नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
काराकस, १२ मार्च (सिन्ह्वा) । अमेरिकी प्रतिबन्धबाट भेनेजुयलालाई कुल गार्हस्थ उत्पादनमा झन्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउनुभएको छ ।
प्रतिबन्धका कारण भेनेजुयलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तर्राष्ट्रिय बैङ्कहरूमा रहेको भेनेजुयलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का गरिएको उपराष्ट्रपतिले बोलिभियाली सहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा उल्लेख गर्नुभएको छ ।
सन् २०२३ अक्टोबरमा सरकार र भेनेजुयलाका विपक्षी दलहरूबिच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति भए तापनि पालाना नभएको उहाँको गुनासो छ । उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’ का नामले चिनिने राहत भेनेजुयलालाई उपलब्ध भएको भए तापनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उमेद्वारको दौडमा रहेका नेतालाई चुनावमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुयलामाथि पुनः प्रतिबन्ध लगाएको थियो ।
संरा अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो ।
उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई ‘अनिवार्यरूपमा’ नयाँ वित्तीय संरचना चाहिएको बताउनुभएको छ ।
“यदि हामी नयाँ वित्तीय संरचनाको बारेमा सोच्न चाहन्छौँ भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।
Leave a Reply