अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, १८ वैशाख । नेपाल मजदुर किसान पार्टी, ललितपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार श्रमिकहरूबिच अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले अशान्ति, हिंसा तथा युद्धको कारक पुँजीवाद र साम्राज्यवाद हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो दुई वर्षको इतिहासमा साम्राज्यवादी देश संरा अमेरिकाले ५ सत्न्दा बढी आक्रमण गरिसकेको छ । सन् १९९० पछि दुई सत्न्दा बढी स्थानमा हस्तक्षेप र हमला गरिएको छ । पछिल्लोपल्ट प्यालेस्टिनमाथि इजरायली अमानवीय आक्रमण र रुसविरुद्ध युक्रेनमार्फत छद्मयुद्ध गरियो । त्यस्तै लिबियाका कर्णेल गद्दाफी, इराकमा राष्ट्रपति सद्दाम हुसेनको हत्या, सर्बियाका देशभक्त राष्ट्रपति स्लोभोदान भिलोसेविचको हत्या भयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एन. महर्जनले नेपाली सेनालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती केन्द्र, नेपाललाई भारतको सुरक्षा हातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेना आएर नेपालको सैनिक ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता ऐन खारेज गराउन सङ्घर्ष नगर्ने राजनैतिक दलहरू देशभक्त दल होइनन् भन्नुभयो ।
उहाँले सन् १८२६ मे १ को दिन अमेरिकी मजदुरहरूले ८ घण्टाको काम र ज्याला बढाउन माग राखी आन्दोलन गरेको र त्यस आन्दोलन दबाउन कैयौँ मजदुर नेताहरूलाई फाँसी दिए पनि मजदुर आन्दोलन निरन्तर गरी पुँजीवादी अमेरिकी सरकारलाई झुकाएर मजदुरहरूको विजय भएको सम्झनामा विश्वका मजदुरहरूले मजदुर दिवस मान्दै आएको बताउनुभयो ।
नेमकिपा ललितपुरका सचिव नरेश महर्जनले पुँजीवादी सरकारले देश र कामदार जनताको भलो नगर्ने भएकोले कामदारवर्गले शासन गर्ने समाजवादी व्यवस्था आवश्यक भएको हो भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य कवीन्द्र डंगोलले नेपालमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछिको नेकाको सरकारले उद्योग, कलकारखाना ध्वस्त बनाई मजदुरहरूलाई बेरोजगार बनाएर दुःख दिएको बताउनुभयो ।
कार्यक्रममा महन्त महर्जन, विष्णुभक्त महर्जनलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply