नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
टर्कीले जनवरीमा अमेरिकी नेतृत्वको नाटो सैन्य गठबन्धनमा स्वीडेनको सदस्यतालाई अनुमोदन गरेपछि हङ्गेरी नर्डिक देशको महत्वाकाङ्क्षी बोलीलाई स्वीकृति दिने अन्तिम नाटो सदस्य राष्ट्र बन्यो ।
स्वीडेनको नाटो सदस्यता पछिल्ला दिनहरूमा हेडलाइनहरू बनिरहेको छ । स्वीडेनले परम्परागतरूपमा तटस्थताको नीति (कुनै पनि खेमामा सामेल नहुने) को पालना ग¥यो र शीतयुद्धको समयमा पनि त्यस नीतिलाई कायम राख्यो ।
स्वीडेन र फिनल्यान्ड दुबैको सदस्यतालाई अन्तिम रूप दिएपछि, सार्वजनिकरूपमा यस कदमलाई मस्कोप्रति शत्रुतापूर्ण कार्यको रूपमा व्याख्या गर्दै रुसी अधिकारीहरूले नतिजाको चेतावनी दिएका छन् ।
यस्तो अवस्थामा दुईवटा महत्वपूर्ण प्रश्न उठ्छन् : पहिलो, स्वीडेन र फिनल्यान्डबाट यस्तो अनुरोध गर्नुको कारण के हो र अब के रणनीतिक नतिजा आउनेछ ?
यो तर्क गर्न सुरक्षित हुनेछ कि पश्चिमी मिडियाले रूस र युक्रेनबिचको युद्ध यी दुई उत्तरी युरोपेली देशहरूको लागि चिन्ताको एकमात्र कारण हो भन्ने कथालाई अगाडि सारे पनि सत्य यो पक्कै होइन । ती देशहरूलाई अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल हुन प्रेरित गरे ।
विश्वव्यापी आधिपत्यवादी शक्तिहरूले खेल्ने रणनीतिक खेलहरूलाई व्यापक परिप्रेक्ष्यमा हेर्दा, हामीले हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिकाको रणनीतिमा परिवर्तनहरू, विशेषगरी फारसको खाडीलगायत रुस र चीनको रणनीतिमा नाटोलाई बलियो बनाउने प्रयास गरेको महसुस गर्छौँ । रुस र चीनको काउन्टरवेट, वाशिङ्टनको रणनीतिक योजनाको शीर्षमा रहेको छ ।
तसर्थ, यी दुई स्क्यान्डिनेभियाली देशहरूले नाटोमा सामेल हुने इच्छाको अभिव्यक्ति उनीहरूको सुरक्षा आवश्यकताहरूमा आधारित आन्तरिक निर्णयमात्र थिएन । यो अमेरिकाद्वारा नियोजित मूर्खतापूर्ण कदम हो ।
फेब्रुअरी २०२१ मा संयुक्त राज्य अमेरिकाबाट एफ–१५ विमानहरू खरिद गर्न फिनल्यान्डले एक आकर्षक सम्झौतामा हस्ताक्षर गर्नु यो दाबीलाई पुष्टि गर्ने एक शक्तिशाली प्रमाण हो ।
तदनुसार, स्वीडेन र फिनल्यान्ड नाटोमा सामेल भएसँगै युरोपियन युनियनले नाटोको रूपमा रुसविरुद्ध प्रत्यक्ष शक्ति प्रदर्शनको घोषणा गरेको छ र अमेरिकीहरू पनि त्यही चाहन्छन् ।
यसरी नाटोको विस्तार र नाटोको युरोपेली भागको सैन्यशक्ति सुदृढ हुँदै जाँदा रुसलाई नियन्त्रणमा राख्न युरोपेलीहरूको सहभागिता बढ्नेछ र अमेरिकाले चीनलाई थप तयारीका साथ नियन्त्रणमा राख्न सक्षम हुनेछ । तर, यो कदम जवाफविहीन हुनेछैन ।
दोस्रो प्रश्न स्वीडेन र फिनल्यान्डको कदमको रणनीतिक परिणामहरूको बारेमा हो । यो ध्यान दिनुपर्छ कि यसले नाटोको विस्तार र सुदृढीकरण र रूसको घेराबन्दीको घेरालाई साँघुरो बनाउनतिर अघि बढाउनेछ र परिणामको रूपमा यसले उत्तरी युरोपमा तनाव वृद्धि गर्नेछ ।
यद्यपि, फिनल्यान्ड र स्वीडेनसँग जनसङ्ख्या र सैन्य बजेट महत्वपूर्ण छैन, तिनीहरूसँग आधुनिक सेनाहरू र अनुकूल सैन्य–प्राविधिक औद्योगिक पूर्वाधारहरू छन् र निस्सन्देह हालैका वर्षहरूमा तिनीहरूले रूसको खतराको चिन्ताको कारण आफ्नो सैन्य खर्च बढाएका छन् ।
रुसीहरूले स्वीडेन र फिनल्यान्डको नाटो खेमामा सामेल हुनु क्षेत्रीय स्थायित्वको लागि खतराको रूपमा लिन्छ । त्यसैले, रूस र पश्चिमी मोर्चाबिच सशस्त्र र राजनीतिक द्वन्द्वलाई नकार्न सकिँदैन ।
नयाँ आयामहरूमा नाटोको विस्तारले युरोपेली देशहरूमा सुरक्षा र स्थायित्व ल्याउने मात्र होइन, उनीहरूलाई रुसको विरुद्धमा उभ्याएर युरोपलाई अमेरिकाको लक्ष्य र स्वार्थ सुरक्षित गर्ने औजारमा परिणत गरेर त्यसले त्यहाँको राजनीतिक र आर्थिक विकासमा बाधा पु¥याएको छ । हरियो महादेश र पूर्वी र उत्तरी युरोपलाई विश्वव्यापी भूराजनीतिक नक्सामा नयाँ सङ्कट क्षेत्रमा परिणत गरेको छ ।
केही स्वीडेनीहरू चिन्ता गर्छन् कि नाटोमा सामेल हुनाले उनीहरूको राष्ट्रिय ‘पहिचान’ मा मौलिक परिवर्तन हुनेछ, पहिचान नै मेटिने छ ।
स्वीडेनको नाटोमा प्रवेशले देशको अन्तर्राष्ट्रिय तटस्थताको २००–वर्षीय नीतिको अन्त्य ग¥यो, जसले स्टकहोमलाई विश्वभर शान्तिको मध्यस्थकर्ताको रूपमा स्थापित गरेको थियो ।
सन् १९६० को दशकमा कङ्गोमा शान्ति प्रवद्र्धन गर्नका लागि संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव डाग ह्यामर्शोल्डको प्रयासदेखि इराक युद्धसम्मका वर्षहरूमा संयुक्त राष्ट्रसङ्घको प्रमुख हतियार निरीक्षकको रूपमा ह्यान्स ब्लिक्सको भूमिका, स्वीडेनको तटस्थताले यस देशलाई विश्वमा द्वन्द्वहरूको शान्तिपूर्ण समाधानमा प्रभावशाली भूमिका खेल्न अनुमति दिएको थियो ।
अब, पर्यवेक्षकहरू चिन्ता गर्छन् कि स्वीडेनको नाटोमा प्रवेशले स्टकहोमको विकल्पहरूलाई सीमित गर्नेछ र यसलाई आफ्ना सहयोगीहरू, विशेषगरी संयुक्त राज्य अमेरिकासँग समन्वयमा काम गर्न बाध्य पार्नेछ ।
यसका आधारमा क्रेमलिनले रुसको सिमानामा फिनल्यान्ड र अन्य युरोपेली देशहरूमा आणविक हतियार बोक्न सक्ने मिसाइलहरू तैनाथ गर्ने, रुसको सिमानामा रहेका अन्य युरोपेली देशहरूमा आक्रमण गर्ने, निर्यातमा कटौती गर्ने वा ऊर्जा वाहकहरूको मूल्य बढाउन दबाबको माध्यमको रूपमा युरोपेली देशहरूले यस निर्णयको प्रतिक्रियामा रूसले अपनाउन सक्ने केही रणनीतिहरू हुन् ।
स्वीडेनमा रहेको रुसी दूतावासले हालै एक विज्ञप्ति जारी गर्दै देशले ‘आफ्नो राष्ट्रिय सुरक्षामा खतरा हुन नदिन राजनीतिक, सैन्य र प्राविधिक प्रकृतिका प्रतिशोधात्मक कदम चाल्ने’ भनेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ कि स्वीडेनको नाटोमा प्रवेशले उत्तरी युरोपको स्थिरताको स्तरलाई नकारात्मक असर गर्नेछ ।
क्रेमलिनले रुसले आफ्ना छिमेकीहरूका लागि कुनै खतरा नभएको तर आफ्नो राष्ट्रिय हितका लागि सम्भावित खतरनाक हुने कार्यहरूलाई बेवास्ता नगर्ने दाबी गरेको छ । अझ अगाडि हालैका वर्षहरूमा, रूसले आफ्नो पश्चिमी सिमानानजिकै अभूतपूर्व नाटो गतिविधिलाई औँल्याएको छ र ‘रूसको नियन्त्रण’ गर्ने दृष्टिकोणविरुद्ध चेतावनी दिएको छ ।
एकै समयमा, रूसी अधिकारीहरूले बारम्बार नाटोसँग वार्ताको लागि आफ्नो तत्परता व्यक्त गरेका छन् । तर, समान आधारमा, युरोपेली महाद्वीपलाई सैन्यकरण गर्ने अमेरिकी नेतृत्वको प्रक्रियाविरुद्ध चेतावनी पनि दिएको छ ।
सोमबार, रसियाले आगामी दिनमा फिनल्यान्ड, स्वीडेन र नर्वेमा हुने तय गरिएको सैन्य अभ्यासको आलोचना ग¥यो र भन्यो कि रूसी सेनाले यसको निगरानी गरिरहेको छ । “कुनै पनि अभ्यास, विशेषगरी ती जुन भौगोलिकरूपमा सम्पर्क रेखाको नजिक राखिएको छ, सैन्य घटनाहरूको जोखिम बढाउँछ । त्यसैले रुसको रक्षा क्षमता सुनिश्चित गर्नको लागि आवश्यक सबै उपायहरू गरिएको छ,” रुसका उपविदेशमन्त्री अलेक्ज्यान्डर ग्रुस्कोले भन्नुभयो ।
आगामी समयले युरोपेली महाद्वीपले कुन बाटो लिन्छ र अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा स्वीडेनको प्रवेश कति महँगो साबित हुनेछ भनेर निर्धारण गर्न गइरहेको छ ।
(अली रेज्वानपुर तेहरानमा रहनुभएका राजनीतिक टिप्पणीकार र विश्वविद्यालयका शिक्षक हुनुहुन्छ ।)
– प्रेस टिभी अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply