उपप्रमुख जोशीद्वारा चित्रकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण
- भाद्र २८, २०८१
पत्रकार मित्रहरू,
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको छ । विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिकरूपमा स्वस्थ र तन्दुरुस्ती बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरूप भक्तपुर नगरपालिकाले भलिबल, फूटबल, कराँते, बक्सिङ, टेबुलटेनिस, जिम्नास्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आइरहेको छ ।
ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्णले सजिलैसँगै अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ शारीरिक अभ्यासको वडावडामा प्रशिक्षण व्यवस्था गरिएको छ । विद्यालयहरूमा खेलहरूको विकास गर्ने उद्देश्यअनुसार विगत ४ वर्षदेखि पूर्णकालीन प्रशिक्षकहरू व्यवस्था गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिई कराँते खेलका प्रशिक्षार्थीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण सञ्चालन गरी विद्यालयका छात्राहरूलाई प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । गत कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगरभित्रका ४९ वटा विद्यालयका शिक्षकहरूलाई एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी पाठ्यपुस्तकमा रहेको आधारभूत सिपहरूसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा व्यक्त गरेका प्रतिबद्धतामध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना पनि एक हो ।
निर्वाचनमा जनताबिच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको पनि यहाँहरूमा जानकारी गराउन चाहन्छौँ । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न ग¥यौँ । यही फागुन २९, ३० र चैत १, २, ३ गतेसम्म सहिद दिवसको अवसरमा अन्तरनगर महिला कब्बडी प्रतियोगिता गर्ने नगर प्रमुख सुनिल प्रजापतिले घोषणालगत्तै उहाँकै संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका छौँ । हरेक वर्षको प्रतियोगिताले हामीलाई हौसला र उत्साह प्रदान गरिरहेको छ । हाम्रा हरेक प्रतिबद्धताहरू दृढताका साथ पूरा गर्दै छौँ ।
अन्तरनगर महिला कबड्डी प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) बाट हुनेछ ।
यस वर्षको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा नगरमा रहेका ९२ वटा विद्यालयहरूमध्ये ८१ विद्यालयहरूले सहभागिता जनाएका थिए । कबड्डी खेलमा छात्रा– ८ र छात्र– ८ वटा विद्यालयहरूले भाग लिएका थिए । यस वर्षदेखि भक्तपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा उल्लेख गरिएको बाघचाल खेल पनि समावेश गरी १५ वटा खेलहरूको प्रतियोगिता भएको थियो । त्यसमध्ये बाघचाल प्रतियोगितामा विद्यार्थीहरू अत्यन्त उत्साहित देखिएको पाइएको छ भने आगामी वर्ष अझ बढी विद्यालय र विद्यार्थीहरूले भाग लिने हामीले आशा गरेका छौँ ।
अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा आजसम्म देशका विभिन्न १८ वटा नगरपालिकाबाट भाग लिन नाम दर्ता गराइसकेका छन् । अन्तरनगर महिला कबड्डी प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रूपमा भक्तपुर नपाले आयोजना गर्दै छ । भक्तपुर नपाले यस प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०/५० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ भने सहभागी खेलाडी र अफिसियलहरूलाई खाने र बस्ने व्यवस्था गर्दै छ ।
अन्तमा, फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन ¥याली भक्तपुर नपा वडा नं. ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे सुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ ।
(भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे भएको पत्रकार भेटघाट कार्यक्रममा आइतबार युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीद्वारा प्रस्तुत प्रेस विज्ञप्ति)
Leave a Reply