भर्खरै :

सन् २०१९ जून महिनाको प्रकाशित श्वेतपत्रको भूमिका

सन् २०१९ जून महिनाको प्रकाशित श्वेतपत्रको भूमिका

चीन – संरा अमेरिका व्यापार युद्धबारे

चीन–संरा अमेरिकाबिचको व्यावसायिक सम्बन्धले समग्र दुईपक्षीय सम्बन्धको उत्थानका लागि चट्टानजस्तो बलियो र स्थिर, जहाजजस्तो गतिशील र गन्तव्यउन्मुख भूमिका निर्वाह गर्दछ । दुई देशका जनताको आधारभूत चाहना र चासो, विश्वको समृद्धि र स्थिरता नै दुईपक्षीय सम्बन्धको आधारशीिा हो । चीन र संरा अमेरिकाबिच कूटनीतिक सम्बन्धको स्थापनादेखि नै उच्चस्तरीय सहकार्यका क्षेत्रहरूको विस्तार र दुईपक्षीय व्यापार तथा आर्थिक सम्बन्धले लामो यात्रा तय ग¥यो । बलियो परिपूरक र आपसमा जोडिएका उद्देश्यहरूसँगै आपसी लाभ र ‘जित–जित’ सिद्धान्त नै सम्बन्धको जग बन्यो । यसले दुई देशको मात्र होइन बरु सम्पूर्ण विश्वकै हित गर्यो ।
दुई देशको विकास र आर्थिक प्रणालीको तहमा भिन्नता रहेको कारण आपसी व्यावसायिक सहकार्यमा पनि भिन्नता र विवाद उत्पन्न हुनु स्वाभाविक हो । चीन र संरा अमेरिकाबिचको व्यापार तथा आर्थिक सम्बन्धको इतिहासले थुप्रै फरक मोडहरू र कठिन समयहरूको सामना ग¥यो । क्षेत्रीय र सहकारिताको विचार अवलम्बन गरी दुई देशले पहिलेका सबै असमझदारी व्यवस्थापन ग¥यो । भिन्नताहरूलाई जोड्ने पुल निर्माण ग¥यो र वार्ता तथा परामर्शको माध्यमबाट दुईपक्षीय व्यावसायिक सम्बन्ध अझ परिपक्व बनायो ।
संरा अमेरिकी नयाँ प्रशासनले सन् २०१७ मा कार्यकालको सुरुआतदेखि नै थप भन्सार कर र अन्य अड्चनहरू खडा गर्ने धम्की दिएको थियो । आफ्ना व्यापार साझेदार देशहरूसँग आर्थिक तथा व्यापार विवाद चर्काउने चेतावनी पटक–पटक दिएको थियो । फलस्वरूप सन् २०१८ मार्चमा आइपुग्दा संरा अमेरिकाले एकतर्फीरूपले आर्थिक तथा व्यापार विवादको सुरुआत ग¥यो । चीनले आफ्नो देश र जनताको चाहनाअनुरूप प्रतिकारको दरिलो उपायहरू अपनायो । त्यही समयमा व्यापार असमझदारीहरू वार्ता र परामर्शका आधारमा सल्टाउने प्रतिबद्धता जाहेर ग¥यो । दुईपक्षीय व्यावसायिक सम्बन्धको स्थायित्व र स्थिरताका निम्ति चीनले संरा अमेरिकासँग धेरै चरणमा आर्थिक तथा व्यापार परामर्शहरू अगाडि बढाउन भूमिका खेल्यो । दुई देशको उद्देश्य प्राप्तिको बाटो सहकार्य नै हो, असमझदारीले क्षति र नोक्सानबाहेक केही हुन्न र दुई पक्षका लागि सहकार्य नै एकमात्र सही मार्ग हो भन्ने विषयमा चीन अडिग र स्पष्ट थियो र छ । दुई देशहरूका आपसी भिन्नता, असमझदारी र विवादका सम्बन्धमा चीन सुरुदेखि नै संरा अमेरिकासँग मिलेर समाधान खोज्ने पक्षमा थियो साथै आपसी लाभ र ‘जित–जित’ सम्झौतामा पुग्न साझा पहलको पक्षमा थियो । तथापि, यो सहकार्य सिद्धान्तको आधारमा मात्रै सम्भव हुन्छ । परामर्शमा पनि अन्तिम परिधि अर्थात् तलका सीमा रेखाहरू हुन्छन् । चीनले मुख्य सिद्धान्तहरूको सवालमा कहिल्यै सम्झौता गर्नेछैन । चीन व्यापार युद्ध चाहँदैन तर व्यापार युद्धसँग डराउँदैन पनि । आवश्यकता परे चीन अन्तिम घडीसम्म लड्नेछ । यसमा चीनको स्थान कहिल्यै परिवर्तन हुनेछैन ।
चीन–संरा अमेरिकी आर्थिक तथा व्यापार परामर्शहरूको व्यापक तस्बिर प्रस्तुत गर्न र यी परामर्शहरूमा चीनको नीतिगत स्थानबारे विश्व जगतलाई अवगत गराउन चिनियाँ सरकारले यो श्वेतपत्र जारी गरेको हो ।

खण्ड एक :
संरा अमेरिकाले छेडेको आर्थिक तथा व्यापारिक घर्षणले दुई देश सँगसँगै बृहत्तररूपले विश्वलाई नै असर पार्छ ।

संरा अमेरिकाले आर्थिक तथा व्यापार विवाद थप अनियन्त्रित ढङ्गले भड्काएमा दुई देश र सारा विश्वको चासो तथा उद्देश्यमाथि क्षति पुग्ने ‘अमेरिका पहिलो’ को रटानसहित वर्तमान संरा अमेरिकी प्रशासनले एकतर्फी र संरक्षणवादी उपायहरूको श्रृङ्खला पछ्याइरहेको देखिन्छ । ‘ठुलो छडी’ का रूपमा भन्सार करमाथि नियमित नियन्त्रण र आफ्नो माग स्वीकार्न अन्य देशहरूमाथि जबरजस्ती दबाब थोपर्दै छ, संरा अमेरिका । संरा अमेरिकाले आफ्नो व्यापार साझेदारहरूविरुद्ध लामो समय प्रयोगमा नल्याइएको दफा २०१ र २३२ अन्तर्गत पटक–पटक अनुसन्धानको थालनी ग¥यो । यसले विश्वव्यापी आर्थिक तथा व्यापारिक परिदृश्य बिथोलिरहेको छ ।
विशेषगरी चीनलाई निशाना बनाएर सन् २०१७ अगस्तमा संरा अमेरिकाले दफा ३०१ अन्तर्गत एकतर्फी अनुसन्धानको घोषणा ग¥यो । बौद्धिक सम्पत्ति सुरक्षाका लागि र विदेशी लगानीकर्ताहरूको व्यावसायिक वातावरण तयारीका लागि चीनले गरिरहेको निरन्तरको प्रयास र उल्लेखनीय प्रगतिमाथि संरा अमेरिकाले आँखा चिम्लेको प्रमाण हो, यो घटना ।
दुई देशबिच आर्थिक र व्यापार विवादको हल्ला गर्दै संरा अमेरिकाले असङ्ख्य पूर्वाग्राही र नकारात्मक टिप्पणीहरू चीनमाथि थोप¥यो । चीनमा लगानी प्रतिबन्धको नीति र भन्सार कर लाद्यो ।
चीनको प्राविधिक आविष्कारिकता आत्मनिर्भरताको आधारशीलामा खडा छ । चीनमाथि लगाइएको बौद्धिक सम्पत्ति चोरी र बलजफ््ती प्रविधि हस्तान्तरणको आक्षेप पूर्णतः निराधार छ ।
चीन एक नयाँ खोज र आविष्कार गर्ने लगनशील देश हो । यसले उच्चस्तरीय एवम् वैभवशाली सभ्यता निर्माण ग¥यो । ५ हजार वर्ष लामो मानव विकास क्रममा चीनले अतुलनीय योगदान पु¥यायो । सन् १९४९ मा जन–गणतन्त्र चीनको स्थापनादेखि विशेषगरी सन् १९७८ मा सुधार र खुलापनको सुरुआतदेखि चीनले वैज्ञानिक तथा प्राविधिक आविष्कार र सफलताहरूले थुप्रै चरणहरू पार गरिसकेको यथार्थ लुकाउन सकिन्न । ती सफलताहरू कठिनत्तम सुरुआतका परिणाम हुन् । सुधारको बाटो पहिल्याउँदै नयाँ खोज र आविष्कारको विविधता सँगै थुप्रै सफलताहरू चीनले हासिल ग¥यो । यी प्राप्ति र उपलब्धिहरूले संसारभरि नै सम्मान हासिल गरेको छ ।
ऐतिहासिक प्रमाणहरूले बताउँछ – वैज्ञानिक र प्राविधिक आविष्कारमा चीनका उपलब्धिहरू हामीले कहीँ अरूसँग बलपूर्वक खोसेको या चोरेको होइन । ती उपलब्धिहरू आत्मनिर्भरता र कडा परिश्रमका उपज हुन् । चीनले आफ्नो विकासका लागि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप सरासर निराधार र जालसाजी ठहर हुँदै छ ।
चीन बौद्धिक सम्पत्ति संरक्षणका लागि पूर्णरूपले प्रतिबद्ध छ । चीनले बौद्धिक सम्पत्ति संरक्षणका लागि कानुनी प्रणाली खडा ग¥यो जुन प्रचलित अन्तर्राष्ट्रिय नियमहरू र चीनको घरेलु अवस्था सापेक्ष छ । चीनले बौद्धिक सम्पत्ति संरक्षणको लागि न्यायिक उपायहरूको नेतृत्वदायी भूमिकालाई महत्व दिन्छ, साथै प्रभावकारी नतिजासमेत हासिल गरिसकेको छ । चीनमा सर्वसाधारण जनता र व्यवसायिक समुदायमाझमा बौद्धिक सम्पत्तिको महत्वबारे राम्रो बुझाइ छ र यो व्यापक बन्दै पनि छ । कानुनीरूपमा अधिकार प्राप्त विदेशी संस्थाहरू(Foreign right-holders) लाई दिने रोयल्टीको मूल्य उल्लेख्य बढ्दै छ । बौद्धिक सम्पत्ति आवेदन र दर्ताको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै छ ।
चीनको बौद्धिक सम्पत्ति संरक्षणको प्रभावले व्यापक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन, World Intellectual Property Organization (WIPO) का पूर्वनिर्देशक अरपाद बोग्च (Arpad Bogsch) ले उच्च मूल्याङ्कनसहित चीनको बौद्धिक सम्पत्ति संरक्षणको कानुनी रूपरेखाबारे बोले, “यो क्षेत्रमा चीनको उपलब्धि, बौद्धिक सम्पत्ति संरक्षणको इतिहासमै कसैसँग पनि मेल खाँदैन ।” संरा अमेरिकी वाणिज्य विभाग (Chamber of Commerce) ले चित्रण ग¥यो –
चीनले एक्काइसौँ शताब्दी सुहाउँदो बौद्धिक सम्पत्ति संरक्षणको वातावरण निर्माणमा यथेष्ट प्रगति गर्दै छ ।
सन् २०१८ को चीन व्यवसाय वातावरण सर्वेक्षण प्रतिवेदन (2018 China Business Climate Survey Report) र अमेरिकी वाणिज्य विभागका अनुसार चीनमा सञ्चालनमा रहेका सदस्य कम्पनीहरूले सामना गरिरहेको बौद्धिक सम्पत्तिसम्बन्धी मुख्य चुनौतीको आधारमा चीन सन् २०११ मा पाँचौँ स्थानबाट सन् २०१८ मा १२ औँ स्थानमा ओर्लन सफल छ । ‘द डिप्लोम्याट’ (The Diplomat) शीर्षकको लेखले अनुमान ग¥यो — ‘चीन विश्वव्यापी बौद्धिक सम्पत्तिको नेतृत्वकर्ता बन्नेछ ।’ यो विषयमा चासो देखाउने धेरैजसो विदेशी फर्महरू न्यायिक सुधार र बलियो दबाबमूलक संयन्त्रमार्फत चीनमा व्यावसायिक गतिविधि अगाडि बढाउँदै छन् ।
बजार अर्थतन्त्रको कानुनलाई सम्मान गर्दै चीनले नयाँ खोज र आविष्कारको निम्ति नीति एवम् प्रणाली सक्रियतापूर्वक सुदृढ बनाउँदै छ । खोज र विकासमा निरन्तर लगानी वृद्धि गर्दै छ । नवीन खोजकर्ताहरूको विकास र श्रीवृद्धिको गति तीव्र पार्दै छ र सम्भावित सम्पूर्ण उपायमार्फत प्राविधिक आविष्कारको क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउँदै छ । केही मुख्य खोज र आविष्कारका सूचाङ्कहरूका आधारमा चीन पहिले नै विश्वका नेतृत्वकर्ता देशहरूको पङ्क्तिमा छ । प्रमुख वैज्ञानिक र प्राविधिक उपलब्धिका श्रृङ्खलाहरू लगातार हात पारेको आधारमा चीनका उद्योगहरू मध्यम र उच्चस्तरीय उत्पादनको क्षमतातर्फ उन्मुख छ । साथै अन्तर्राष्ट्रिय बजारमा चीनको प्रभाव उल्लेख्यरूपमै बढिरहेको छ । सन् २०१७ मा, चीनले कुल खोज र विकास लगानी १७ खर्ब ६० अर्ब आरएमबी (RMB) पु¥यायो । यस शीर्षकको विश्व आँकडामा यो तथ्याङ्क दोस्रो स्थानमा पर्छ । लगातार ७ वर्षका लागि प्रथम स्थान बनाउँदै पेटेन्ट आवेदनहरूको सङ्ख्या १३ लाख ८२ हजार पुग्यो । करिब ३२७००० ओटा ‘आविष्कार पेटेन्ट’ प्रदान गरियो । यो हरेक वर्ष ८.२ प्रतिशतको दरले बढ्दै छ । वैध आविष्कार पेटेन्टका आधारमा चीनले विश्वमै तेस्रो स्थान हासिल ग¥यो ।
चीनले सदैव आपसी लाभ र ‘जित–जित’ नीतिलाई व्यापारको आधारभूत मूल्य मान्यताका रूपमा ग्रहण गर्दै अन्तर्राष्ट्रिय प्राविधिक सहकार्य अवलम्बन ग¥यो । चीनको आर्थिक विकासलाई अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरण र वितरण या फैलावटबाट फाइदा पुगेको छ । अन्तर्राष्ट्रिय प्रविधिका मालिकहरूले पनि यस प्रक्रियाबाट यथेष्ट फाइदा प्राप्त गरे ।
चीन, बजार सिद्धान्तहरूमा आधारित रही चिनियाँ र विदेशी फर्महरूबिच स्वयम्सेवी प्राविधिक सहकार्यलाई सम्मान र उत्साह प्रदान गर्दछ । चीनले जहिल्यै पनि बलपूर्वक प्रविधि हस्तान्तरणको विरोध ग¥यो र बौद्धिक सम्पत्ति संरक्षणको मान्यता उल्लङ्घनविरुद्ध ठोस कारबाही ग¥यो । यी परिदृश्यबाट, चीनविरुद्ध बलजफ्ती प्रविधि हस्तान्तरणको संरा अमेरिकी आरोपहरू आधारहीन र गलत मनसायले प्रेरित भएको स्पष्ट हुन्छ ।
संरा अमेरिकाले आर्थिक संरचना, चीन र संरा अमेरिकाको विकास चरणहरूको भिन्नतालाई नजरअन्दाज गर्दै अन्तर्राष्ट्रिय औद्योगिक श्रम विभाजनको वास्तविकतासमेतलाई ख्याल नगरी चीनको ‘अनुचित’ र ‘अपारस्परिक’ व्यवहारिक नीतिका कारण दुईपक्षीय व्यापारिक आदानप्रदानमा व्यापारघाटा भएको र चीनले फाइदा लुटेको दोष लगाउँदै एकतर्फीरूपमा भन्सार कर थोपरेको छ ।
वास्तवमा, आजको भूमण्डलीकृत विश्वमा चिनियाँ र अमेरिकी अर्थतन्त्र एक–अर्कासँग अत्यन्त जेलिएको देखिन्छ । दुवैले व्यापक औद्योगिक चक्रको प्रतिनिधित्वसमेत गर्छन् । दुई अर्थतन्त्रहरू आपसी लाभ र ‘जित–जित’ प्रकृतिको एकाकार सम्बन्धमा बसेको छ । व्यापार घाटालाई ‘फाइदा लुटेको’ भन्नु गलत हो । संरा अमेरिकाले अघि सारेको प्रतिबन्धका उपायहरू चीनको वा संरा अमेरिकाका लागि ठीक छैन भन्ने बाँकी सम्पूर्ण विश्वको लागि पनि खराब छ ।
चिनियाँ र अमेरिकी अर्थतन्त्र आपसमा जोडिएको छ र दुईपक्षीय व्यापार तथा लगानी आपसमा लाभदायक छ ।
चीन र संरा अमेरिका एक अर्काका लागि ठुला व्यापार साझेदारका साथै महत्वपूर्ण लगानीका स्रोतहरू हुन् । सन् २०१८ दुईपक्षीय वस्तु र सेवा व्यापारले ७५० अर्ब अमेरिकी डलर नाघ्यो । दुईतर्फी प्रत्यक्ष लगानी १६० अर्ब अमेरिकी डलर पुग्यो । चीन र संरा अमेरिकी व्यावसायिक सहकार्यले दुई देश र दुई देशका जनताका लागि वास्तवमै उल्लेख्य फाइदा पु¥यायो ।
चीनको भन्सारका अनुसार, चीन र संरा अमेरिकाबिच सन् १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि वस्तुमा व्यापार, २.५ अर्ब अमेरिकी डलरबाट सन् २०१८ मा ६३३.५ अर्ब अमेरिकी डलर पुग्यो । सन् १९७९ बाट सन् २०१८ सम्ममा २५२ गुणाले बढेको तथ्याङ्क छ । सन् २०१८ मा संरा अमेरिका चीनको सबैभन्दा ठुलो व्यापार साझेदार, निर्यात बजार र छैटौँ ठुलो आयातको स्रोत रह्यो । संरा अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०१८ मा चीन, संरा अमेरिकाको सबैभन्दा ठुलो व्यापार साझेदार, तेस्रो ठुलो निर्यात बजार र आयातको सबैभन्दा ठुलो स्रोत रह्यो । चीन, संरा अमेरिकी हवाईजहाज,भटमास, अटोमोबाइल, इन्टिग्रेटेड सर्किट (आईसी चिप्स) हरू र कपासजस्ता वस्तुहरूका लागि मुख्य निर्यात बजार हो । सन् २००९ देखि २०१८, यो १० वर्षको दौरान चीन अत्यन्त तीव्रगतिले विकास भएको अमेरिकी सामानको निर्यात बजार हो । यसको वार्षिक औसत वृद्धिदर ६.३ प्रतिशत र समष्टिगत वृद्धि ७३.२ प्रतिशत छ । यो तथ्याङ्क विश्वको औसत वृद्धि ५६.९ प्रतिशतभन्दा उच्च छ ।
सेवा क्षेत्रमा दुई देशबिचको व्यापार फक्रँदै छ र अत्यन्त परिपूरक बन्दै छ । दुई देशले पर्यटन, संस्कृति र बौद्धिक सम्पत्तिको क्षेत्रमा व्यापक, गहिरो र आपसी लाभको सहकार्य अघि बढाउँदै छ । एसिया र प्रशान्त क्षेत्रमा संरा अमेरिकी पर्यटकहरूको सबैभन्दा बढी रोजाइमा पर्ने गन्तव्यस्थल चीन हो र संरा अमेरिका सबैभन्दा बढी चिनियाँ विद्यार्थीको रोजाइमा पर्ने विदेशी भूमि हो । चिनियाँ तथ्याङ्कअनुसार सेवा क्षेत्रमा दोहोरो व्यापार सन् २००६ मा २७.४ अर्ब अमेरिकी डलरबाट बढेर सन् २०१८ मा १२५.३ अर्ब अमेरिकी डलर पुग्यो । यो तथ्याङ्कले १२ वर्षमा ३.६ गुना वृद्धिको सङ्केत गर्छ । सन् २०१८ मा चीनको सेवा क्षेत्रमा संरा अमेरिकासँग व्यापार घाटा ४८.५ अर्ब अमेरिकी डलर पुग्यो ।
बितेका ४० वर्षमा, चीन र संरा अमेरिकाबिचको दोहोरो लगानी करिब शून्यदेखि लगभग १६० अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्क छ । यसले सहकार्य फलदायी रहेको प्रमाणित गर्छ । जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालय (MOFCOM) का अनुसार सन् २०१८ को अन्तसम्ममा संरा अमेरिकामा चिनियाँ प्रत्यक्ष व्यावसायिक लगानी सञ्चिति बढेर ७३.१७ अर्ब अमेरिकी डलर पुग्यो । चिनियाँ व्यावसायिक लगानीको तीव्र वृद्धिले संरा अमेरिकाको स्थानीय अर्थतन्त्र वृद्धि, रोजगारी सृजना र राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पु¥यायो । MOFCOM का अनुसार चीनमा संरा अमेरिकाद्वारा भुक्तान गरिएको (Paid in Investment) लगानी सन् २०१८ को अन्त्यसम्ममा ८५.१९ अर्ब अमेरिकी डलर पुग्यो । सन् २०१७ मा चीनमा संरा अमेरिकाद्वारा लगानी गरिएका कम्पनीहरूको कुल वार्षिक बिक्री आम्दानी ७०० अर्ब अमेरिकी डलर रह्यो । यसमा नाफा मात्रै ५० अर्ब अमेरिकी डलरले बढेको देखिन्छ ।
त्यसकारण, यदि वस्तु र सेवा क्षेत्रका साथसाथै दोहोरो लगानी पनि समेट्ने हो भने चीन–संरा अमेरिकी व्यापार तथा आर्थिक सम्बन्ध आपसमा लाभदायक देखिन्छ ।
१) संरा अमेरिकाले लादेको भन्सार दरले अन्य देशलाई त हानि गर्छ नै स्वयम् आपूmलाई पनि लाभ हुँदैन । संरा अमेरिकी प्रशासनले अमेरिकामा निर्यात गरिने चिनियाँ सामानहरूमाथि थप भन्सार दर लाद्यो । यसले दोहोरो व्यापार र लगानी सहकार्यमा बाधा खडा ग¥यो । दुई देशमा मात्र होइन विश्वव्यापीरूपमै बजार विश्वसनीयता र आर्थिक स्थिरतालाई कमजोर बनायो । संरा अमेरिकी भन्सार उपायहरूका कारण चीनको संरा अमेरिकामा निर्यात मात्रा घट्यो । चीनको भन्सार प्रशासनका अनुसार सन् २०१९ को पहिलो ४ महिनामा निर्यात वार्षिक ९.७ प्रतिशतका दरले घट्यो । प्रतिकार स्वरूप चीनले पनि संरा अमेरिकी सामानमा कर लगायो । फलस्वरूप पछिल्लो ८ महिनामा चीनमा संरा अमेरिकी निर्यात घटेको देखिन्छ ।
संरा अमेरिका र चीनबिचको आर्थिक र व्यापार विवादले उत्पन्न भएको अनिश्चितताका कारण दुवै देशका कम्पनीहरू लगानी गर्न पछि हट्दै छन् । संरा अमेरिकी लगानी क्रमशः घट्दै छ, साथै चीनमा संरा अमेरिकी लगानी वृद्धिदर अत्यन्तै सुस्त छ । चिनियाँ तथ्याङ्कअनुसार अमेरिकामा प्रत्यक्ष लगानी सन् २०१८ मा ५.७९ अर्ब अमेरिकी डलरमा झ¥यो । MOFCOM को तथ्याङ्कअनुसार यदि वार्षिक आँकडा गणना गर्ने हो भने यो लगानी १० प्रतिशतले घटेको देखिन्छ । सन् २०१८ मा चीनमा भुक्तान गरिएको अमेरिकी लगानी २.६९ अर्ब अमेरिकी डलर रह्यो । यो जम्मा १.५ प्रतिशतले बढेको तथ्याङ्क हो । अघिल्लो वर्ष अर्थात् सन् २०१७ मा उक्त लगानी वृद्धिदर ११ प्रतिशत थियो । यसरी चीन संरा अमेरिकी व्यापार विवाद नटुङ्गिदा विश्व व्यापार सङ्गठनले पनि विश्वव्यापी व्यापार वृद्धिको प्रक्षेपण न्यूनमात्र गरेको देखिन्छ अर्थात् सन् २०१९ मा विश्व व्यापार वृद्धि ३.७ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा झर्नेछ भनी विश्व व्यापार सङ्गठनले प्रक्षेपण (पत्रकार सम्मेलन अप्रिल २, २०१९) ग¥यो ।
२) व्यापार युद्धले ‘अमेरिकालाई फेरि महान्’ बनाएन ।
अमेरिकी प्रशासनबाट एकतर्फी भन्सार दर वृद्धिले अमेरिकी आर्थिक वृद्धिमा कुनै प्रगति हुन सकेन बरु त्यसले संरा अमेरिकी अर्थतन्त्रमा अपूरणीय क्षति पु¥यायो । त्यसबारे चर्चा गरौँ –
पहिलो, भन्सार दर वृद्धिको नीतिले देखिने गरी अर्थात् प्रत्यक्षरूपमा अमेरिकी कम्पनीहरूको उत्पादन लागत बढ्यो ।
चिनियाँ र अमेरिकी निर्माण र उत्पादन क्षेत्रहरू एकअर्काप्रति अत्यन्त निर्भर छन् । अधिकांश अमेरिकी उत्पादन र निर्माण कम्पनीहरू चिनियाँ कच्चा पदार्थ र मध्यवर्ती सामानहरूमा निर्भर छन् । तिनीहरूलाई छोटो समयमै राम्रो वैकल्पिक स्रोतको खोजी गर्न पनि मुश्किल छ । त्यसकारण, भन्सार वृद्धिका कारण लागत बेहोर्न संरा अमेरिकी कम्पनीहरू बाध्य छन् ।

स्रोतः चीन–संरा अमेरिका व्यापार युद्धबारे चीनको श्वेतपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *