अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने नपाको उद्देश्यमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा नासमनादेखि वंशगोपालका पसल व्यवसायीहरूको भेला कार्यक्रममा उहाँले नगरलाई सुन्दर र आकर्षक बनाउन नगरवासीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
विदेशी सहयोगविना भक्तपुर नपाले यहाँका सम्पदा पुनःनिर्माण कार्य गरिरहेको चर्चा गर्दै भक्तपुर नपाले स्वायत्त ढङ्गले काम गरिरहेको र आन्तरिक पर्यटनले पनि नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्ने बताउनुभयो ।
अनियमित तरिकाले निर्माण गरिएका संरचनाहरूले नगरलाई कुरूप बनाइरहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक नगरको सुन्दरता कायम गर्न नपाले त्यस्ता संरचनाहरू हटाउने र बजार व्यवस्थापन कार्यलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
भक्तपुर पर्यटकीय हिसाबले संसारकै महत्वपूर्ण स्थलको रूपमा विकास भइरहेको स्पष्ट पार्दै उहाँले पर्यटन गतिविधि बढेसँग नगरको आर्थिक गतिविधिमा पनि चहलपहल र सुधार हुँदै गएकोे बताउनुभयो ।
पर्यटकहरूको चहलपहल बढेसँगै यहाँका व्यापार व्यवसाय पनि फस्टाउँदै गएको उल्लेख गर्दै नगरको मौलिक स्वरूप संरक्षणले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पसल व्यवसायीहरूले नगरको सरसफाइ र सुन्दरतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले नगरका अनियमित संरचनाहरू समयमै हटाएर नगरपालिकाको सकारात्मक कार्यमा सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा भनपा स्यानिटेसन उपशाखाका दिलिपकुमार सुवालले कुहिने र नकुहिने फोहर अलग अलग छुट्याएरमात्र सफाइकर्मीहरूलाई दिन अनुरोध गर्नुभयो ।
Leave a Reply