नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नयाँदिल्ली, ४ अप्रिल (एएफपी) । भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौँ समर्थक उहाँकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काङ्ग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो ।
यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु काङ्ग्रेस आई कमजोर रहेको सर्वेक्षणहरूले देखाएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ ।
तैपनि, दक्षिणी राज्य केरलाको वायनाडमा उहाँको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् ।
बहिनी प्रियङ्का गान्धीसहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताउनुभएको थियो ।
वायनाडमा यो उहाँको दोस्रो उम्मेदवारी हो । उहाँ सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित हुनुभएको थियो । तर, केही समयअघि उहाँले प्रधानमन्त्री मोदीलक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनुपरेको थियो ।
भारतमा आगामी अप्रिल १९ बाट ६ हप्ता लामो शृङ्खलाबद्ध चुनाव हुँदैछ जसमा झन्डै एक अर्बले मतदान गर्नेछन् ।
Leave a Reply