरा खिच्दै लड्न तम्सिँदै थिए । जस्तालाई तस्तै भनेझैँ आफ्नो पद जिम्मेवारीलाई भुलेर प्रमुखजस्तो व्यक्ति उस्तै पाराले प्रतिरोधमा उत्रनु अलि नसुहाउने थियो । प्राध्यापकहरूले पक्ष विपक्षका दुई जनालाई अलगअलग तान्दै थिए । मानौँ, यहाँ जिउ ज्यानको जोखिम भएझैँ, ठुलै काटमार हुनबाट बचाएझैँ बहादुरीसाथ छुट्याइरहेका थिए । स्नातकोत्तर तहमा अध्ययनरत छात्र छात्राहरू अक्कनबक्क भएर हेरिरहेका थिए । नेपालको सबैभन्दा ठुलो उच्चस्तरीय शिक्षण संस्था अझै सबैभन्दा धेरै विद्यार्थी भएको विश्वविद्यालय भनेर देश विदेशमा व्यापक प्रचारप्रसार गरेको संस्थाका प्रमुख व्यक्तिहरूको हविगत लाजमर्दो देखियो । हाम्रो देशको अवस्थामा यति नाजुक किन छ भन्ने कुरा बुझ्न हाम्रो शिक्षालाई हेर्दा स्पष्ट हुन्छ । अझ हामी विद्यावारिधि लिएर बढी नैतिकवान, इमानदार, सक्षम र योग्य बनौँला भनेर पुग्दा धेरै दुःख लाग्यो । यस्ता बुद्धिजीवीले कस्तो शिक्षा दिने ? गाउँ घरमा भट्टि पसलमा दारु खाएर झगडा गरेभन्दा निम्न स्तरमा झरेर नौटङ्की देखाउने प्राध्यापकहरूबाट देशले के आशा गर्ने ? हामी ४/५ जना प्राध्यापकहरूसँग केही बेर कुराकानी गर्यौँ, उहाँहरूका आपसी कुरा सुन्यौँ । यस्तो बौद्धिक दरिद्रताले हाम्रो शिक्षाले सकारात्मक मोड लिन सक्लाजस्तो लागेन । देशको अवस्थामा सुधार ल्याउने हो भने यी आफूलाई स्वघोषित विद्वान्हरूलाई बिदा गर्नुपर्ने देखियो । एउटा सानो बाल विकास अथवा प्राथमिक तहसम्म सञ्चालन गरेको विद्यालयको जति इमानदारी, नैतिकता विश्वविद्यालयमा हुँदैन भने परिवर्तनको के अपेक्षा गर्ने ? यस्तो परिस्थिति देख्दा धेरै दुःख लाग्यो । देशकै सबैभन्दा ठुलो विश्व विद्यालयको हालत यस्तो भए हाम्रो देशको भविष्य कता जाँदै छ ? चिन्ताको विषय बनेको छ । अब नेपालको शिक्षामा आमूल परिवर्तनबिना देश लिकमा ल्याउन कठिन देखिन्छ । नेपाल र नेपालीलाई माया गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी अब देशको आमूल परिवर्तनको बाटोमा लाग्न ढिलो भयो कि ? वर्तमान पँुजीवादी व्यवस्थाको चरित्र नाङ्गो रूपमा देखियो । जनताको लागि, जनताकै पहलमा, जनताले चलाउने ख्वप विश्वविद्यालयको आवश्यकता अझै धेरै देखियो । यस्तै अनेकौँ विचार खेलाउँदै दुर्दशा हेर्दै कीर्तिपुरबाट काठमाडौँ हुँदै भक्तपुरतिर लागियो ।
Leave a Reply