भक्तपुर नगरपालिका भलिबल सङ्घ गठन
- भाद्र २४, २०८३
भक्तपुर, २५ भदौ । अत्यधिक कार्यव्यस्तता र प्राविधिक शिक्षाको निरन्तर दबाबबिच सेमेस्टर ब्रेकको समयलाई सदुपयोग गर्दै भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिङमा शिक्षक तथा कर्मचारीहरूका लागि साताव्यापी अन्तर–विभाग विविध खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेज परिसरमा आयोजित एक विशेष समारोहका बिच कलेजका प्राचार्य सुनिल दुवाल र पूर्वप्राचार्य चन्द्रकिरण कवांले संयुक्त रूपमा टेबलटेनिस खेल खेलेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमको पहिलो दिन बिहीबार टेबलटेनिसका प्रतिस्पर्धात्मक त्ेन्टहरू उत्साहजनक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएका छन् ।
शिक्षक तथा कर्मचारीहरूको शारीरिक र मानसिक तन्दुरुस्तीलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको उक्त प्रतियोगिता भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । कलेजका खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाका अनुसार प्रतियोगितामा शिक्षक तथा प्रशासनिक कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको छ । यस वर्षको खेलकुदमा टेबलटेनिस, ब्याडमिन्टन, स्थानीय परम्परागत खेल कसिमला, सटपुट, उदबल, टग अफ वार र फुटसल गरी सातवटा खेल समावेश गरिएका छन् ।
इन्जिनियरिङ अध्यापन र प्रशासनिक कार्य आफैँमा अत्यन्तै व्यस्त, प्राविधिक र चुनौतीपूर्ण पेसा भएकाले प्राध्यापक तथा कर्मचारीहरू निरन्तर पठनपाठन, प्रयोगशाला परीक्षण, नक्साङ्कन र अनुसन्धानमा तल्लीन रहनुपर्छ । खेलकुदको माध्यमबाट दिनभरिको थकाइ र तनाव हट्नुका साथै विभिन्न विभागमा कार्यरत सहकर्मीहरूबिच सामूहिक भावना र टिमवर्कको विकास हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले शैक्षिक तथा प्रशासनिक क्षेत्रमा संलग्न सबैलाई एउटै मैदानमा ल्याएर खेलकुदको माध्यमबाट नयाँ स्फूर्ति र ऊर्जा प्रदान गर्ने लक्ष्य राखेको आयोजक कलेज प्रशासनले जनाएको छ । दैनिक कक्षाकोठा र प्रयोगशालामा व्यस्त रहने सहकर्मीहरू खेलमैदानमा एकअर्काका प्रतिद्वन्द्वी र समर्थकका रूपमा प्रस्तुत हुँदा कलेज परिसरमा छुट्टै रौनक छाएको छ । आगामी भदौ ३१ गतेसम्म चल्ने यो खेलकुद महोत्सवले कलेजको समग्र वातावरणलाई थप सौहार्दपूर्ण र जीवन्त बनाउने देखिन्छ ।
Leave a Reply