भर्खरै :

भ्रष्टाचारले परिवार र जात हेर्दैन !

भ्रष्टाचारले परिवार र जात हेर्दैन !

काठमाडौँ, २१ चैत । पहिले नेपाली समाजमा माथिल्ला ‘सम्भ्रान्त’ परिवारका मानिसहरूलाई सम्मान गर्थे । तिनीहरूको जीवन धर्म–कर्ममा तल्लीन भएको र निधारमा ठुलठुला रातो श्रीखण्डको टीका लगाएको हुन्थ्यो । हातमा अनेक प्रकारका सुनका र अन्य धातुका औँठीहरू लगाएका हुन्थे । संस्कृत, नेपाली, हिन्दी, अङ्ग्रेजी एवं अन्य भाषाका जानकार ती परिवारका सदस्यहरू अनेक सरकारी माथिल्ला पदहरूमा पदासीन हुन्थे र साधारण जनताले तिनीहरू साँच्चै देश र जनताप्रति समर्पित र देशभक्त सम्झन्थे । तर, आज त्यो भ्रमबाट नेपाली जनता बुझ्दै छन् । ती परिवारहरू ‘उच्च’ जातिका सम्झिन्थे ।
आज समाचारपत्रहरू हेर्नासाथै त्यस्तै परिवार र उच्च जातिहरूले गरेका सार्वजनिक सम्पत्तिमाथि गैरकानुनी रूपबाट भएको हस्तक्षेप, निजीकरण तथा भ्रष्टाचारले बुद्धिजीवीहरू पनि लाजले शिर निहु¥याउँदै छन् ।
पहिलेका थापा, पाण्डे, राणा, शाह, झा, मिश्र आदि खस–ब्राह्मण परिवारका बारेमा समाचार पढ्दा पाठकहरू अन्योलमा पर्छन् । ठमेलको छाया सेन्टर, नक्कली शरणार्थी काण्ड, अमेरिकी कम्पनी कोटिभिटी ९ऋइत्क्ष्ख्क्ष्त्क्ष्० का पाँच अर्ब १८ करोड कर छली प्रकरण, ‘कानुनविपरीत ५१ करोड भ्याट छुट दिने ६० कर अधिकारी छानबिनको घेरामा’ जस्ता शीर्षकले सबै नेपालीलाई जिब्रो टोक्नुपर्ने स्थितिमा पु¥यायो । (नयाँ पत्रिका, २० चैत २०८०)
विशाल पण्डित, विकल पौडेल, सुनिल पौडेल, भीमकान्त भण्डारीजस्ता माथिल्ला परिवारका सदस्यहरूलाई ‘औषधि र आईटी क्षेत्रका माफियाको ‘नेक्सस’ भत्काउँदै अख्तियार’, ‘कोकोविरूद्ध दायर भयो भष्टाचार मुद्दा ?’ शीर्षक र उपशीर्षकले पाठकहरूलाई झस्काएको व्यापक चर्चा छ । (नेपाल समाचारपत्र, २१ चैत २०८०)
‘कोटिभिटी राजस्व छली प्रकरणमा सचिव, सहसचिव र महानिर्देशकसहित ६० जना छानबिनको घेरामा शीर्षकले पाठकहरू अमेरिकी कम्पनीहरू पनि ‘भ्रष्टाचारी’ हुन्छन् र भन्ने सरल जनता आश्चर्यमा परेका छन् ।
‘सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि ?’ शीर्षकको समाचारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डीपी अर्याल र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेल पनि तानिएका छन् । (नागरिक दैनिक, २० चैत २०८०)
पोखरा विमानस्थलमा छानबिन गर्न थालिएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने अख्तियारका पदाधिकारी नै हटाउने भन्दै हिँड्न थालेका छन् । ‘नागरिक’ दैनिकको शीर्षक छ – ‘पोखरा विमानस्थल ठेक्कामा अख्तियार धाउँदै अधिकारी ।’
त्यसो त भ्रष्टाचार र अपराधले परिवारको उचाइ र जात हेर्दैन । सन् १८१६ मा सुगौली सन्धिमा नेपाललाई बेलायती साम्राज्यवादको सर्त मानेको पत्रमा हस्ताक्षर गर्नेहरू गजराज मिश्र र चन्द्रशेखर उपाध्यायबारे पनि विश्वासघातीको रूपमा नेपाली जनतामा व्यापक रोष प्रकट हुने गरेको सर्वविदित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *