भर्खरै :

जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा

जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा

पेइचिङ, २ वैशाख (रासस/एएफपी) । जर्मनीको सबैभन्दा ठुलो व्यापारिक साझेदारसँग आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ जर्मनीका चान्सलर ओलाफ स्कोल्ज आइतबार चीन भ्रमणमा आउनुभएको छ ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार स्कोल्ज आइतबार बिहान मन्त्री तथा व्यापारिक फर्म, कम्पनी र सङ्घसंस्थाका कार्यकारी प्रमुख सम्मिलित ठुलो प्रतिनिधिमण्डलसहित चोङकिङ महानगरमा पुग्नुभएको हो ।
पश्चिमा राष्ट्रहरूले पेइचिङमाथि दबाब बढाइरहेको बेला निर्यातका दृष्टिकोणबाट युरोपको विशाल अर्थतन्त्रले विश्वको दोस्रो ठुलो अर्थतन्त्रबाट छुट्टिनुपर्ने आह्वानलाई अस्वीकार गर्ने र पेइचिङसँग व्यापार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्ने अपेक्षा गरिएको छ । तर, चीनप्रतिको उहाँको मित्रतापूर्ण पहलले उद्योगहरूको लागि पेइचिङको भारी अनुदानको विरोध गर्दै आएका वासिङ्टन र युरोपेली सङ्घ (ईयू)का साझेदारहरूबिच आक्रोश पैदा गर्ने जोखिम रहेको छ ।
“चीन जर्मनीका लागि वास्तवमै महत्वपूर्ण आर्थिक साझेदार रहेको छ”, स्कोल्जले शुक्रबार पत्रकारहरूलाई भन्नुभयो, “उहाँले चीनमा जर्मन कम्पनीहरूको लागि चीनमा समान व्यवसायिक अवसरको खोजीको प्रयास गर्नुहुनेछ ।”
भूराजनीतिक मोर्चामा, स्कोल्जले आफ्नो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनलाई लगाम लगाउन र युक्रेनमा रूस युद्धको अन्त्य गर्न मद्दत गर्न आफ्नो प्रभाव प्रयोग गर्न पनि दबाब दिने अनुमान गरिएको छ ।
“चीन र रूसबिचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै पेइचिङले रूसमाथि आफ्नो प्रभाव पार्न सक्ने सम्भावना छ,” बर्लिनस्थित जर्मन सरकारी स्रोतले बताएको छ ।
चोङकिङ, साङ्घाई र पेइचिङको तीनदिने भ्रमणमा आउनुभएका जर्मन चान्सलर स्कोल्जको चान्सलरको रूपमा यो दोस्रो चीन भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *