भर्खरै :

संस्कारयुक्त शिक्षा आजको आवश्यकता

संस्कारयुक्त शिक्षा आजको आवश्यकता

भक्तपुर, ४ चैत । साइनिङ इङ्गलिस स्कूलको ३१ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले संस्कारयुक्त शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । सही नेतृत्व, कुशल व्यवस्थापन र प्रभावकारी कार्यान्वयनले विद्यालयको विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै उहाँले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्नुभयो ।
विद्यालयको स्तरोन्नतिमा अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको योगदानले विद्यालयको प्रगति हुने उल्लेख गर्दै उहाँले विद्यालयमा उपयुक्त वातावरण, प्रभावकारी व्यवस्थापन र व्यवहारिक शिक्षा आवश्यक छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका उपाध्यक्ष एवम् विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष न्हुछेभक्त फोजुले सुसंस्कृत समाज निर्माण तथा गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपा वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, वडा नं. ४ का रोजबहादुर तामाङ, वडा नं. ५ का वडा सदस्य प्रभुराम थापा, एन. प्याब्सनका अध्यक्ष जीबी अधिकारी, उपाध्यक्ष सञ्जय खड्का, अक्सफोर्ड बोर्डिङ स्कूलका राम दुवाल, राष्ट्रिय कलाकार किरण केसी (राता मकै), विद्यालयका व्यवस्थापक विक्रम ढुकुछु, सुरज श्रेष्ठ र प्रिन्सिपल लक्ष्मी खाताखोले पनि बोल्नुभएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका एसबी फोजुको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *