हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
चितवन, १९ वैशाख । “मजदुरहरू वैचारिकरूपमा सचेत र सङ्गठित नभएसम्म अधिकार नपाउने, प्रगति र सङ्घर्ष नहुने भएकोले नयाँ समाज निर्माण पनि हुँदैन । सङ्घर्षमय भावना विकास गर्न निरन्तर पार्टी प्रकाशनको अध्ययन र छलफल आवश्यक हुन्छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसरमा बुधबार भएको भेला एवम् प्रशिक्षण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
केही सुविधा र अधिकारको लागि मात्र मई दिवस मनाउने काम गलत हुने भन्दै उहाँले साम्राज्यवादविरोधी भावना विकास गर्ने अवसरको रूपमा मई दिवस मनाउनुपर्नेमा जोड दिनुभयो ।
पँुजीवादी व्यवस्थाको विशेषता भनेको झिलिमिली, आकर्षक प्रचार र मान्छेलाई अलमल पार्ने बताउँदै उहाँले भ्रष्टाचार, बलात्कार, अपराध, असमान सन्धि, अन्याय, शोषणको भरमा अल्पमतले बहुमत जनतामाथि शासन गरिरहेको छ भन्नुभयो ।
उहाँले सहकारी ठगहरू नै सांसद र मन्त्री बनिरहेकोमा चिन्ता व्यक्त गर्दै चेतना, विचार र सङ्गठनविनाको विकास अर्को धोका हुने बताउनुभयो ।
संरा अमेरिकाले विश्वमा आतङ्क मच्चाइरहेको उल्लेख गर्दै उहाँले छिमेकी देश चीन अर्थतन्त्रमा विश्वमा अगाडि आइरहेको र विश्वभर मित्रवत् सम्बन्ध विस्तार गर्न बीआरआई नीतिअनुसार गइरहेको स्पष्ट पार्नुभयो ।
कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले जसरी पनि चुनाव जित्ने, पैसा पेलेरै न्यायाधीश बन्ने, गलत काम गरेर धनी हुने, पैसा असुल्ने र लुट्ने व्यवस्था नै पुँजीवादी व्यवस्था भएकोले नेमकिपाले व्यापक जनताको हितमा काम गरिरहेको बताउनुभयो ।
नेमकिपा तेस्रो जिल्ला सम्मेलन तयारी समिति, चितवनका संयोजक हरिप्रसाद दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा मोहनबहादुर प्रजा, सन्तबहादुर पाख्रिन, लक्ष्मी चेपाङलगायतले मई दिवसबारे बोल्नुभएको थियो ।
Leave a Reply