अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, १९ वैशाख । नेपाल क्रान्तिकारी मजदुर सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा बुधबार काठमाडौँमा मजदुरहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको महत्वबारे स्पष्ट पार्दै मजदुरहरू माक्र्सवाद, लेनिनवाद र माओविचारधाराबाट सुसूचित हुनुपर्ने बताउनुभयो ।
समाजवादी व्यवस्था स्थापना नभएसम्म मजदुरहरूको जीवन सुनिश्चित हुनेछैन, उहाँले भन्नुभयो ।
कार्यक्रममा एन. श्रेष्ठले रुसको जारशाही व्यवस्थाविरूद्धको ‘डिसेम्बर विद्रोह’ पुस्तकबारे चर्चा गर्दै जारको विरुद्ध रुसी खानदानीवर्गले सङ्घर्ष गरेको बताउनुभयो ।
Leave a Reply