अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ७ वैशाख । नेपालभाषा साहित्य तः मुंज्या (सम्मेलन) को आयोजनामा परम्परागत सङ्गीत संरक्षण तथा प्रवद्र्धन विषयमा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भक्तपुरको सांस्कृतिक क्षेत्रको एक भाग दाफा भजनको बाजागाजाबारे ३० वर्ष अध्ययन गरी दुई भागको पुस्तक प्रकाशन गर्ने प्रा. डा. गर्ट म्याथियस वेगनरलाई धन्यवाद दिनुभयो ।
सङ्गीत सिक्ने विषय विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा राख्नुपर्ने प्राध्यापक वेगनरको सुझाव उपयुक्त भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकअनुसार यहाँको संस्कृति र सम्पदा संरक्षण गर्न भक्तपुरका जनता लागिपरेका छन् ।”
भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउने विधेयक पारितसँगै ख्वप विश्वविद्यालयको विधेयक पनि पारित भए यहाँको सांस्कृतिक सम्पदा संरक्षण गर्न थप मद्दत पुग्ने उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “भक्तपुर नगरपालिकाले संस्कृति अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । नेपालभाषा साहित्य तःमुंज्याले यहाँको दाफा भजनमा योगदान गर्ने गुरूहरूलाई बर्सेनि सम्मान गर्दै आएको छ । यसमा कुनै राजनीतिक पूर्वाग्रह राखिएको छैन ।”
उहाँले भन्नुभयो, “भक्तपुरको सङ्गीत दस्ताबेज बनाई संरक्षण गर्नुपर्ने डा. वेगनरको सुझाव महत्वपूर्ण छ । सङ्घीय संसद्मा विचाराधीन अभिलेख संरक्षण विधेयकमा स्थानीय र राष्ट्रिय महत्वका सम्पदाहरूको अभिलेख राख्नुपर्ने प्रावधान उल्लेख गराउन हामीले सुझाव दिएका छौँ । यस्तो सङ्ग्रहालयमा सर्वसाधारण प्रवेश सजिलो बनाइने छ ।”
प्रवचनमा विशेष अतिथि इथ्नोम्युजिकोलोजी विषयका प्रा.डा. गर्ट म्याथियस वेगनरले अहिलेका बालबालिकाहरूलाई दैनिक गृहकार्य गराएजस्तै दैनिकरूपमै यहाँका बाजागाजा, कला संस्कृति, सङ्गीतको महत्व दर्साई त्यसबारेमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भोलिका कर्णधार आजका बालबालिकालाई यहाँका मठमन्दिर, पाटीपौवा, देवस्थल आदि भ्रमण गराई त्यसको महत्व बुझाउनुपर्नेमा विशेष जोड दिनुभयो ।
साङ्गीतिक धुनले गुञ्जयमान हुने भक्तपुर नगरमा यातायातका साधनको कर्कश आवाज अशोभनीय भएकोले भक्तपुर पुरानो नगर क्षेत्रभित्र यातायात साधनहरू पूर्णरूपमा बन्देज गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
उहाँले भक्तपुरका बाजा, संस्कृति जोगाउन विभिन्न सुझावहरू दिनुभएको थियो ।
भक्तपुरमा विशेष धिमे बाजा बजाउनेलगायतका साङ्गीतिक क्षेत्रमा चिरपरिचित उहाँ जर्मन नागरिक हुनुहुन्छ ।
कार्यक्रममा तःमुंज्याका अध्यक्ष आशाकुमार चिकबन्जार र सचिव नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply