अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिकामा लघु उद्यमी बन्न चाहने र आर्थिकरूपमा विपन्न नागरिकहरूका लागि सोमबार सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम २०८०÷८१ अन्तर्गत सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम (पी.आर.ए.) कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्यम गर्न चाहनेहरू कहिल्यै निराश हुन नहुने, महत्वाकाङ्क्षी हुनुपर्ने र अध्ययनशील हुनुपर्नेमा जोड दिँदै उहाँले उद्यम गर्न चाहनेहरूको लागि भक्तपुर नपाले युवा उद्यमशीलता ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो ।
युवाहरूलाई लक्षित गर्दै भक्तपुर नपाले विभिन्न सीपमूलक तालिमहरू सञ्चालनमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीमा सीप सिकेर जाने क्रम बढ्दै गएको चर्चा गर्दै सामान्य सीप पनि नसिकी बिदेसिएका जनशक्तिले विदेशमा धेरै सङ्घर्ष र दुःख भोग्नुपरेको उहाँले बताउनुभयो ।
लघु उद्यम साना, मझौला तथा ठुला उद्योगहरूको जग र प्रगतिको माध्यम भएको बताउँदै उहाँले लघु उद्यम स्थानीय आर्थिक क्रियाकलापको महत्वपूर्ण आधारशिला पनि भएको स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाज उत्थानका लागि शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
पर्यटन शुल्क भक्तपुर नपाको मुख्य आयस्रोत भएको बताउँदै उहाँले पर्यटकहरूबाट उठेका पर्यटन शुल्कलाई नगरकै शिक्षा, स्वास्थ्य, विकास निर्माण जस्ता गतिविधिहरूमा उपयोग गर्दै आएको स्मरण गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सहभागीहरूलाई विभिन्न तालिम दिई प्राविधिक हस्तान्तरण गर्ने प्रावधान रहेको उल्लेख गर्दै नेपाल सरकारले सञ्चालन गर्ने आर्थिक विकास कार्यक्रमहरूमा जोडिन सहज हुने बताउनुभयो ।
भक्तपुर नपाको लघु उद्यम विकास सहजकर्ता गीताकुमारी कोइरालाले कार्यक्रमको उद्देश्य र सञ्चालनबारे प्रस्ट पार्दै आर्थिक विपन्न समुदायलाई आत्मनिर्भर बन्ने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । कार्यक्रमका सहभागीले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजनाहरू निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
Leave a Reply