भर्खरै :

साहित्यकारहरूको योगदान खेर जानेछैन

साहित्यकारहरूको योगदान खेर जानेछैन

काठमाडौँ, २ चैत । नेपालभाषा साहित्य तःमुंज्याका पूर्वअध्यक्ष वासुदेव डंगोलको दोस्रो स्मृति सभा पाङ्गा लाछीमा शुक्रबार सम्पन्न भयो ।
नेपालभाषा साहित्य तःमुंज्या पाङ्गा कीर्तिपुरको आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वासुदेव डंगोलको जनसाहित्य, जनकलाकार साहित्यमार्फत गरेको सेवा र योगदान कहिले खेर जानेछैन भन्नुभयो । उहाँले वासुदेवको योगदान पाङ्गा कीर्तिपुर क्षेत्रमा मात्र होइन, देशकै लागि भएकोले उहाँको कृति जनतासमक्ष पु¥याउन सके उहाँप्रति वास्तविक श्रद्धाञ्जली हुने बताउनुभयो ।
उहाँले देशको राजनीतिक वितृष्णालाई पञ्चायती काल र गणतन्त्र कालसम्म तीखो प्रहार गर्ने वासुदेवबाट सिक्नुपर्ने भन्दै सिद्धान्तहीन गठबन्धनबाट नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या पाङ्गा कीर्तिपुरका सचिव नारायण महर्जनले वासुदेव डंगोलको राजनैतिक, सामाजिक तथा सांस्कृतिक योगदानबाट शिक्षा लिनुपर्ने विचार प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “डंगोल अन्यायविरुद्ध सङ्घर्ष गर्न शिक्षा दिने व्यक्तित्व हुन् भन्नुभयो ।
वासुका भतिज परमेश्वर डंगोलले मेरो जीवनलाई सहज बनाउने काममा मार्गनिर्देशक हुन भन्दै एउटा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तःमुंज्याका सदस्य विन्द्रा महर्जनले वासुदेव डंगोलको जीवनी प्रस्तुत गर्नुभएको थियो भने सभापति एवम् तःमुंज्याका अध्यक्ष श्रीकृष्ण महर्जनले समाजप्रतिको सेवा भावलाई सधैँ सम्झिरहने बताउनुभयो ।
सांसद गोसाईले डंगोलको स्मृतिमा प्रकाशित डंगोलको कवितासङ्ग्रह ‘विरहया ख्ववीं प्यागु थ्व मिखा’ नामक पुस्तक विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा वासुदेव डंगोलको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा चढाई श्रद्धा सुमनअर्पण गरिएको थियो भने मनुषा महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *