यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
दैलेख, २८ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ डुङ्गेश्वर गाउँ समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘केटीहरू’ बुलेटिनको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले अन्तरक्रियाले कामदारवर्गका महिलाहरूको राजनैतिक र सैद्धान्तिक स्तर उठाउन सहयोग हुने बताउँदै अध्ययन र अन्तरक्रियालाई जोड दिनुपर्छ भन्नुभयो ।
उहाँले नेपाली कामदारवर्गका महिलाहरूलाई वर्गीय मुक्ति दिलाउनु नै नेक्रामसङ्घ र पार्टीको उद्देश्य हो भन्नुभयो ।
नेमकिपा जिल्ला समितिका अध्यक्ष जगत वलीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे प्रकाश पार्दै हरेक वर्ष विश्वका कामदारवर्गका महिलाहरू शोषणबाट मुक्त हुन यो दिवस मनाउँदै आएको बताउनुभयो । नेमकिपा जिल्ला सदस्य हस्त घले, नेमकिपा डुङ्गेश्वरका अध्यक्ष हीरामणी न्यौपाने, डुल्लु नपा वडा नं. १२ का पार्टी वडा अध्यक्ष खड्कप्रसाद दाहाल, नेक्रामसङ्घ डुङ्गेश्वरका खगीसरा रेग्मी र देवी रेग्मीले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी महिला सङ्घ, महाबु गाउँपालिका समितिको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका पूर्व जिल्ला उपाध्यक्ष एवं सल्लाहकार समितिका सदस्य बमबहादुर सिंहले ८ मार्चको दिन विश्वका श्रमजीवी महिलाहरूले समान कामको समान ज्याला, ८ घण्टा कामको लागि सङ्घर्ष गरेको दिनलाई स्मरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा जिल्ला सदस्य लक्ष्मीकुमारी सिंहले जबसम्म कामदारवर्गका महिलाहरू आफ्नो अधिकारको लागि लड्दैनन् तबसम्म मुक्तिको आशा गर्नु आकाशको फलजस्तै हुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा महाबुका कोषाध्यक्ष भगिराम थापा, नेक्रामसङ्घ महाबुका उपाध्यक्ष गीता थापामगर, नेमकिपा महाबुका सदस्य झुमा थापामगर, दिलबहादुर थापामगर, जमुना थापामगर, नेक्राविसङ्घका प्रकृति थापामगरले बोल्नुभएको थियो ।
कार्यक्रममा केटीहरू अङ्क १५ को अन्तरक्रिया भएको थियो । कार्यक्रमको सभापतित्व राजकुमारी डाँगीले गर्नुभएको थियो ।
Leave a Reply