जनसङ्ख्या नियन्त्रणबारे तुलनात्मक अध्ययन
- आश्विन २, २०८३
भक्तपुर, १४ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हालै विश्व सर्वहारावर्गका महान् नेता लेनिनको १५४ औँ जन्म दिवस एक प्रशिक्षण कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले महान् नेता भ्लादिमिर लेनिनको कुशल नेतृत्वमा पहिलो समाजवादी क्रान्ति सोभियत रुसमा गरेको चर्चा गर्दै समाजवादी क्रान्तिपछि साम्राज्यवादी देशको उपनिवेशमा रहेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूले राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो ।
उहाँले उक्त समाजवादी क्रान्तिले व्यक्तित्व विकासमा समान अवसर, उत्पादनका साधनहरू सामाजिकीकरण, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क एवम् अनिवार्य, समाज बुद्धिजीवीकरण गरेको स्पष्ट पार्दै अमेरिका र पश्चिमी युरोपले १५० वर्षमा गरेको प्रगति सोभियत सङ्घले ३०–४० वर्षमा गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सोभियत सङ्घ विघटनले देश १५ टुक्रामा विभाजित भयो । त्यहाँ असमानता, अपराध, बेरोजगारी र गरिबीलगायतका धेरै समस्या सृजना भयो । महिला समानताको स्थिति अन्त्य भयो । महिलाहरू असुरक्षित हुन थाल्यो । कामदार वर्ग माथि शोषण र दमन पुनः सुरु भयो । यसले मानव कल्याणको लागि समाजवादी बन्दोबस्त नै जरुरी छ भन्ने देखायो ।”
उहाँले भन्नुभयो, “सत्ताधारी दलका नेताहरूले सरकारमा गएर देशलाई रु. २४ खर्ब सार्वजनिक ऋणमा डुबायो, २० खर्ब व्यापार घाटा गरे, ९ खर्ब बढी बेरुजु बनाई देशलाई डुबायो ।”
कार्यक्रममा नेमकिपाका भक्तपुर जिल्ला समितिका सदस्य एनबीले विश्व सर्वहारवर्गका महान् नेता लेनिनले माक्र्सवादी सिद्धान्तको पहिलो प्रयोग सोभियत रुसमा गरेको र त्यसले पँुजीवादको विकल्प समाजवाद हो भनी प्रमाणित गरेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त मानी अगाडि बढिरहेको छ । यसले समाजवादी प्रचार अभियान जारी राखेको छ ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले सभापतिको आसनबाट संरा अमेरिकाका मजदुरहरूको सङ्घर्ष, बलिदान, त्याग, समर्पणले गर्दा मजदुरहरूको विजय भएको बताउनुभयो ।
नेमकिपा ललितपुरका सदस्य विष्णुभक्त महर्जनले नेमकिपा देशभक्त पार्टी भएकोले जनताले मनपराएका छन् † शासक दलहरूले जनताको गरिबीको मौका छोपेर पैसा, सामान, बाँडेर मत लिने गर्नु बेठीक भएको बताउनुभयो ।
कार्यक्रममा विष्णुराम दुमरु, रमेश दुमरु, विक्रम ढुकुछुलगायतले नेपालमा उद्योग वा कलकारखाना नयाँ नयाँ बनाउँदै जानुपर्नेमा नेकाको सरकार आएपछि कारखाना निजीकरण गरेर ध्वस्त बनाएको चर्चा गर्नुभयो ।
Leave a Reply