जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, २ चैत । प्रतिनिधिसभाको बैठक सरु भएलगत्तै नेकाका सांसदहरू आ–आफ्नो स्थानमा उभिनुभयो । सभामुख देवराज घिमिरेले नेकाँको सांसद प्रदीप पौडेललाई बोल्न समय दिनुभयो ।
सांसद पौडेलले रास्वपाको तर्फबाट सत्ता गठबन्धनमा उपप्रधान एवम् गृहमन्त्री भएका रवी लामिछाने विगतमा प्रश्न उठाउने पत्रकारिताको पृष्ठभूमिबाट आएका र अहिले उनैमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै ३१ हजार सहकारी संस्थाका ७३ लाख सदस्यमध्ये कतिपयको बचत ठगीमा परेको र गृहमन्त्री लामिछानेसमेत सहकारी ठगीको अनुसन्धानमा परेको हुँदा राजीनामा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकासँगको गठबन्धनमा सुशासन कायम नभएको उल्लेख गर्नुभयो तर सहकारीको बचत ठगीमा अनुसन्धान गर्नुपर्ने गृहमन्त्री लामिछानेलाई सुशासनको ताला साँचो दिएर कसरी सुशासन कायम होला भनी प्रश्न उठाउनुभयो । सांसद पौडेलले गृहमन्त्री लामिछानेसमक्ष प्रमाण नष्ट भएको बताएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीले प्रश्नै प्रश्नको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री बनाएकोमा नेपाली काङ्ग्रेसको आपत्ति रहेको उल्लेख गर्दै सांसद पौडेलले विश्वसनीय जवाफ प्रधामन्त्रीबाट प्राप्त नभएसम्म संसद्मा बारम्बार उठाउने जानकारी गराउनुभयो ।
सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराउँदै माओवादीका सुदन किराँती र एमालेका अमरबहादुर रायमाझीलाई बोल्न समय दिनुभयो ।
शून्य समयमा नेकाका अजयकुमार चौरासिया, अञ्जनी श्रेष्ठ, अनिशा नेपालीले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको राजीनामा हुनुपर्ने र वित्तीय संस्थाले ब्याजलाई साँवामा जोडेर ऋण असुल गरेको रोक्नुपर्ने उल्लेख गर्नुभयो । नेकाकै सांसद अर्जुन नरसिंह केसीले देश तस्करहरूको महाजालोमा परेको र २०७५ सालको ईश्वर पौडेलको आयोगले साढे ३३ किलो सुन तस्करको ७५२ पृष्ठको प्रतिवेदन गायब पारियो । अहिले सुन तस्करकै ४८५ पृष्ठको डिल्लीराम प्रतिवेदन पेस भयो । गायब पार्ने काम नहुनुपर्ने र सबैभन्दा ठुलो भ्रष्टाचार एनसेल काण्डको प्रतिवेदन पनि लुकाएर राख्न नहुने सार्वजनिक गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक २०८० मा छलफल गराउन प्रस्ताव पेस गराउन खोज्दा नेकाका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर अवरोध गरे ।
नेकाका सांसद राजेन्द्र केसीले गृहमन्त्री रवि लामिछानेले सहकारी संस्थाको कतिपय पीडितहरूले रकम ठगी गरेका पीडक भएको उल्लेख गर्दै स्वर्णलक्ष्मी सहकारीका प्रबन्धक निर्देशक भएर ४६ लाख रूपैयाँ बिनाधितो गाडी कर्जा लिएको लामिछाने आज गृहमन्त्री भएकोले यसबारे प्रमबाट स्पष्ट नभएसम्म संसद अवरोध गर्ने उल्लेख गर्नुभयो ।
विशेष समयमा नेकाका सांसद केसीले माओवादीका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले आफ्नै निर्वाचनमा ५ रोपनी जग्गा किनेर आलिसान भवन बनाएर बसेको उल्लेख गर्दै अहिले पूर्वउपराष्ट्रपति पुनको सचिवालय नै सुन तस्करीमा मुछिएको अर्थमन्त्री वर्षमान पुनको पनि सुन तस्करसँग १९ पटक फोन वार्ता गरेको सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो ।
माओवादीका डिलराज पाण्डेले प्रम दाहालको जवाफ चैत ४ र ६ गते आउने कार्यसूची नै भएको हुँदा बैठक अवरोध गर्न नपर्ने उल्लेख गर्नुभयो ।
नेकाका प्रमुख सचेतक रमेश लेखकले छानबिनमा परेका मन्त्रीमा बस्न नहुने विषय हिजो प्रमुख विपक्षी एमालेको पनि अडान भएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेको प्रस्ताव कार्यसूचीबाट हटाउनुपर्नेमा जोड दिनुभयो ।
नेकाले बैठक अवरोध गरेपछि बैठक अपरान्ह २ः१२ बजेर १५ मिनेटको लागि स्थगित भयो ।
१५ मिनेटको लागि स्थगित भएको बैठक २ घण्टा पछाडि सुरु भयो । सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई प्रस्ताव पेस गर्न समय दिनुभयो । नेकाका सांसदहरू सभामुखको अगाडि पुगेर सहकारी पीडितलाई न्याय र गृहमन्त्री लामिछाने राजीनामा दे नारा लगाउनुभयो ।
गृहमन्त्री लामिछाने आफ्नो स्थानमा उभिएर बस्नुभयो ।
सभामुख घिमिरेले बैठक चैत ४ गते बिहान ११ बजेको लागि स्थगित गर्नुभयो ।
Leave a Reply