यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कैलाली, २ चैत । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कैलालीको जानकी गाउँपालिका वडा नं. ४ मुनुवा, कञ्चनपुरमा शुक्रबार महिला भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले विश्वका क्रान्तिकारी महिला नेतृत्वको जीवनीबाट शिक्षा लिँदै समाज परिवर्तनमा महिलाहरू लाग्नसके शोषणमा आधारित पुँजीवादी व्यवस्था छिट्टै ढाल्न सकिने बताउँदै चुनावबाट क्रान्ति हुन्छ भन्नु धोका र छलछाम, शोषण कायम गर्ने नियतमात्र भएको बताउनुभयो ।
उहाँले व्यापक कामदारवर्गका जनतालाई माक्र्सवादी शिक्षाबाट सङ्गठित बनाई सशस्त्र सङ्घर्षबाट मात्र क्रान्ति सफल हुन्छ भन्नुभयो ।
उहाँले आफ्नै बुद्धि, विवेक र बलमा क्रान्तिको तयारी गरेमात्र सफल हुने प्रस्ट पार्दै नेपाली गरिब महिलाहरू दाइजो, बोक्सी, छाउपडीलगायत अन्धविश्वस र कुरीतिका कारण ज्यानसमेत गुमाउन विवश हुनमा यो व्यवस्था र शासक दलहरू दोषी हुन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कामदारवर्गका महिलालाई चेतना बाँड्दै हिँडेका बताउँदै बिरामी बा–आमा वा परिवारको सेवा गर्नुपर्ने समयमा युवाहरू विदेशमा दासजस्तै रगत पसिना बगाउन जान बाध्य हुनु पुँजीवादी व्यवस्थाका कारण हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “धनी झन्झन् धनी, गरिब झन्झन् गरिब हुँदै जाने यो व्यवस्थाको विरोधमा कामदारवर्गका जनता लाग्नुपर्ने र हामी सबै एकजुट हुनुपर्छ ।”
पुँजीपतिको लागि अहिलेको व्यवस्था स्वर्ग हो, कामदार वर्गको लागि यो व्यवस्था ‘नर्क’ हो उहाँले भन्नुभयो ।
नेमकिपा कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले हाम्रा युवाहरू विदेशमा जोखिमयुक्त काम गर्न विवश हुने र सस्तो ज्यामी बनाउन पठाउने सरकारहरू विकासमा बाधक भएको बताउनुभयो ।
उहाँले साम्राज्यवादी अमेरिकाको सहयोगमा युद्धमा लागेका युक्रेनको पक्षमा नेकाका शेरबहादुर देउवाले मत दिएका कारण देशमा महँगी बढेको बताउँदै प्रचण्डको गठबन्धनको सरकार पनि जनताको सेवामा नलागेको बताउनुभयो ।
उहाँले शिक्षक–कर्मचारीले पनि देशको हितमा राजनीति गर्न पाउनुपर्ने धारणा नेमकिपाको रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले व्यक्तित्व विकासमा समान अवसरको निम्ति हाम्रो सङ्घर्ष निरन्तर रहने बताउनुभयो ।
उहाँले सरकारहरू शिक्षा क्षेत्र ध्वस्त पारी विदेशको लागि सस्तो ज्यामी बनाउन तल्लीन रहेको विचार व्यक्त गर्दै अध्ययन गोष्ठीले व्यक्तित्व विकास, आत्मविश्वास बढ्नुका साथै समाज विकासमा भूमिका खेल्न प्रेरित गर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई देशको लागि आवश्यक विषय अध्ययन गर्न मार्ग निर्देश गर्नुपर्ने बताउनुभयो ।
देशलाई आत्मनिर्भर बनाउन खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने र मिश्रित बाली प्रणाली अपनाउनुपर्ने भन्दै कोसेबालीले माटोको उर्वराशक्ति बढाउने मलको काम गर्ने हुँदा यस्ता विषयमा जानकार हुनुपर्ने बताउनुभयो ।
भारतबाट आयातीत तरकारी विषादीयुक्त भएकोले देशमै उत्पादन गरे देश राम्रो हुने बताउनुभयो ।
स्वास्थ्यकर्मी रविना सुवालले भक्तपुर नगरपालिकाले कलेज, अस्पताल, शिशुस्याहार केन्द्र, छाती पुनः स्थापना केन्द्रलगायत सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भनपाले भरदैलो नर्सिङ सेवा प्रदान गरिरहेको र आफ्नो स्वास्थ्यको ख्याल आफैल राख्नुपर्ने बताउनुभयो ।
महिलाहरूमा देखिने स्तन र पाठेघरको मुखको क्यान्सरबारे सचेत भई समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रामसङ्घका कैलाली अध्यक्ष लक्ष्मी पुनमगरको सभापतित्वमा सम्पन्न अध्ययन गोष्ठीमा नेक्रायुसङ्घका गगन थापामगर, लक्ष्मी प्याकुरेल, कविता आचार्य र हरिकला विष्टलगायतले बोल्नुभएको थियो ।
Leave a Reply