भर्खरै :

अन्तरनगर महिला कबड्डी प्रतियोगिताको नतिजा

अन्तरनगर महिला कबड्डी प्रतियोगिताको नतिजा

भक्तपुर, २९ फागुन । भक्तपुर नपाको आयोजनामा भएको महिला कबड्डी प्रतियोगिताअन्तर्गत भक्तपुर नपा र मध्यपुर नपाबिच भएको खेलमा भक्तपुर नपाले मध्यपुर नपालाई ५७—२२ अङ्कले पराजित गर्यो । उक्त खेलमा राष्ट्रिय खेलाडी पूजा दुवाल म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै मेलौली नपा र सिद्धिचरण नपाबिच भएको खेलमा मेलौलीले नगरपालिकाले सिद्धिचरण नपालाई ७८—१७ पराजित गरेको छ भने मेलौली नपाका जयन्ती बडु म्यान अफ द म्याच घोषित भएका छन् ।
भीमदत्त नपा र कीर्तिपुर नपाबिचको खेलमा भिमदत्त नपाले ८६ अङ्कका साथ जित हासिल गरेको छ । उनले प्रतिद्वन्द्वी कीर्तिपुरलाई ८६–१६ को फराकिलो अन्तरले पराजित गरेको हो । उक्त खेलमा भीमदत्त नपाका मानमती विष्ट म्यान अफ द म्याच घोषित भएका छन् ।
पनौती नपा र बनेपा नपाबिच भएको खेलमा पनौतीले अग्रता लिएको छ । पनौती नपाले प्रतिद्वन्द्वी बनेपा नपालाई ५७–३२ अङ्कले पराजित गरेको छ । सो खेलमा पनौति नपाका रुबिना बस्नेत म्यान अफ द म्याच घोषित भएका छन् ।
सोही दिन भएको गोदावरी नपा र महाकाली नपाबिच भएको खेलमा महाकाली नपाले गोदावरी नपालाई ४३–१७ ले पराजित गरेको छ । उक्त खेलमा महाकाली नपाका वर्षा बोहरा म्यान अफ द म्याच घोषित भएका छन् ।
बाँकी खेलहरू फागुन ३० गते बिहान ८ बजेबाट सहिद स्मृति खेल मैदानमा हुने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *