भर्खरै :

साझा सवालमा का. अनुराधा थापामगर

आइतबार मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभामा दलहरू के–कस्ता वाचा बोकेर चुनावी प्रतिस्पर्धामा जाँदैछन् भन्ने विषयमा आयोजित बीबीसी साझा सवाल कार्यक्रम हेर्ने अवसर मिल्यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका तर्फबाट अनुराधा थापामगर, वाम गठबन्धनका उम्मेदवार अष्टलक्ष्मी शाक्य, विवेकशील साझा पार्टीका सूर्यराज आचार्य, राष्ट्रिय जनमोर्चा नेपालका रश्मीराज नेपाली अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । दर्शकवृन्दको सवालमा जवाफ नेताहरूबाट दिनुपर्ने उक्त कार्यक्रममा दलहरूलाई लक्षित प्रश्न ‘हरेक निर्वाचनमा जनतालाई आश्वासनमात्र दिएर हुन्छ ? घोषणापत्रअनुसार काम कहिले हुन्छ ?’ आसयको प्रश्नबाट सुरु भएको थियो । त्यसको जवाफमा एमालेका नेता अष्टलक्ष्मी शाक्यले भूमिका धेरै बाँधेर अलिकता कृषिको कुरा गर्नुभयो । त्यस्तै विवेकशील साझा पार्टीले दलीय भागबण्डाका सम्पूर्ण कर्मचारी संगठन भंग गरिनुपर्ने कुरा राख्नुभयो । त्यस्तै जनमोर्चाका नेता रश्मीराज नेपालीले गणतन्त्र, राष्ट्रियताको रक्षाको कुरा व्यक्त गर्नुभयो भने नेपाल मजदुर किसान पार्टीका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार अनुराधा थापामगरले चुनाव घोषणापत्रको लडाइँ हो, विचारको लडाइँ हो, निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरका रुपमा उपयोग गर्ने पार्टीको नीति प्रस्ट गर्नुभयो । साथै ठूला भनिने दलका घोषणापत्रहरू ठगहरूको ठेली, झुटको पुलिन्डा, आस्वासनको पोको, अमुर्तताको आख्यान हो भननुभयो र नेमकिपाले हिजोका निर्वाचनमा पनि घोषणापत्रअनुसार काम गरेको र भोलि पनि त्यस्तै गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

अनुराधा थापामगरले चुनाव घोषणापत्रको लडाइँ हो, विचारको लडाइँ हो, निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरका रुपमा उपयोग गर्ने पार्टीको नीति प्रस्ट गर्नुभयो । साथै ठूला भनिने दलका घोषणापत्रहरू ठगहरूको ठेली, झुटको पुलिन्डा, आस्वासनको पोको, अमुर्तताको आख्यान हो भननुभयो र नेमकिपाले हिजोका निर्वाचनमा पनि घोषणापत्रअनुसार काम गरेको र भोलि पनि त्यस्तै गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

अर्को प्रश्न नेपालको स्वास्थ्य उपचारको स्थिति र यसमा सरकारको बेवास्तासँग सम्बन्धित थियो । यसको जवाफमा विवेकशील साझा पार्टीका सूर्यराजआचार्यले गोविन्द केसीको प्रसंग जोड्दै एमाले र नेमकिपाका नेताहरूलाई देखाउँदै यी वामपन्थीहरूका सांसदहरू अनसन बस्नुपर्ने भन्ने उत्तर दिनुभयो । त्यसलगत्तै नेमकिपाका नेता अनुराधा थापामगरले भन्नुभयो –‘नेमकिपालाई वामपन्थीमा राखेर भ्रम दिने र भ्रम लिएर जाने काम नगर्दा राम्रो हुन्छ । स्वास्थ्य उपचार निःशुल्क हुनुपर्छ भनेर संविधानको संशोधन ७१ धारामा राखेका थियौं तर सरकारमा बस्नेहरूले त्यसको वास्ता गरेनन् । स्थानीय तहमै अस्पतालहरू बन्न आवश्यक छ ताकि दुर्गम ठाउँहरूबाट उपचारका लागि काठमाडौं आउन नपरोस् ।’ उहाँले पुनः जोड्नुभयो –‘जबसम्म मेडिकल सेक्टरमा माफियातन्त्र चल्छ र मेडिकल डक्टर पढ्न ३५ देखि डेढ करोडसम्मको रकम खर्च हुन्छ तबसम्म स्वास्थ्य क्षेत्रमा जटिल समस्या रहिरहन्छ ।’ कार्यक्रममा हुम्लाबाट आउनुभएका एक महिलाले जुम्ला–हुम्लाको प्रसंग जोड्दै उत्तिबेला जंगबहादुरको पालामा मार्सीको चामलको व्यापार हुन्थ्यो, जडिबुटीको किनबेच हुन्थ्यो अहिले कर्णाली किन यति पिछडिएको ? भन्ने प्रश्नमा नेमकिपाका नेता अनुराधा थापामगरले जुम्ला, हुम्लाबाट पहिला जंगबहादुर र राणाहरूको पालामा मार्सीका चामल निर्यात गर्ने गथ्र्यो र नेपाल चौथौं स्थानमा पथ्र्यो अहिले नेपालमा रेमिट्यान्स भित्रिन्छ र त्यो रकम चामल आयातमा सकिन्छ भन्नुभयो । रोजगारीको सवालमा उहाँले भन्नुभयो – नेपाली जनतालाई खाडी मुलुक नपठाउन स्थानीय तहमा उद्योगधन्दा सञ्चालन  गर्नुपर्छ, ध्वस्त बनाइएका उद्योगहरू राष्ट्रियकरण गर्नुपर्छ र नेपाली लगानीमा उद्योगहरू सञ्चालनमा ल्याउनुपर्छ यसबाट रोजगरी सृजना हुन्छ ।’ पहिला उद्योगमन्त्री समेत भइसकेका अष्टलक्ष्मी शाक्यले ‘विगतको कुरा गर्न चाहन्न’ भन्दै अब साना साना उद्योगहरू खोल्नेमा महत्व दिन्छु, दिने सोचेको छु भनी आफू केन्द्रित जवाफ दिनुभयो ।

यस कार्यक्रम मार्फत् नेमकिपाका अनुराधा थापामगरले सहभागी दर्शकहरूलाई चित्त बुझाउनुभयो, पार्टीको धारणा स्पष्टसँग राख्नुभयो र अन्य दलका नेताहरूले दिएको गलत जवाफहरूलाई जनता नझुक्किउन भनेर सच्याउनुभयो ।  उहाँले जनता र दर्शकहरूलाई सत्य र सही कुराहरूबाट जानकार बनाउनुभयो । तसर्थ कार्यक्रम निकै राम्रो र सन्देशमूलक रह्यो । का. अनुराधा थापामगरप्रति साधुवाद !

अल्पसंख्यक समुदायसम्बन्धी प्रश्नमा अनुराधा थापामगरले चेपाङ, राउते, मुसहर, दलित, अल्पसंख्यक जनता पछाडि परेका होइनन्, पारिएको हो र यो राज्यको पक्षपातको कारणले हो भन्दै पटक–पटक सरकारमा जाने दलहरू यसको दोषी हुन् भन्नुभयो । देशको विकास गर्न नदिने भारतीय विस्तारवाद र यी दलहरू नै हुन् उहाँले भन्नुभयो । नेपालमा विद्यार्थीलाई गन्तव्य पनि नदिने कस्तो शिक्षा हो यो ? भन्ने प्रश्न कार्यक्रममा उठेको थियो । शिक्षामा व्यवहारिकता र पहुँचको सवालमा अनुराधा थापामगरले शिक्षा श्रमसँग जोडिएको हुनुपर्छ, मावि तहसम्म निःशुल्क र अनिवार्य हुनुपर्छ, आवश्यकताअनुसारका विषयको क्याम्पस ठाउँ ठाउँमा खोलिनुपर्छ भनी उल्लेख गर्नुभयो । अष्टलक्ष्मी शाक्यले ‘शिक्षामा राजनैतिक हस्तक्षेपमुक्त हुनुपर्छ’ भनी बोल्नुभयो । लगत्तै कार्यक्रम सञ्चालिका विद्या चापागाइले सोध्नुभयो ‘तपाईंहरूका आफ्नै प्राध्यापक संगठन, विद्यार्थी संगठन र शिक्षक संगठन छन्, के अब त्यो भंग गर्ने हो ? दर्शक पनि गलल हाँसे । त्यसपछि सूर्यराज आचार्यले शिक्षा सम्बन्धी आफ्ना एजेन्डा नै नराखी ‘ती स·ठनहरू तुरुन्तै भंग गर्नुपर्छ’ भनी आक्रोश पोख्नुभयो । अष्टलक्ष्मी शाक्यतिर फेरि एमालेलाई प्रश्न सोधियो । घोषणापत्रमा १० वर्षमा १० लाख युवाहरूलाई रोजगारी दिने कुरा उल्लेख छ ।  प्रत्येक ५ वर्ष श्रम बजारमा ५ लाख युवाहरू आउँछन् । १० वर्षमा ५५ लाख हुन्छ ४५ लाखलाई खाडी मुलुकमा बेचिनेछ भनेर किन लेखिएन ? त्यस्तै पूर्वाधारसँग सम्बन्धित एमालेकै घोषणापत्रमा पानीजहाज चलाउने कुरा उल्लेख गरिएको छ । यसमाथि पनि प्रश्न उठ्यो । पानीजहाज त्रिशुली, बुढी गण्डकी, नारायणीमा चलाउने हो वा काठमाडौंको हिलाम्य सडकमा भनेर ? अष्टलक्ष्मी शाक्य आफै हाँस्दै जवाफ दिए –‘सपना नदेखेसम्म केही हुन्न । हरेक कुरामा भिजन आवश्यक छ ।’ त्यस्तै सूर्यराज आचार्यले पूर्वाधार निर्माण नहुनुमा भारतीय विस्तारवादको दोष छैन, हाम्रै दोष हो भन्नुभयो । यसको लगत्तै नेमकिपाका अनुराधा थापामगरले दुवै नेताहरूलाई जवाफ फर्काउनुभयो । ‘नेपालको हकमा भारतीय विस्तारवादको विरोध नगर्ने पार्टी परिवर्तनकारी हुँदैन । साथै नाकाबन्दीको बेला नेपाल भूपरिवेष्ठित देशले अधिकारको रुपमा पाउने पारवाहन अधिकारसम्म लिन नसक्ने दलले अहिले पानी जहाजको कुरा ल्यायो, कहाँ चलाउने ? पारवहन अधिकार प्राप्त भएको भए बंगलादेशसँग सस्तोमा ग्यास ल्याउन सक्थ्यौं । जनतालाई दुःख हुने थिएन ।’

‘नेपालको हकमा भारतीय विस्तारवादको विरोध नगर्ने पार्टी परिवर्तनकारी हुँदैन । साथै नाकाबन्दीको बेला नेपाल भूपरिवेष्ठित देशले अधिकारको रुपमा पाउने पारवाहन अधिकारसम्म लिन नसक्ने दलले अहिले पानी जहाजको कुरा ल्यायो, कहाँ चलाउने ? पारवहन अधिकार प्राप्त भएको भए बंगलादेशसँग सस्तोमा ग्यास ल्याउन सक्थ्यौं । जनतालाई दुःख हुने थिएन ।’

सरकारमा पटक–पटक जाने कांग्रेसले ल्याएको प्रत्येक वर्ष २०० जनालाई विदेश पठाउने नीति तथा कार्यक्रमलाई पुनः २०७० सालमा एमालेले अझ बढी सीप सिकाएर अझ बढी रोजगारीका लागि नेपाली जनतालाई विदेश पठाउने भन्ने सार्वजनिक महत्वको प्रस्ताव राख्ने एमालेको घोषणापत्रमा मतदाता नझुक्किन आह्वान समेत गर्नुभयो । यसरी यस कार्यक्रम मार्फत् नेमकिपाका अनुराधा थापामगरले सहभागी दर्शकहरूलाई चित्त बुझाउनुभयो, पार्टीको धारणा स्पष्टसँग राख्नुभयो र अन्य दलका नेताहरूले दिएको गलत जवाफहरूलाई जनता नझुक्किउन भनेर सच्याउनुभयो ।  उहाँले जनता र दर्शकहरूलाई सत्य र सही कुराहरूबाट जानकार बनाउनुभयो । तसर्थ कार्यक्रम निकै राम्रो र सन्देशमूलक रह्यो । का. अनुराधा थापामगरप्रति साधुवाद !

चम्पा सुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *