विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
श्रम गरेर खलखली पसिना बगाएर श्रम गर्ने गरिब जनताको लागि त्यस्तै गरिबलाई माया गर्ने अधिकार दिने सरकार नआउँदासम्म काम गरी खाने गरिब जनताको सेवा हुनसक्दैन । यो कुराको पुनरावलोकन गर्न हाम्रै नेपालको २००७ सालदेखिको सरकारहरूको चरित्र र व्यवहारबाट प्रस्ट हुन्छ, अन्त जानै पर्दैन । तसर्थ, काम गरी खाने जनताले आफ्नो सुन्दर र सुखद भविष्य निर्माणको लागि काम गरी खाने जनता नै सार हो । यो कुरा सानादेखि ठुलासम्म सबै पार्टी र तिनका विभिन्न तहका नेताहरूले आत्मसात गर्नु औचित्यपूर्ण हुन्छ । अन्यथा, गरिब जनताको भलो र सुन्दर भविष्य कल्पनामात्र हुन्छ । नेपालमा २००७ साल अगाडिदेखि जनता जुर्मुराउन थालेका थिए । १९९७ सालमा त पर्चा वितरण गरेको अभियोगमा नेपाली आमाका चार जना सपुत छोराहरूलाई झुन्ड्याएर, गोली ठोकेर सरकारले आफ्नो परिचय सार्वजनिक गरेको कुरा सायद कसैले बिर्सेको छैन । यो बिर्सने कुरा पनि होइन । रहरले कोही पनि सहिद हुँदैन । मुलुकको परिस्थितिले आह्वान गरेपछि तत्कालीन युवा तथा युवा भावना भएका प्रौढहरूले पनि तत्कालीन शासनको विरूद्ध उभिएर नयाँ शासन सत्ता कायम गर्न अपार हौसला देखाए । जिन्दगीभर सँगै दुःख–सुख बाँड्ने अठोटले बिहा गरेका सहिदहरू आफ्ना श्रीमती र छोराछोरीलाई समेत छाडेर मुखसमेत छापेर राणा शासनविरोधी आन्दोलनमा होमिएका कुरा छर्लङ्गै छ ।
आन्दोलन नयाँ पुस्तालाई सिकाऔँ !
तर, परिस्थिति भने आन्दोलनकारीले भनेजस्तो हुनसकेन । यद्यपि, राणा शासन पल्टियो तर त्यसपछि बनेका सरकारहरूले वैदेशिक सहयोगमा मित्र राष्ट्रहरूबाट प्राप्त कलकारखाना कौडीको मूल्यमा विदेशीलाई बेचे । ती विदेशीले केही समयपछि ती कारखाना बन्द गरे । कारखानाहरू चलेका भए नेपाली युवाहरूले काम पाउँथे, तलब पाउँथे र परिवार र केटाकेटी सजिलैसँग पाल्थे । तत्कालीन सरकारहरूले यो कुरा बुझेनन् र कारखाना बेचेको पैसा जथाभावी गरे । अब लाखौँ टन चामल भारतलाई बेच्ने नेपाल, लाखौँ टन चामल भारतबाट आयात गर्नेमा पुग्यो । खेत यहीँ थियो, बीउ यहीँ थियो, गोठे मल हाल्थे, राम्रै उत्पादन हुन्थ्यो । तर, यी सबै कुरामा तत्कालीन सरकारहरूको गम्भीरता त कता कता ? साधारण ध्यान पनि त्यतातिर गएन । वीरगञ्जको कृषि औजार कारखाना, गैँडाकोटको भृकुटी कागज कारखाना, वीरगञ्जकै चिनी कारखाना, जनकपुरको चुरोट कारखानाहरू भटाभट बन्द हुनथाले । ती कारखाना किन्नेहरूले कारखाना राम्रोसँग चलाऔँला, नेपाली युवालाई रोजगारी दिउँला, देशलाई आत्मनिर्भर बनाउँला भन्ने सोचले अघिल्ला सरकारहरूले स्थापना गरेका औद्योगिक संस्थाहरूको यसरी गला थुनियो । फलस्वपरूप चिनीमा, चुरोटमा, कागजमा र कृषि औजारमा आत्मनिर्भर हुनुपर्ने उद्देश्य विफल भयो । ती कारखानामा काम गर्ने युवाहरूको रोजगारी खोसियो । उनीहरूका परिवार भोकभोकै परे ।
भएको बेच्ने र माग्ने ?
देशका कलकारखाना तथा उद्योगहरू ध्वस्त पारेर भारतसँग महँगोमा त्यस्ता वस्तु किन्न बाध्य भयो नेपाल । सरकारका यी निर्णयहरू श्रमिकको होइन, शोषकहरूको पक्षमा खडा भए । देशलाई पनि घाटा हुने विचार व्यक्त गरियो । यसरी, कलकारखाना बन्द भएपछि नेपाली युवकहरू भारतमा कामका लागि तँछाड मछाड गरी प्रवेश गर्न लागे । उत्पादन घट्दा नेपाल के खाएर चुठौँ भन्ने अवस्थातिर पुग्यो । यसरी सबैथोक आयात गरेर कलकारखाना बन्द गरेर कुन मुलुकले पो संसारमा प्रगति गरेको छ र ? उत्पादन घट्दा देशलाई पनि घाटा हुने पक्ष सरकारले सुनेको नसुन्यै ग¥यो । कान छँदा छँदै बहिरोको परिपाठ गर्नेहरूसँग कसको के लाग्छ र ? पुँजीवादी सरकारहरूले गरिब जनताको सेवा नगर्ने कुरा घामजस्तै छर्लङ्ग छ । आफ्ना युवकहरूलाई विदेश पठाएर संसारमा कुन देशले प्रगति र समुन्नति गरेका छन् ? पुँजीवादी सरकारले आफ्ना जनतालाई भन्दा विदेशबाट आउने मजदुरहरूलाई बढ्ता माया गर्नुपर्ने परिस्थित खडा भयो जसले उत्पादन बढाउनेतिरभन्दा घटाउनेतिर काम ग¥यो । वास्तवमा ज्येष्ठ नागरिकहरूप्रति सहयोग गर्न आदर निकेतनहरू टोलटोलमा बनाई ज्येष्ठ नागरिकहरूको त्यहीँ दिनभरिको सेवा गर्न सकिन्छ तर तत्कालीन सरकारहरूले त्यता ध्यान दिएनन् न त ध्यान दिए । बालबालिकाहरूलाई खेल्ने, मनोरञ्जन गर्ने कुरामा गर्ने ध्यान दिए । बुढाबुढी र केटाकेटीलाई माया नगर्नेहरू सत्तामा पुगे । फलस्वरूप जसलाई हेर्नपर्ने हो, उसलाई हेरिएन । नेतृत्वमा बस्नेहरू अप्ठ्यारोबाट आफूमात्र बच्ने होइन, अरूलाई पनि बचाउनुपर्छ । तर, यो कुरामा सरकारको ध्यान गएन ।
पुराना अनुभव वास्तवमा फलदायी हुन्छ
नेमकिपाले आफ्नो पुराना अनुभवहरू साँढे धपाउने, पाकेको बाली किसानकहाँ पु¥याउने, बिर्तावाल साहुहरूसँग कुत तिरेको भरपाइ लिनेजस्ता आन्दोलन आजको भक्तपुरको नयाँ पुस्ताले कति सम्झन्छ, कति बुझ्छ ? तसर्थ, यी कुरा अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा प्रत्यार्पण हुन जरूरी छ । थाहा पाएपछि न मान्छेहरू चेतनशील हुन्छन् । यसकारण त्यति बेलाको साँढे धपाउने आन्दोलन, बाली भित्याउने आन्दोलन र कुत तिरोको भर्पाई लिने आन्दोलन त्यतिबेलाका मुख्य आन्दोलन थिए । यी आन्दोलनले किसानहरूमा जागृति र चेतना फैलाएको थियो । यी कुरा आजको पुस्ताले बिर्सियो भने अनर्थ हुनसक्छ । तसर्थ, यी ऐतिहासिक कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरूरी छ । यस्ता कुरा थाहा नपाई नयाँ पुस्ता विलखबन्दमा पर्छ । हामी अघिल्लो पुस्तालाई थाहा हुँदैमा यसका प्रभावहरू निरन्तर भइरहन्छन् भन्ने प्रत्याभूति हुँदैन । यस्ता मसिना कुरा थाहा पाएन भने क्रान्ति टुप्पोमा पुग्न सक्दैन । अन्तत्वगत्वा, क्रान्तिका लागि यी कुरा आवश्यक छ ।
Leave a Reply