सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, २० मार्च (सीआरआई) । हाल अमेरिकी बाइडेन सरकारले उठाएको ‘लोकतन्त्र शिखर सम्मेलन’ दक्षिण कोरियाको सोलमा आयोजना भएको छ । लोकतन्त्रको शिखर सम्मेलनले विभिन्न मुलुकलाई लोकतान्त्रिक आदान–प्रदान, सहयोग र साझा विकासको मञ्च प्रदान गर्छ तर, वास्तवमा त्यसबाट अमेरिकाको प्रभुत्व र पाखण्डी अनुहार मात्र देखाइएको छ ।
तथाकथित ‘लोकतन्त्र शिखर सम्मेलन’ अमेरिकाले अन्तर्राष्ट्रिय समूहलाई विभिन्न वर्गमा विभाजित गरेको छ । अमेरिकाको आँखामा आफू र गठबन्धकहरू शिखरमा बस्छन् भने आफूसँगको सम्बन्ध र हितको हिसाबले अरू मुलुकलाई विभिन्न वर्गमा विभाजन गरेको छ । यो क्रमबद्ध प्रणालीले लोकतान्त्रिक समानता सिद्धान्तको उल्लङ्घन मात्र गर्दैन अन्तर्राष्ट्रिय व्यवस्था र बहुसांस्कृतिक मान्यतालाई पनि कुल्चिन्छ ।
शिखर सम्मेलनमा आमन्त्रित मुलुकको नामावलीबाट उसको पाखण्ड देखाइएको छ । हालसम्म दक्षिण कोरियाले शिखर सम्मेलनका ठोस विषयबारे जानकारी दिएको छैन तर केही मिडियाले अमेरिकाले आफ्नो मापदण्ड तथाकथित ‘लोकतान्त्रिक मुलुक’ छान्नेबारे रिपोर्ट गरेका छन् । अमेरिका भीओएका अनुसार, टर्की र थाइल्यान्डलाई फेरि एक पटक उक्त छनोट निमन्त्रणा सूचीमा राखिएको छैन । आलोचकले उल्लेख गरेका छन् कि केही आमन्त्रित मुलुक वास्तवमा ‘गैरलोकतान्त्रिक शासन’ हो जसबाट शिखर सम्मेलनको पाखण्डपूर्ण अनुहार देख्न सकिन्छ । दक्षिण कोरिया राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका निर्देशक चङ सुशीले विश्लेषण गरेअनुसार, तथाकथित ‘लोकतन्त्र शिखर सम्मेलन’ को स्थापनादेखि नै बाइडेन सरकारबाट विश्वलाई दुई भागमा विभाजन गर्ने र एकअर्काको विरोध गर्ने भनेर गहिरोरूपमा ब्रान्ड गरिएको छ । लोकतान्त्रिक अवधारणालाई राजनीतीकरण र साधनीकरण गर्ने उक्त गतिविधिले लोकतन्त्रको सारबाट विचलितमात्र नभई अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई पनि हानि पु¥याएको छ ।
शिखर सम्मेलनमा केन्द्रित विषय वास्तविक लोकतन्त्रबाट पनि टाढा भएको छ । यद्यपि, शिखर सम्मेलनले मानवजातिको भविष्यमा ध्यानकेन्द्रित गर्ने दाबी गरेको थियो । तर यसले युक्रेन सङ्कटजस्ता भूराजनीतिक मुद्दाहरूमा बढी ध्यान केन्द्रित गरेको छ र विश्वव्यापी सङ्कट समाधान गर्न थप समावेशी दृष्टिकोणका लागि अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई बेवास्ता गरेको छ । यसबाट अमेरिकाले विश्व प्रजातान्त्रिक प्रगतिको वास्ता गर्छ कि गर्दैन भन्ने शङ्का उब्जेको छ ।
अन्तमा शिखर सम्मेलनबाट अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको नैतिक अख्तियार घट्दै गएको देखिएको छ । २० भन्दा बढी मुलुक र क्षेत्रले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् भने बाइडेनको भाषणले अन्तर्राष्ट्रिय समुदायबाट कम ध्यान तानेको छ जसबाट अमेरिकाको प्रभाव घटेको प्रतिबिम्बित भएको छ ।
छोटकरीमा, तथाकथित ‘लोकतन्त्र शिखर सम्मेलन’ एक पाखण्डी प्रदर्शनबाहेक केही होइन । जुन लोकतन्त्रको आवरणमा प्रभुत्व अभ्यास मात्र गर्छ । यो उपस्थितिले अमेरिकाको अन्तर्राष्ट्रिय छविलाई मात्र हानि गर्दैन तर विश्वव्यापी लोकतन्त्रको प्रगतिमा पनि बाधा पु¥याएको छ ।
Leave a Reply