नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले होली पर्वलाई नेपाली संस्कृति संरक्षणको दृष्टिले मनाउनुपर्ने र त्यसबाट हुने विभिन्न विकृतिहरूबारे सबै सचेत हुनुपर्ने बताउनुभयो ।
होली पूर्णिमाको अवसरमा भनपा–८ लाँतले छिकोङ महिला समूहद्वारा आयोजित महिला भेलालाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले सबै नगरबासीलाई स्वास्थ राख्न भक्तपुर नगरपालिकाले टोल–टोलमा छिकोङ व्यायामलाई अगाडि बढाएको हो भन्नुभयो ।
उहाँले विद्यालय र कलेजहरूमा अहिले महिलाहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै भक्तपुरको सन्दर्भमा अहिले महिला र पुरुषबिच हरेक विषयमा समानतातर्फ अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अहिले छात्रहरूभन्दा छात्राहरूको सङ्ख्या धेरै छन् । यसले केही वर्षपछि भक्तपुरमा हरेक क्षेत्रमा महिलाहरू अगाडि रहेको देखिने छ । यो हाम्रा अग्रजहरूको देन हो । हाम्रा अग्रजहरूले समाजलाई अगाडि बढाउन ठाउँ–ठाउँमा शिक्षालयहरू नखोलेको भए यो सम्भव हुने थिएन ।”
पुँजीवादी देशहरूमा महिलालाई बेचबिखनको वस्तु बनाइने, पशुसरह व्यवहार गरिने र समान ज्याला नदिने हुँदा पुँजीवादी व्यवस्था जनताको हितमा नहुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले दाइजोको कारण तराईका महिलाहरूले अकाल मृत्युवरण गर्नुपर्ने, छोरी जन्मिने सम्भावना हुने बित्तिकै भ्रुण हत्या गर्ने, दाइजोको कारण परिवार मिलेर हत्या गर्नेजस्तो कुसंस्कारको अन्त्य नभएसम्म, शिक्षा र रोजगारीमा महिलाहरूको समान पहुँच नभएसम्म महिलाहरूले सम्मानपूर्वक बाँच्न नपाउने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ वडा नं. ८ का अध्यक्ष कमलकेशरी त्वायनाको सभापतित्वमा भएको भेलामा नेपाल मजदुर किसान पार्टी ८ नं. वडा समितिका इन्चार्ज महेन्द्र खायमली, लाँतले महिला समूहका संयोजक सर्मिला थुसाले होलीलाई रचनात्मकरूपमा उपयोग गर्ने उद्देश्यले छिकोङ समूहले भेलाको आयोजना गरेको बताउनुभयो भने राज्यश्वरी प्रजापतिले सहभागीहरू सबैलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा डा. अमर प्रजापतिले स्वास्थ्यसम्बन्धी जानकारी दिनुभएको थियो ।
Leave a Reply