भर्खरै :

शिक्षकहरूप्रति सरकारको दृष्टिकोण सकारात्मक नभएकै कारण सार्वजनिक शिक्षा खस्किँदै

शिक्षकहरूप्रति सरकारको दृष्टिकोण सकारात्मक नभएकै कारण सार्वजनिक शिक्षा खस्किँदै

भक्तपुर, २९ चैत । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिको आयोजनामा बिहीबार सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गरियो ।
शिक्षक दिवसको अवसरमा पारेर भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षकहरू प्रविधिमैत्री भई शिक्षा क्षेत्रमा भइरहेको क्रियाकलाप र शिक्षण सिकाइ प्रविधिबारे जानकार भइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षकहरूप्रति सरकारको दृष्टिकोण सकारात्मक नभएकै कारण सार्वजनिक शिक्षा खस्किँदै गएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
देशभक्त, अन्याय र थिचोमिचोविरूद्ध लड्ने विद्यार्थी तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले शिक्षकहरू इमानदार र देशभक्त हुनुपर्ने बताउनुभयो ।
विदेशी पुँजीले हाम्रो देशको हित नगर्ने स्पष्ट पार्दै उहाँले विदेशी पुँजी ल्याई देशको विकास गर्ने अर्थमन्त्रीको दृष्टिकोण गलत छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रोशनराज तुइतुईको सभापतित्वमा भएको कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय सदस्य अम्बिका न्याइच्याई, आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, भुवनेश्वरी माविका प्रअ सुभद्रा लघु, कार्यालय सचिव लक्ष्मीनारायण दुवाल र निवृत्त शिक्षक राजेन्द्र कायष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छँेले अवकाश प्राप्त ८ जना शिक्षकहरूलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *