निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
२०७४ मंसिर ५ गते एभीन्युज टेलिभिजनमा प्रशारित ‘वाक युद्ध’ शीर्षकको कार्यक्रम अहिले चर्चाको विषय बनेको छ । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार प्रेम सुवाल, प्रा.डा. सुरेन्द्र के.सी. र वाम गठवन्धनका उम्मेदवार रामवीर मानन्धर बीच बहस भएको थियो ।भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजीको विरुद्ध आफ्नो उम्मेदवारी दिएको बताउँदै प्रेम सुवालले बाम गठबन्धमा सहभागी नहुनुको कारणबारे सोधिएको प्रश्नको जवाफमा भन्नुभयो–‘संसदीय परम्परा अनुसार सभामुखको दायाँतिर बस्ने सत्तापक्ष र बायाँतिर बस्ने बाम हुन्छ । नेपालको सन्दर्भमा बाम भनेपछि कम्युनिष्ट, साम्राज्यवाद र भारतीय विस्तारवाद विरोधीको रुपमा लिई आएको हो । तर संसदीय भाषामा बाम हुन कम्युनिष्ट हुन पर्दैन ।’
भारतीय विस्तारवाद र भारतीय एकाधिकार पूँजीको विरुद्ध आफ्नो उम्मेदवारी दिएको बताउँदै प्रेम सुवालले बाम गठबन्धमा सहभागी नहुनुको कारणबारे सोधिएको प्रश्नको जवाफमा भन्नुभयो–‘संसदीय परम्परा अनुसार सभामुखको दायाँतिर बस्ने सत्तापक्ष र बायाँतिर बस्ने बाम हुन्छ । नेपालको सन्दर्भमा बाम भनेपछि कम्युनिष्ट, साम्राज्यवाद र भारतीय विस्तारवाद विरोधीको रुपमा लिई आएको हो । तर संसदीय भाषामा बाम हुन कम्युनिष्ट हुन पर्दैन ।’
हाल सरकारमा रहेको माओवादी र एमालेको गठबन्धन संसदीय भाषामा बाम नभएको तर्क प्रेम सुवाले प्रस्तुत गर्नुभयो । चारपटक एमाले र तीन पटक माओवादीको नेतृत्वमा सरकारमा गएका बेला अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूजीको विरोध गरेनन् र कामदार वर्गको पक्षमा नीति र कानून नबनाएको, विदेशी अतिक्रमण र विदेशी थिचोमिचोको विरोध नगरेको कारण यी पार्टीहरु वाम र कम्युनिष्ट समेत नभएको उल्लेख गर्नुभयो । नेमकिपाको प्रतिनिधिसभाका उम्मेदवार सुवालको अभिव्यक्तिको प्रतिक्रियामा आफूलाई नेपालको कम्युनिष्ट पार्टीका विषयमा पि.एच.डी. गरेको भनी नेपालको कम्युनिष्ट आन्दोलनलाई वंग्याई तिङग्याई गर्न खोज्ने प्रतिक्रियावादी डा. के.सी.ले प्रेम सुवालका अभिव्यक्तिमा कुनै सत्यता नरहेको भनी अशिष्टता देखाएको हुँदा बहसले अर्को मोड लिएको हो । डा. के. सी. ले सुवालको अभिब्यक्ति झूठ भएको भनी दिएको तर्कहरु खोटा छन् । डा. के. सी. को गलत तर्कहकरुको खण्डन यस प्रकार गर्न सकिन्छ । पहिलो, उहाँले बामपन्थी भन्ने विचार बेलायतको संसदीय परम्परावाट आएको नभई फ्रान्सबाट आएको हो भन्नुभयो । बेलायती पूँजीवादी क्रान्ति १६४० वाट शुरु भएको हो, त्यसको नेतृत्व क्रामवेलले गरेका थिए । पछि राजतन्त्र र सामन्तवादको पक्षधर पुरातनवादी (कन्जरभेटिभ) पार्टी ‘द तोरिस’ दक्षिणपन्थी (राइट) र स्वतन्त्रता, संसदीय व्यवस्था, स्वतन्त्र व्यापार आदिको पक्षधरता ‘द ह्विग्स’ बाम (लेफ्ट)को परम्परा शुरु भएको देखिन्छ । ‘द ओरिजिन अफ द पोलिटिकल तर्मस् लेफ्ट एण्ड राइट’ भन्ने लेखमा थोमस दि मिचेलले स्पष्ट लेखेका छन्, लेफ्ट र राइट शब्द फ्रान्सबाट प्रचलनमा आएको हो तर यो व्यवस्थाको शुरुवात बेलायतबाट भएको हो । दोस्रो, सुवालको अभिब्यक्ति पुरै झुठ हो भनेका डा. के. सी. ले सुवालकैकुरा दोहो¥याए– ‘बाम र कम्युनिष्ट फरक हुन् ।’तेस्रो, केसीले नेपाल मजदुर किसान पार्टी कम्युनिष्ट नभएको आरोप लगाउँदै डा. के. सी.ले कारण दिनुभयो–‘नेमकिपाले पञ्चायत र संसद लड्नुभयो ।’ यसवाट डा.के.सी.ले क्रान्तिकारी संसदवाद र कुन कुन देशमा कम्युनिष्ट पार्टीहरुले संसदीय निर्वाचनलाई उपयोग गरे र भाग लिए भन्नेवारे जानकारी नराखेको प्रष्ट हुन्छ ।
डा. के. सी. को गलत तर्कहकरुको खण्डन यस प्रकार गर्न सकिन्छ ।
पहिलो, उहाँले बामपन्थी भन्ने विचार बेलायतको संसदीय परम्परावाट आएको नभई फ्रान्सबाट आएको हो भन्नुभयो । बेलायती पूँजीवादी क्रान्ति १६४० वाट शुरु भएको हो, त्यसको नेतृत्व क्रामवेलले गरेका थिए ।
यसवाट डा.के.सी.ले क्रान्तिकारी संसदवाद र कुन कुन देशमा कम्युनिष्ट पार्टीहरुले संसदीय निर्वाचनलाई उपयोग गरे र भाग लिए भन्नेवारे जानकारी नराखेको प्रष्ट हुन्छ ।
प्रतिक्रियावादी भन्दा प्रतिक्रियावादी संघसंस्थामा गएर देश र जनताको सेवा गर्ने र संसदलाई क्रान्तिकारी उपयोग गर्ने नीति लेनिनकै नीति अनुरुप नेपाल मजदुर किसान पार्टीले भुमिका निभाइरहेको छ । स्थापनाकालदेखि नै नेमकिपाले माक्र्सवाद–लेनिनवाद र माओत्सेतुड्ड विचारधारा अनुरुप काम गरिरहेको छ । केसीले भने जस्तो पञ्चायत र संसदलाई क्रान्तिकारी उपयोग गर्दा कुनेै पार्टी कम्युनिष्ट नहुने विचार खोटो हो र यस्ता विचारको खण्डन नेमकिपाका अध्यक्ष नारायनमान विजुक्छेले ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचारहरुको खण्डन’ पुस्तक मार्फत सन् १९७६ मा नै सार्वजनिक गरिसक्नु भएको छ । पूँजीवादी विश्वविद्यालयको डा. भन्दैमा त्यस्ता व्यक्ति कम्युनिष्ट हुदैनन् ।कार्यक्रममा के.पी. ओली र एमालेले वितेको ३ वर्षमा गरेको कार्यलाई राष्ट्रवादको पगरी गुठाउन भ्याएका डा. के.सी. तब नेता प्रेम सुवाल र नेमकिपा प्रति विष बमन गर्न थाले जब प्रेम सुवालले भन्नुभयो–‘भारतको इसारामा क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई प्रमुख आधार बनाउने जस्तो देशघाटी संविधान संशोधन गर्दा ओलीको नेतृत्व रहेकोहुँदा एमाले राष्ट्रवादी होइन ।’देश विकास नहुनुमा शासक दलहरु जिम्मेवार भएकोवारे डा. के.सी.ले इन्कार गर्न सकेनन् । बरु नेमकिपाको पनि त्रुटि हुने गलत अनुमान मात्र गर्न पुगे ।कम्युनिष्ट पार्टीको अपव्याख्या गर्दै डा. के.सी.ले नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपाले पुर्याएको भुमिकाको अवमुल्यन गर्ने र जनतामा भ्रम छर्दै कार्यक्रममा आफू भारतीय दलाल भएको समेत स्विकारेका छन् । यो पुँजीवादी व्यवस्थामा पैशा, सामान, झुठा आश्वासन बाँधेर आचार संहिताको उलंघन गरी ठूलो संख्यामा निर्वाचन जितेका दलहरु र अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र एकाधिकार पूँजीको समर्थक दल र विश्लेषक भनिएकाहरुलाई जनतासामु उदंङ्ग्याउन सो कार्यक्रम मार्फत प्रेम सुवाल सफल हुनु भएको अनुभव गरें । प्रेम सुवालप्रति हार्दिक आभार ।
चम्पा सुवाल
Leave a Reply