यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १ चैत । प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै आकस्मिक समयमा बोल्न नेपाल मजदुर किसान पार्टी र नेकाले समय माग गरे । सभामुख देवराज घिमिरेले नेकाका सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्ने समय दिनुभयो ।
सांसद पाण्डेले प्रधानमन्त्री दाहालबाट पुनगर्ठित मन्त्रिपरिषद्मा सहकारी ठगीको अनुसन्धानको दायरामा परेका रास्वपाका रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा नियुक्ति गरिएको उल्लेख गर्दै गृहमन्त्री लामिछाने सहकारीको आदर्शविपरीत गर्न नहुने, संरक्षणमा लगानी दिन नहुने शीर्षकमा कर्जा, सहकारी सदस्य नभएकालाई कर्जा प्रवाहको आरोप लागेकाले यस्तै प्रकृतिका अन्य दोषीलाई कानुनी दायरामा कसरी ल्याउने भनी प्रश्न गर्नुभयो ।
एक–दुई करोडको ठगी आरोप लागेका गृहमन्त्री लामिछानेलाई शिखण्डीको रूपमा उभ्याएर १० औँ अर्ब रूपैयाँ ठगी गरेका सहकारीका ठुला माछाहरूलाई उम्काउने प्रपञ्चको हतियार बनाइएको उल्लेख गर्दै सांसद पाण्डेले प्रमुख विपक्षीले उठाएको यो विषयमा प्रधानमन्त्री दाहालले दूधको दूध पानीको पानी हुने गरी जवाफ दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद पाण्डेले बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल चलाउनुपर्ने भएको हुँदा एक दिनलाई संसद् अवरूद्ध नगर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालको स्पष्ट जवाफ नआएकोमा आगामी दिनमा नेका कठोर भएर प्रस्तुत हुने चेतावनी दिनुभयो ।
नेकाका अर्का सांसद नागिना यादवले गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट सहकारीको रकम ठगीको छानबिन भइरहे पनि प्रम दाहालबाट उसैलाई गृहमन्त्रीमा नियुक्ति गर्नु स्वार्थको द्वन्द्वसँग जोडिएका नै नियुक्ति भएको उल्लेख गर्नुभयो ।
सांसद यादवले नेकाबाट फाइदा लिएका रास्वपाका सांसद स्वर्णिम वाग्लेलाई नेकाको विरोध नगरी धैर्य गर्न सचेत गराउनुभयो ।
Leave a Reply