अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कालीकोट, १८ वैशाख । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिले तिलागुफामा मङ्गलबार प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले देशको राजनीति सप्रेन भने जनताले सुख पाउँदैनन् भन्नुभयो । भारतीय एकाधिकार पुँजीको दबाबमा शासकहरूले निजीकरणको नाममा उद्योग नचलाउने विदेशी पुँजीपतिको हातमा सुम्पेको बताउँदै केन्द्रीय सदस्य शाहीले नेपालमा उद्योगधन्दा नचल्दा नेपाली युवाहरू मलेसिया र अरबमा कुल्ली बन्न बाध्य भएको स्पष्ट पार्नुभयो ।
देशको घरमुली बिग्रेपछि देश बिग्रेको उल्लेख गर्दै केन्द्रीय सदस्य शाहीले नयाँ पुस्तालाई अनुशासन सिकाई इज्जतपूर्वक बाँच्न दिनुपर्छ भन्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईंले शासक दलका नेता कार्यकर्ताले बजेटमा भागबन्डा नखोजेको भए कर्णाली राजमार्ग खाल्टोमार्ग बन्ने थिएन भन्नुभयो । उहाँले बाटो बिग्रेर गाडीमा तेलको खपट बढेको, बिग्रेको गाडी बनाउँदा र बिरामीको उपचार गर्दा भारतीय एकाधिकारलाई नै फाइदा भइरहेकोले सडक व्यवस्थापन नगरेको बताउनुभयो ।
नेमकिपा कालिकोटका अध्यक्ष खडगराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासी, दलसुर बोहरा, नरेन्द्रबहादुर रोकाया र भूपेन्द्र शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply