यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
– श्यामकृष्ण खुलिमुली
भनिन्छ राजनीतिमा कोही पनि स्थायी शत्रु हुन्न । सायद त्यसैले होला प्रचण्डले सत्तोसराप गरेका ओली र ओलीले सत्तोसराप गरेका प्रचण्डबीच चुनावी मुखमा आएर अचानक गठबन्धन भयो । गठबन्धनलाई कतिले अनौठो किसिमले त कसैले संशयको दृष्टिकोणले हेरिरहेका छन् । यसबीच छापामा अनेक विचारहरू पनि पोखिएका छन् । कोही पक्षमा लागेका छन् र अब वामपन्थीको बहुमत आउँछ अनि देशमा केही हुन्छ भनेर तर्क प्रस्तुत गरिरहेका छन् । कोही भने अब लोकतान्त्रिकको दिन सकियो र अधिनायकवाद आउँदै छ भनेर रोइकराइ गरिरहेका छन् । तर कसैले भनेजस्तै यो ‘वाम गठबन्धन’ वामपन्थी एकता भने होइन ।
के हो वामपन्थी ?
वामपन्थी शब्दको सुरूबाट सन् १७८९ देखि सन् १७९९ सम्मको फ्रान्सेली क्रान्तिबाट भएको थियो । सन् १७८९ मा फ्रान्सको नेसनल एसेम्बलीमा सांसदहरू लोकतान्त्रिक र राजावादी दुई पक्षमा विभक्त भएका थिए । एउटा पक्ष तत्कालीन राजतन्त्रलाई स्वीकार्ने कुलीन, व्यापारी र धर्मगुरूहरू थिए भने अर्कोतिर सम्राट हटाएर गणतन्त्र ल्याउन चाहने परिवर्तनवादीहरू थिए । गणतन्त्रको माग चर्को रूपमा उठेपछि लुई सो¥हौंले नेसनल एसेम्बलीको बैठक डाके । यस बैठकमा सम्राटका समर्थक एसेम्बलीको दायाँ र विरोधी एवम् परिवर्तनकारीहरू बायाँतिर बसे । राजनीतिमा विचारधाराको आधारमा पहिलोपटक वामपन्थी र दक्षिणपन्थीको विभाजन यही बैठकबाट भएको मानिन्छ । त्यहीबेलादेखि राजतन्त्र समर्थकलाई दक्षिणपन्थी र विरोधीलाई वामपन्थी भन्न थालियो ।
समयक्रममा यो धारणा संसारभर व्यापक हुनथाल्यो । देशअनुसार फरक फरक स्वरूपमा प्रयोग गर्न थालियो । युरोपमा माक्र्स र एङ्गेल्सले सन् १८४८ मा आफ्नो कम्युनिष्ट घोषणापत्रमार्फत संसारभरका मजदुर एक हौं भन्ने आह्वान गर्दै कम्युनिष्टलाई वामपन्थी भन्न थाल्यो । आज युरोप, अमेरिकातिर वामपन्थीलाई कतै उदारवादी, डेमोक्रेटिक र धर्म निरपेक्षतावादी भनिन्छ भने नेपालमा कम्युनिष्ट शक्तिलाई वामपन्थी भनिन्छ ।
‘वाम गठबन्धन’ होइन
भनिन्छ क्रान्ति गर्नुभन्दा क्रान्तिलाई जोगाउन धेरै गा¥हो हुन्छ । अझ सत्तामा बसेर राज्य सञ्चालन गर्न त झन उत्तिकै कठिन छ । त्यहाँजस्तै मै हुँ भन्ने शासकहरू पनि चिप्लिन्छन्, परिवर्तनका हिमायतीहरू गुलियो पोतेको चास्नीमा डुब्छन् । नेपालको इतिहास हेर्ने हो भने सत्ताको बाहिर बसेर बिगतमा कम्युनिष्टहरूले जसरी जनमत बटुल्ने काम गरे, समर्थन जुटाउन समर्थ भयो, सत्तामा गएपछि ती कम्युनिष्टका विचारहरू सब भुत्ते सावित भए । एमाले सत्ताकै कारण भाइकाङ्ग्रेस बन्यो, एमाओवादी सत्ताकै कारण एमालेको पदचापमा हिंड्यो । अझ पछिल्लोपटक त माओवादीमा यति सत्तालिप्सा छ कि विनाविभागीय मन्त्रीमा घटुवा हुँदा पनि लाजविना ऊ काङ्ग्रेसको सत्तामा बसिरहेको छ । यसरी सत्तामा रहने एमाओवादी कसरी वामपन्थी हुनसक्छ ? अर्को कुरा एमाओवादी यो देशको आवश्यकताले जन्मेको होइन । यो कुरा त ‘र’ मिशन, एसडी मुनिलगायत स्वयम् प्रचण्ड र बाबुरामले पनि स्वीकारिसकेको कुरा हो कि एमाओवादीको जननी भारत हो । यथार्थमा यो भारतीय ट्रोजन हर्स हो । यसले नेपालको क्रान्तिलाई झन् पचास वर्ष पछाडि धकेलेको छ र कम्युनिष्ट आन्दोलनलाई कमजोर पारेको छ ।
वामपन्थी शब्दको सुरूबाट सन् १७८९ देखि सन् १७९९ सम्मको फ्रान्सेली क्रान्तिबाट भएको थियो । सन् १७८९ मा फ्रान्सको नेसनल एसेम्बलीमा सांसदहरू लोकतान्त्रिक र राजावादी दुई पक्षमा विभक्त भएका थिए । एउटा पक्ष तत्कालीन राजतन्त्रलाई स्वीकार्ने कुलीन, व्यापारी र धर्मगुरूहरू थिए भने अर्कोतिर सम्राट हटाएर गणतन्त्र ल्याउन चाहने परिवर्तनवादीहरू थिए । गणतन्त्रको माग चर्को रूपमा उठेपछि लुई सो¥हौंले नेसनल एसेम्बलीको बैठक डाके । यस बैठकमा सम्राटका समर्थक एसेम्बलीको दायाँ र विरोधी एवम् परिवर्तनकारीहरू बायाँतिर बसे । राजनीतिमा विचारधाराको आधारमा पहिलोपटक वामपन्थी र दक्षिणपन्थीको विभाजन यही बैठकबाट भएको मानिन्छ । त्यहीबेलादेखि राजतन्त्र समर्थकलाई दक्षिणपन्थी र विरोधीलाई वामपन्थी भन्न थालियो ।
बिप्पा सम्झौता, माथिल्लो कर्णाली, लगानीबोर्डजस्ता राष्ट्रघाती कदमले यो दललाई जनविरोधी कित्तामा उभ्याइसकेको छ । उता एमाले पार्टी जवजको हिङ देखाउँदै दक्षिणपन्थी अवसरवाद र संशोधनवादमा नराम्ररी फसिरहेको छ । एनजीओ,आईएनजीओको खेती गर्दै हाल एमालेले नेपालका कम्युनिष्ट शक्तिलाई तहसनहस पारी राजनीतिलाई अपराधीकरणतर्फ दो¥याउँदै छ । यहाँ एउटा सान्दर्भिक प्रसङ्ग के छ भन्दाखेरि कुनै जमानामा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले अमेरिकी पत्रिका न्यूजवीकलाई अन्तर्वार्ता दिँदै भनेका थिए, जनतालाई झुक्याउन मात्र पार्टीको नाम कम्युनिष्ट राखिएको हो । एमाले आफूलाई वामपन्थी शक्ति भन्छ तर प्रतिपक्षमा बसेर पनि भागबण्डा र कुर्सीको खेलमा मात्रै लागिरहन्छ । सत्तापक्षले प्रस्तुत गरेका हरेक विधेयकलाई आँखा चिम्लेर करतल तालीले समर्थन गर्छ । देश र जनताको पक्षमा कुनै विधेयक ल्याएन । महाकाली सन्धि, लगानीबोर्ड विधेयक, सांसद सुविधालगायतका विधेयक पारित गरेपछि एमालेको असली स्वरूप प्रष्टिसकेको छ । एमाले र एमाओवादी दुवै रातो झण्डाको विरूद्धमा रातो झण्डा उठाउन आएका नक्कली कम्युनिष्ट हुन् । यिनीहरू जनतालाई झुक्याउँदै जनविरोधी काम गर्नमै व्यस्त छन् तर मुखमा समाजवाद र राष्ट्रवादको नारा छ । यसरी व्यवहारले दक्षिणपन्थी काम गर्नेहरूको गठबन्धन कसरी ‘वाम गठबन्धन’ हुनसक्छ ?
गठबन्धनको भित्री कुरो
स्थानीय चुनावसम्म उत्तर र दक्षिण फर्किरहेका एमाले र एमाओवादी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी पूर्वसन्ध्यामा ‘वाम गठबन्धन’को नाममा नजिकिए । माओवादी ओरालो लागिरहेको बेला र एमाले दम्भले फुलिरहेको बेला ‘वाम गठबन्धन’ भएको छ । यसले काङ्ग्रेसवृत्तमा ठुलै तरङ्ग ल्याइदियो र अन्ततः लोकतान्त्रिक गठबन्धन पनि गठन भयो । ‘वाम गठबन्धन’मा भारतीय हात रहेको चर्चा पातको हल्लाइसँगै बहन थालेको छ । यसभन्दा अगाडि त्यत्रो मधेश आन्दोलन भयो, नाकाबन्दी ग¥यो तर भारतले आफू अनुकूल नेपालको संविधान संशोधन गर्न सकेन । त्यही थाँती रहेको संशोधन पूरा गर्न भारतले आफ्नो कोर्स परिवर्तन गरेको छ । अब एमाले र एमाओवादीलाई स्पष्ट बहुमत हासिल गर्न लगाई भारतले आफ्नो लक्ष्य पूरा गर्दैछ । लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ सय बल्ड्याङ, हो एमाले आफूलाई बाठो सम्झन्छ, राष्ट्रवादको मियो ठान्छ तर अब माओवादीको काँधमा टेकेर भारतले एमालेलाई सिध्याउँदै छ । भारतले आफ्नो मिसन छोडेको छैन । उसलाई कुनै दलसँग सरोकार छैन मात्र आफ्नो मिसन पूरा गर्नु छ ।
राष्ट्रियताको भजन भारतीय नाकाबन्दीले ओलीलाई एउटा गज्जबको अवसर प्रदान ग¥यो । त्यहीबेला राष्ट्रियताको पासा फालेर उनले वाहवाही पनि बटुल्न सफल भए । स्मरणीय छ, प्रधानमन्त्री बन्नुअघि उनले रोहितसँग समर्थन माग्दा रोहितले जनजीविका र राष्ट्रियताको सवालमा केही गम्भीर मुद्दाहरू उठाएका थिए । त्यसलाई ओलीले लिखित रूपमै स्वीकारेका थिए । त्यसबेला सरकार सञ्चालनका लागि एउटा संयन्त्र पनि गठन गरेको थियो । त्यसबेला रोहितले दबाब नदिएको भए ओलीले अगाडि नै भारतसामु घुँडा तेस्र्याइसक्ने थियो । ओलीले आफ्नो कार्यकालमा एकपटक पनि भारतले नाकाबन्दी गरेको छ भनेर भनेनन् र दक्षिणको छिमेकीमात्र भने । नाकाबन्दी नखुलेसम्म भारत नजाने अडान लिएका ओली नाकाबन्दी खुल्नु अगावै भारत गए, जनसङ्ख्याको आधारमा संविधान संशोधन गरे । तत्कालीन अवस्थामा आम नागरिकहरू कष्टको जीवन बिताइरहेका थिए तर उनी निरोले झैं राष्ट्रियताको बाँसुरी बजाइरहेका थिए । जनता चरम निराशाको अवस्थाबाट गुज्रिरहेका थिए तर उनी भने हास्यास्पद सपना बाँडिरहेका थिए ।
राष्ट्रियताको भजन भारतीय नाकाबन्दीले ओलीलाई एउटा गज्जबको अवसर प्रदान ग¥यो । त्यहीबेला राष्ट्रियताको पासा फालेर उनले वाहवाही पनि बटुल्न सफल भए । स्मरणीय छ, प्रधानमन्त्री बन्नुअघि उनले रोहितसँग समर्थन माग्दा रोहितले जनजीविका र राष्ट्रियताको सवालमा केही गम्भीर मुद्दाहरू उठाएका थिए । त्यसलाई ओलीले लिखित रूपमै स्वीकारेका थिए । त्यसबेला सरकार सञ्चालनका लागि एउटा संयन्त्र पनि गठन गरेको थियो । त्यसबेला रोहितले दबाब नदिएको भए ओलीले अगाडि नै भारतसामु घुँडा तेस्र्याइसक्ने थियो ।
संसदमा भारतविरोधी नारा नलागेको भए, भारतीय दूतावास नघेरिएको भए नाकाबन्दी अझै लम्बिन्थ्यो । तर भारतले बाध्य भएर आफ्नो कदम फिर्ता लियो । राष्ट्रवादको त्यही खोक्रो नारा आज ‘वाम गठबन्धन’को मियो बनिरहेको छ । एमालेको राष्ट्रवाद हिजो महाकाली सन्धिमा सबैले देखेकै हुन् । अब साँच्चैको चेत खुलेको हो कि केही समयका लागि मुकुण्डो परिवर्तन गरेको हो त्यो हेर्न भने केही समय कुर्नै पर्ने भएको छ । किनकि सूर्य पश्चिमबाट होइन पूर्वबाटै उडाउँछ ।
श्यामकृष्ण खुलिमुली
Leave a Reply