भर्खरै :

जेसीजमा शिक्षासेवीहरु वैद्य र ग्वंग सम्मानित

जेसीजमा शिक्षासेवीहरु वैद्य र ग्वंग सम्मानित

भक्तपुर, २७ फागुन । जेसीज माध्यमिक विद्यालयको ४५ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, स्थानीय पाठ्यक्रम ख्वपको पहिचानअन्तर्गत विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा समेटिएका विशिष्ट व्यक्तित्वहरू त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका पूर्वडीन पृथुचरण वैद्य र स्थानीय मन्त्रालयका सहसचिव, संस्कृतिविद् एवम् विद्यालयका पूर्वप्रिन्सिपल तेजेश्वर बाबु ग्वंगलाई विशेष सम्मान गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.पी. अवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष दीपक थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रा.डा. अरविन्द्रलाल भोमी, विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीलगायतले बोल्नुभएको थियो ।
विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमहरू देखाइएको उक्त कार्यक्रममा गत फागुन १९ गते सम्पन्न उपत्यकाव्यापी विद्यालयस्तरीय ५ कि.मि. दौड प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *