हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
छ वर्षीय प्यालेस्टिनी–अमेरिकी केटा वादी अल फायोम शिकागोमा आफ्ना आमाबाबुसँग खुसीको जीवन बिताइरहेको थियो । उसलाई आफ्ना साथीहरूसँग भकुण्डो खेल्न, पार्कमा पिङ खेल्न र सौर्यमण्डलको बारेमा सिक्न मनपथ्र्यो । ऊ वरपर छिमेकका मानिसहरूको लागि प्रिय बालक थियो । तर, सबै उसको जीवन छैटौँ जन्मदिनको आठ दिनपछि समाप्त पारियो । वादीलाई उसको घरमालिक, ७१ वर्षीय अमेरिकी वायुसेनाका अवकाश प्राप्त वृद्धले २६ पटक छुरा प्रहार गरी हत्या ग¥यो । सबैभन्दा उक्त हृदयविदारक आक्रमण मध्यपूर्वमा भड्किएको युद्धको प्रभावको रूपमा गरिएको हिंसा मानिएको छ ।
शिकागोका मेयरले यसलाई ठीक विश्लेषण गर्दै भने, “यो एक विनाशकारी भूमिका इस्लामोफोबियाको खेल खेल्ने लाजमर्दो राजनीतिको ज्वलन्त परिणाम हो ।”
अमेरिकामा इस्लामोफोबिया (इस्लाम धर्म मान्नेहरूसितको डर र उनीहरूमाथिको हिंसा) नयाँ होइन । यद्यपि, यो मुख्यतया ९÷११ आक्रमणभन्दा पहिले नै भेदभाव र शत्रुताको आकस्मिक घटनाहरूमा प्रकट भएको थियो । अमेरिकाले आतङ्कवादविरुद्धको युद्ध सुरु गरेदेखि र धेरै इस्लामिक देशहरूमा आक्रमण गरेपछि यो अधिक व्यवस्थित र व्यापकरूपमा प्रकट हुँदै आएको थियो ।
यूसी बर्कले डाटाबेसका अनुसार, संरा अमेरिकाभरका ४४ राज्यले २३२ वटा शरियाविरोधी विधेयकहरू पेस गरे । ९३.७ प्रतिशत अमेरिकी मुस्लिमहरूले अनुभव गरेका छन् कि इस्लामोफोबियाले उनीहरूको भावनात्मक र मानसिक स्वास्थ्यलाई असर गरेको छ र ६२ प्रतिशतले धर्ममा आधारित शत्रुताको अनुभव गरेका छन् ।
अमेरिकी मिडियाहरू मुस्लिमहरूविरुद्ध पूर्वाग्रहलाई अगाडि बढाउने शक्तिशाली हातहरू बनेका छन् । प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार मुस्लिमहरूप्रति नकारात्मक धारणाहरू प्रायः मिडियामा जनताले सुन्ने र पढेका कुराहरूबाट आकार पाउने गरेको पाइएको छ । इस्लामलाई प्रायः हिंसात्मक धर्मको रूपमा प्रस्तुत गरिन्छ र मुस्लिमहरूलाई प्रायः संदिग्धरूपमा चित्रण गरिन्छ । २०११ को ओस्लो आक्रमणपछि, न्यु योर्क टाइम्स, द वाशिंगटन पोस्ट र एट्लान्टिक मासिकले अल–कायदामा औँला उठाउन वा मुस्लिमहरूको अपराधको बयान गर्नमा हतार गरे । यद्यपि, हत्यारा ३२ वर्षको गोरो छालाको युवक थियो र ऊ एक रूढीवादी ईसाई थियो ।
ब्रिघम योङ युनिभर्सिटीको अध्ययनले विगत २५ वर्षमा मुस्लिमहरूलाई क्यान्सर र कोकिनभन्दा पनि बढी नकारात्मकरूपमा चित्रण गरेको र अमेरिकी मिडियाले मुस्लिम अपराधहरूमा असमानतापूर्वक ध्यान केन्द्रित गरेको देखाएको छ ।
असहिष्णु मिडियाको अतिरिक्त, अमेरिकी अभिजातवर्गका राजनीतिज्ञहरूले पनि मुस्लिमहरूप्रतिको पूर्वाग्रहमा जोड दिइरहेका छन् । काउन्सिल अन अमेरिकन–इस्लामिक रिलेसन्समा सरकारी मामिला विभागका निर्देशक रोबर्ट म्याक्कालेले रिपब्लिकन पार्टीभित्र मुस्लिमहरूलाई दानवको रूपमा चित्रण गर्ने एउटा स्वीकार्य नेतृत्वदायी तह भएको टिप्पणी गरे । राष्ट्रपति अभियानहरू ‘इस्लाम हामीलाई घृणा गर्दछ’ जस्ता नाराहरूद्वारा विराम चिह्न लगाइन्छ, किनकि अमेरिकी मतदाताहरूमा मुस्लिमप्रतिको पक्षपात व्याप्त छ । ट्रम्प प्रशासनका वरिष्ठ सरकारी अधिकारीहरूले प्रायः इस्लामको बारेमा अनुपयुक्त टिप्पणी गरेको सुनिन्थ्यो । मुस्लिम समुदायलाई लक्षित गरी अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने एक मात्र देश हो ।
डेमोक्रायटहरूले कुनै राम्रो काम गरिरहेका छैनन् । मध्यपूर्वमा चलिरहेको द्वन्द्वमा हालको अमेरिकी सरकारको अडानले पक्कै पनि चीजहरूलाई अझ खराब बनाउँदै छ । अन्तर्राष्ट्रिय समुदायले गाजामा सर्वसाधारणको मृत्युमा शोक गरिरहेको बेला, अमेरिकी सरकारले गाजाको मृत्युको तथ्याङ्कमा शङ्का व्यक्त गरेको छ र निर्दोष मृत्युहरूलाई ‘युद्धको मूल्य’ भनेको छ । संरा अमेरिकाले इजरायललाई बन्दुक, क्षेप्यास्त्र र रकम पठाएको छ जबकि प्यालेस्टिनीहरूलाई मिनरल वाटरको बोतलबाहेक अरू केही प्रदान गरेको छैन ।
अमेरिकी न्याय विभागले युद्ध सुरु भएदेखि नै देशमा मुस्लिम, अरब र यहुदी समुदायहरूविरुद्ध रिपोर्ट गरिएको धम्कीमा वृद्धि भएको पुष्टि गरेको छ । यसले अफगानिस्तान, इराक, लिबिया र सिरियालगायत इस्लामिक देशहरूविरुद्ध अमेरिकी युद्धहरूको लामो इतिहासलाई पछ्याउँछ, जुन युद्धहरूमा लाखौँ मानिस बढी मारिएका थिए र अरु लाखौँ विस्थापित भएका थिए ।
यस्तो नीतिगत दृष्टिकोणको परिणामस्वरूप, अमेरिकी जनता झन् विभाजित र अस्थिर हुँदै गइरहेको छ । सङ्घीय जाँच ब्युरो – एफबीआई ९ँद्यक्ष्० को पछिल्लो तथ्याङ्कले २०२१को तुलनामा २०२२ मा राष्ट्रियरूपमा घृणित अपराधहरूमा लगभग सात प्रतिशत वृद्धि भएको देखाउँछ । यी घटनाहरूमध्ये ५९.१ प्रतिशत जाति, जातीय र वंशको भिन्नताबाट प्रेरित थिए ।
संरा अमेरिकाले यसैलाई लोकतन्त्रको प्रतिरूप, मूल्यमान्यताको रक्षक भएको घोषणा गर्छ । तैपनि उसको प्रणालीमा एक निर्दोष असुरक्षित ६ वर्षको बच्चालाई निर्ममतापूर्वक हत्या गर्न अनुमति दिइरहेको छ, जबकि पैसा र शक्तिशालीहरूले आफूलाई निरन्तर समृद्ध र सशक्त बनाउन षड्यन्त्र गर्छन् ।
(लेखक पेइचिङस्थित अन्तर्राष्ट्रिय मामिलाका टिप्पणीकार हुनुहुन्छ ।)
पिपुल्स डेली अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply