“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
भक्तपुर, १० चैत । वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ज्येष्ठ सदस्य सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. चोर्चा भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थामा आबद्ध ७७ जना ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाई अध्यक्ष बिजुक्छेँले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ज्येष्ठ सदस्यहरूको उचित स्याहारसुसारको लागि आदर निकेतनको आवश्यकताको महत्वबारे चर्चा गर्दै परिवारका सदस्यहरू सबैजना व्यस्त रहनुपर्ने भएकाले ज्येष्ठ सदस्यहरूलाई उचित स्याहारसुसारको लागि आदर निकेतनको व्यवस्था अत्यावश्यक भएको बताउनुभयो ।
सहकारी संस्थाले बचत सङ्कलन गरी बहुसङ्ख्यक सदस्यहरूको हितमा उत्पादनशील क्षेत्रमा ऋण दिनु आवश्यक छ । एकै व्यक्तिमा नभई धेरै व्यक्तिमा ऋण प्रवाह गर्दा ऋणको जोखिम कम हुने गर्छ, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
सदस्यहरूको रोजगारी सिर्जना गर्नेतर्फ पनि सहकारीले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले गरिब किसानहरूलाई सहकारीमा संलग्न गरी तिनीहरूलाई गरिबीबाट पार लगाउनुपर्ने बताउनुभयो ।
नियमितरूपमा स्वास्थ्य परिक्षण गरी डाक्टरको सल्लाहअनुसार नियमितरूपमा औषधि सेवन गर्न ज्येष्ठ सदस्यहरूलाई सुझाव दिँदै अध्यक्ष बिजुक्छेँले आफूमा रहेका समस्या परिवारका सदस्यहरूलाई समयमै जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो ।
नराम्रो या गलत कार्यको समयमै खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हरेक काम गर्दा सल्लाह गरे गल्ती कम हुने विचार व्यक्त गर्नुभयो ।
स–साना कुराबारे ज्ञान नहुँदा ठुलो दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै उहाँले बच्चाहरूलाई सानो बेलादेखि नै विविध विषयमा जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शरीरलाई जति चलायमान बनायो त्यति नै ऊर्जा प्राप्त हुने भएकोले आफ्नो शरिरको क्षमताले भ्याएसम्म शरीरलाई चलायमान बनाइराख्नुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हरेक नागरिक इमानदार भएमा आदर्शाेन्मुख समाज बन्ने विचार व्यक्त गर्दै सार्वजनिक सम्पत्ति निजी बनाउनेजस्ता गलत कार्यक्रममा सरिक नहुन आग्रह गर्नुभयो ।
आर्थिक असमानता कायम रहेसम्म जीवनमा अनेक समस्या आइरहने विचार व्यक्त गर्दै उहाँले नागरिकको जीवन सुनिश्चित गर्ने, निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य उपचार गर्ने जिम्मा राज्यको हो भन्नुभयो । संस्थाले सामाजिक दायित्व निर्वाह गर्नु पनि जनताको सेवा हो, उहाँले भन्नुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरूलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरूबारे जानकारी गराउनुभयो ।
उहाँले समयमै उपचार गरे रोगको निदान गर्न सकिने भएकोले यसतर्फ सबै ज्येष्ठ सदस्यहरूलाई सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निरोगी बन्नका लागि उचित खानपानसँगै शारीरिक व्यायाम पनि त्यति नै जरूरी रहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रूद्रनारायण लाखाले ३१ जना युवाहरूको सहकार्यमा सञ्चालन भएको संस्था हाल १६ हजारभन्दा बढीको परिवार बन्न सकेको बताउँदै नीति नियमको पालना गरी संस्था सञ्चालन भएको हुनाले स्वदेश तथा विदेशमा नाम कमाउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरू, सचिव विष्णुप्रसाद दुमरू र संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले पनि बोल्नुभएको थियो ।
Leave a Reply