अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सिद्धान्त र विचार नमिलिकन पार्टी एकता स्थिर नहुने कुरा व्यवहारले देखाइरहेको छ । माक्र्सले ‘सिद्धान्तहीन एकताभन्दा पार्टी फूट झन् राम्रो’ त्यसै भनेका होइनन् । नेपालको राजनीतिक इतिहासमा पनि दलहरूबिच धेरै पटक एकता भयो, धेरै पटक फुट्यो । यो क्रम दोहोरिरहेको छ । अहिले पनि बेलाबखत दलहरूबिच एकताको कुरो भइरहेको सञ्चारमाध्यममा आइरहेको छ । नेका सम्मिलित माओवादी सरकारको पालामा कम्युनिस्ट भनिने दलहरूबिच समाजवादी मोर्चा गठन भयो । यो मोर्चा गठनताका दलहरूबिच पछि एकता गर्ने या एकता हुने सम्भावना व्यक्त भएको थियो । यस्तै हल्ला एमाले सम्मिलित माओवादी केन्द्रको सरकार बन्दा पार्टी एकताको कुरो उठेको थियो । यसरी नै एक समय माओवादी केन्द्र, एकीकृत समाजवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबिच पार्टी एकता अन्तिम चरणमा पुगेको खबर प्रकाशमा आएको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र एमालेबिच पनि पार्टी एकता हुने कुरा सतहमा आयो ।
सिद्धान्त र विचार नमिलिकन, गहिरिएर छलफल नगरिकन पार्टी एकता गर्दाको परिणाम पार्टी तुरुन्तै टुक्रियो । मिलेका दलका नेताहरूको पदको स्वार्थ र पार्टीमा बाँडफाँड नमिल्दा पार्टी एकता स्थिर भएन । एमालेसँग हाललाई पार्टी एकता नहुने कुरा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रस्ट्याए । यही मेसोमा माओवादी केन्द्रसँग नेसपाको महिन्द्रराय यादवको एक समूहबिच पार्टी एकता गर्ने सहमति भएको खबर प्रकाशमा आयो । सो एकतामा नेसपाको अध्यक्ष बाबुराम भट्टराईको सहमति नभएको खबर पनि सञ्चारमाध्यममा आयो । शनिबार बसेको बैठकले यादव समूह र माओवादी केन्द्र समूहको पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो । नेसपाका दुई अध्यक्षमध्ये भट्टराई एकतामा सामेल नहुने र यादव सामेल हुने निर्णयले नेसपा टुक्रिने शङ्का गर्नु अन्यथा होइन । दुई अध्यक्ष प्रणालीले पनि पार्टीमा बेमेलको घेरा बढेको आशङ्का राजनीतिक वृत्तमा देखिएको छ । पहिले नेकपामा पनि ओली र दाहाल पार्टी अध्यक्ष हुँदा धेरै शङ्का आशङ्का पैदा भएको थियो । कुन अध्यक्षको भनाइ आधिकारिक हो भन्ने प्रश्न उठेको थियो । यही दशा नेसपामा देखियो ।
नेसपाको भट्टराई समूह टुक्रिने हो या माओवादी केन्द्र या अन्य दलसँग मिल्ने हो या आफू एक्लै अघि बढ्ने हो त्यो समयले देखाउनेछ । जसरी मन्त्रीको भागबन्डा नमिलेपछि अस्थिर सरकार बनिरहेको छ त्यसरी नै पार्टी नेतृत्वमा पनि त्यहीँ समस्या दोहोरिरहेको छ । यसले स्पष्ट पार्छ, सिद्धान्त र विचार नमिलिकन पार्टी एकता गर्नुहुँदैन† भए पनि त्यो लामो समयसम्म स्थिर हुनेछैन । पद, पैसा र भागबन्डाको राजनीतिमा भुल्दा दलहरू टुटफूट भइरहेको हो । नेसपाको यादव समूह माओवादीसँग एकता गर्ने सहमति त भयो तर दलको नाम के राख्ने, चुनाव चिह्न के राख्ने, पार्टीको मार्गनिर्देशक बाटो के हो ? त्यो कुनै टुङ्गो लागेको छैन । नेसपाका एक अध्यक्ष भट्टराईको सहमितबिना पार्टी एकता गर्न किन हतारियो ? पार्टी एकता कहिले हुने हो ? निश्चित छैन । अतः सिद्धान्त र विचारको आधारमा पार्टी एकता गर्नुपर्छ । त्यस्तो पार्टीमात्र दरिलो र स्थिर हुन्छ । सङ्गठित जनशक्ति भएको कम्युनिस्ट पार्टीले मात्र देशमा परिवर्तन ल्याउन सक्छ† परिवर्तन ल्याउन वर्गसङ्घर्ष गर्नुपर्छ । वर्गसङ्घर्षको लागि वातावरण तयार गर्नुपर्छ ।
Leave a Reply