भर्खरै :

व्यापार र अर्थतन्त्रमा चीन – संरा अमेरिकाबिच परस्पर हितकारी एवम् जित–जित सहकार्य

व्यापार र अर्थतन्त्रमा चीन – संरा अमेरिकाबिच परस्पर हितकारी एवम् जित–जित सहकार्य

चीन र संरा अमेरिकाबिचको कूटनीतिक सम्बन्धको स्थापनासँगै आर्थिक र व्यापारिक सम्बन्धको विकास पनि तीव्र ढङ्गले विस्तार भयो । लगानी र व्यापारको क्षेत्रमा उल्लेख्य प्रतिफल प्राप्त ग¥यो । बलियो एकताबाट चीनले उल्लेखनीय लाभ हासिल ग¥यो । चीनको विकासबाट सिर्जित अवसर र प्रतिफलबाट संरा अमेरिकाले व्यापक आर्थिक लाभ हासिल ग¥यो । यो स्वयम्सिद्ध प्रमाण हो कि चीन – अमेरिकी स्वस्थ व्यापार र आर्थिक सम्बन्ध दुवै देशका लागि अत्यन्त महत्वपूर्ण छ ।

१) वस्तुहरूको व्यापारमा चीन र संरा अमेरिका एक अर्काका महत्वपूर्ण साझेदार हुन्
वस्तुहरूको दोहोरो किनबेच तीव्ररूपले बढेको छ । चिनियाँ तथ्याङ्कअनुसार सन् २०१७ मा चीन र संरा अमेरिकाबिच वस्तुहरूको व्यापार ५८३.७ अर्ब अमेरिकी डलर बराबरको भयो । यो भनेको दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको वर्ष अर्थात् सन् १९७९ को तुलनामा २३३ गुणा र चीनले विश्व व्यापार सङ्गठनमा प्रवेश गरेको वर्ष अर्थात् सन् २००१ को तुलनामा ७ गुणाले बढी हो ।
हाल, संरा अमेरिका चीनको सबैभन्दा ठुलो निर्यात बजार हो भने छैटौँ ठुलो आयातको स्रोत हो । सन् २०१७ मा संरा अमेरिकाले चिनियाँ निर्यातको १९ प्रतिशत प्राप्त ग¥यो र चिनियाँ आयातको ८ प्रतिशत अमेरिकाले उपलब्ध गरायो । चीन संरा अमेरिकी सामानको लागि छिटो विकास र विस्तार भएको निर्यात बजार हो भने संयुक्त राज्यको आयातको ठुलो स्रोत हो । सन् २०१७ मा संरा अमेरिकी निर्यातको ८ प्रतिशत चीन पठाइएको थियो ।
चीनमा संरा अमेरिकी निर्यात विश्वव्यापी औसत दरभन्दा अत्यन्त छिटो वृद्धि भइरहेको देखिन्छ । विश्व व्यापार सङ्गठनमा प्रवेश भएसँगै संरा अमेरिकी निर्यातका लागि चीन महत्वपूर्ण बजार बन्यो र द्रुतगतिमा पैmलियो । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले भन्छ, “सन् २०१७ मा संरा अमेरिकाले चीनमा गरेको सामानको निर्यात १२९.८९ अर्ब अमेरिकी डलर बराबरको छ ।” यो सन् २००१ मा १९.१८ अर्ब अमेरिकी डलरबाट ५७७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क हो । समग्र संरा अमेरिकी निर्यातको औसत वृद्धि दर ११२ प्रतिशत हुँदा यो वृद्धि दरलाई अत्यधिक उच्च मान्नु पर्दछ ।
रेखाचित्र १ः संरा अमेरिकाको विश्वव्यापी निर्यात व्यापारभन्दा चीनमा हुने निर्यात तीव्र वृद्धि (प्रतिशतमा)
चीन संरा अमेरिकी सामानहरू जस्तै– हवाईजहाज, कृषिजन्य उत्पादन, अटोमोबाइलहरू र आई.सी. सर्किट (Integrate Circuits –IC) चिप्सको प्रमुख आयात बजार हो । चीन संरा अमेरिकी हवाईजहाज र भटमासको नं. १ र संरा अमेरिकी अटोमोबाइल, आइसी (IC) चिप्स र कपासको नं. २ आयात बजार हो । सन् २०१७ मा मात्र संरा अमेरिकाको ५७ प्रतिशत भटमास चीनले आयात ग¥यो । त्यस्तै बोइङ विमान २५ प्रतिशत, अटोमोबाइल २० प्रतिशत, आइसी चिप्स १४ प्रतिशत र कपास १७ प्रतिशत आयात ग¥यो ।
चीन र संरा अमेरिकाबिच दुईपक्षीय व्यापारमा बलियो परिपूरक सम्बन्ध छ । विश्वव्यापी मूल्य चक्र (Value Chains) मा संरा अमेरिकाले मध्यम र उच्च मूल्यका प्रतिनिधित्व गर्छ र चीनमा पुँजीगत वस्तु र मध्यवर्ती (Intermidiary) वस्तुहरूको निर्यात गर्छ । विश्वव्यापी मूल्य चक्रमा चीनले मध्यम र न्यूनतम मूल्यको नेतृत्व गर्दै उपभोग्य वस्तुहरू एवम् उत्पादित अन्तिम वस्तु संरा अमेरिकामा निर्यात गर्छ । दुई देशले एक अर्काको तुलनात्मक शक्तिका लागि र दुईपक्षीय व्यापारका लागि परिपूरक भूमिका निर्वाह गर्छन् ।


सन् २०१७ मा चीनले संरा अमेरिकामा निर्यात गरेको ३ शीर्ष वस्तुहरू निम्न छन् :
१) विद्युतीय मेसिनहरू/विद्युतजन्य उत्पादन
२) मेकानिकल उपकरण र पार्टपुर्जा
३) फर्निचर/बत्ती
अमेरिका निर्यात गरिने यी सामान चीनको कूल निर्यातको ५३.५ प्रतिशत हो ।
चीनले अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने तीन वस्तुहरू निम्न छन् –
१) मेसिनरी/विद्युतीय उपकरण/पार्टपुर्जा
२) मेकानिकल उपकरण र पार्टपुर्जा
३) अटोमोबाइल र पार्टपुर्जा
अमेरिकाबाट आयात गरिने यी सामान चीनको कूल आयातको ३१.८ प्रतिशत छ । मेसिनरी र विद्युतीय उत्पादनले मात्र दुईपक्षीय व्यापारमा विशाल भाग ओगट्छ । दुई पक्षबिच अन्तर–उद्योग व्यापारका विशेषताहरूको प्रमाण यहाँ दिइएको छ (तालिका १) ।
चीनले अमेरिकामा निर्यात गर्ने धेरैजसो उच्च–प्रविधियुक्त उत्पादन (Hi-tech Products) वस्तुहरू श्रमप्रधान (Labour-Intensive) प्रक्रियाबाट उत्पादन गरिन्छ । जसका लागि मुख्य सहायक उपकरण र मध्यवर्ती (Intermediary) उत्पादनहरू ठुलो मात्रामा आयात गरिन्छ । साथसाथै मूल्यको अन्तर्राष्ट्रिय रुपान्तरणसमेत हुन्छ ।

२) सेवा क्षेत्रमा दुईपक्षीय व्यापारको तीव्रगतिमा विकास
संरा अमेरिकाको सेवा उद्योगहरू अत्यन्त उन्नत र पूर्णरूपले स्थापित तथा अन्तर्राष्ट्रिय बजारमा अत्यन्त प्रतिस्पर्धा छ । चिनियाँ अर्थतन्त्रको विकाससँगै भएको चिनियाँ जनताको जीवनस्तरमा आएको परिवर्तनका कारण सेवा क्षेत्रको माग पनि बढ्यो र दुईपक्षीय सेवा व्यापार द्रुत ढङ्गले विस्तार भयो । संरा अमेरिकी तथ्याङ्कअनुसार सेवा क्षेत्रमा दुईपक्षीय Two-way व्यापार सन् २००७ मा २४.९४ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ७५.०५ अर्ब अमेरिकी डलर पुग्यो । जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालय (The Ministry of Commerce of the People’s Republic of China, MOFCOM) का अनुसार सेवा क्षेत्रमा चीन संरा अमेरिकाको दोस्रो ठुलो साझेदार देश हो । संरा अमेरिकाको वाणिज्य विभाग (US Department of Commerce, USDOC) का अनुसार चीन संरा अमेरिकी सेवा निर्यातको लागि तेस्रो ठुलो बजार हो ।
चीनको सेवा क्षेत्रको व्यापारमा चीनको घाटाको प्रमुख स्रोत संरा अमेरिका नै हो र यो छिटो वृद्धि हुँदै छ । संरा अमेरिकाले चीनमा गर्ने सेवा निर्यात सन् २००७ यता ३४० प्रतिशतले वृद्धि भएको संरा अमेरिकी तथ्याङ्कले देखाउँछ । सन् २००७ मा १३.१४ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ५७.६३ अर्ब अमेरिकी डलरले वृद्धि भएको तथ्याङ्क छ । त्यही समयावधिमा संरा अमेरिकाले अन्य देशहरू तथा क्षेत्रमा गर्ने सेवा निर्यात भने १८० प्रतिशतले मात्र बढेको देखिन्छ । सेवा क्षेत्रमा चीनबाट संरा अमेरिकाको अतिरिक्त नाफामात्र ३० देखि ४०.२ अर्ब अमेरिकी डलरले वृद्धि भएको देखिन्छ (रेखाचित्र २) । हाल सेवा व्यापारमा चीनको कूल घाटाको २० प्रतिशत संरा अमेरिकाबाट मात्र हुन्छ र अनौपचारिकरूपमा अध्ययनले यही नै चीनको घाटाको प्रमुख स्रोत बताउँछ । संरा अमेरिकासँग चीनको ¥हास मुख्य तीन क्षेत्रमा केन्द्रित छ – पर्यटन, यातायात र बौद्धिक सम्पत्तिको रोयल्टी ।

रेखाचित्र २ : संरा अमेरिकाले सेवा क्षेत्रमा गर्ने आयात र चीनमा गर्ने निर्यात (१० करोड अमेरिकी डलरमा)
पर्यटन क्षेत्रमा संरा अमेरिकासँग चीनको व्यापार घाटा निरन्तर फराकिलो बन्दै छ । वाणिज्य विभाग (DOC) का अनुसार सन् २०१६ सम्म करिब १३ वर्षको दौरानमा चिनियाँ मुख्य भूमिका यात्रुहरूको ठुलो सङ्ख्या अमेरिकातिर गएको देखिन्छ । उक्त १३ वर्षको दौरानमा झन्डै १२ वर्ष दोहोरो अङ्कको वृद्धि दर थियो ।
सन् २०१७ मा पर्यटन, शिक्षा र स्वास्थ्य उपचारका लागि कूल ५१ अर्ब अमेरिकी डलर खर्चेर चिनियाँहरू संरा अमेरिकामा गएको तथ्याङ्क चिनियाँ वाणिज्य मन्त्रालय (MOFCOM) ले अघि सारेको छ । त्यसमध्ये ३० लाख चिनियाँ पर्यटकहरूले संरा अमेरिकामा ३३ अर्ब अमेरिकी डलर खर्चे । शिक्षा क्षेत्रको कुरा गर्दा संरा अमेरिका धेरैजसो चिनियाँ विद्यार्थीको वैदेशिक गन्तव्यस्थल नै हो भन्दा फरक नपर्ला । सन् २०१७ मा करिब ४२ लाख चिनियाँ विद्यार्थीहरू अध्ययनका निमित्त संरा अमेरिकामा गएका थिए । त्यो सङ्ख्याले त्यहाँको स्थानीय आम्दानीमा करिब १८ अर्ब अमेरिकी डलर योगदान गर्छ । संरा अमेरिकाकै तथ्याङ्कअनुसार पर्यटन क्षेत्रमा संरा अमेरिकासँग चीनको व्यापार घाटा सन् २००६ मा ४३ करोड अमेरिकी डलरबाट सन् २०१६ सम्ममा २६.२ अर्ब अमेरिकी डलर पुग्यो । उक्त व्यापार घाटाको बढोत्तरीले सेवा क्षेत्रमा व्यापार घाटाको औसत वार्षिक वृद्धि ५०.८ प्रतिशतले भएको सङ्केत गर्छ ।
संरा अमेरिकाको बौद्धिक सम्पत्ति प्रयोग गरेबापत चीनले दिने भुक्तानी निरन्तर आकासिँदै छ । चिनियाँ तथ्याङ्कअनुसार संरा अमेरिका नै चीनले बौद्धिक सम्पत्ति आयात गर्ने सबैभन्दा ठुलो स्रोत हो । सन् २०१२ बाट २०१६ सम्ममा चीनले अमेरिकाबाट झन्डै २८ हजार ओटा बौद्धिक सम्पत्ति आयात गरेको देखिन्छ । चीनले दिने भुक्तानी ६ वर्षमा दोब्बर बढेको छ – सन् २०११ मा ३.४६ अर्ब अमेरिकी डलरबाट सन् २०१७ सम्ममा ७.२ अर्ब अमेरिकी डलर पुग्यो (रेखाचित्र ३) । चीनले बौद्धिक सम्पत्तिका लागि संरा अमेरिकालाई गर्ने भुक्तानी अन्य देशलाई गर्ने कूल भुक्तानीको एकतिहाइ छ ।
स्रोतः चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

अनुवाद : हौसला

Leave a Reply

Your email address will not be published. Required fields are marked *