भर्खरै :

कम्युनिष्टहरुको जीत भएको होइन–रोहित

काठमाडौं, २८ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले निर्वाचनमा जनताले हारेक बताउनुभएको छ ।  भर्खर सम्पन्न निर्वाचनको सन्दर्भमा बिहीबार बिहान रेडियो अन्नपूर्णका ठाकुर बेल्वासेसँगको कुराकानीको क्रममा नेमकिपाका अध्यक्ष रोहितले निर्वाचनमा फासीवादीहरूले बहुमत प्राप्त गरेकोे धारणा राख्नुभयो ।  उहाँले जनताले अब दुःख पाउने दिन आएको भन्दै यो कम्युनिष्टको जीत नभएको विचार राख्नुभयो ।
एमाले र माओवादी अन्धराष्ट्रवादी, सङ्कीर्ण राष्ट्रवादी र फासीवादीहरूबाट सञ्चालित भएको उल्लेख गर्दै अध्यक्ष रोहितले प्रजातन्त्र र समाजवादको विरोधमा फासिवादको उदय भएको तर्क गर्नुभयो । उहाँले एमाले, काङ्ग्रेस र माओवादी आफै सञ्चालित नभएको भन्दै ती पार्टीले सिद्धान्तको आधारमा नभई पैसाको बलमा चुनाव लडेको बताउनुभयो ।
थ्रेसहोल्ड समानुपातिक सिद्धान्तविपरीत भएको विचार राख्दै अध्यक्ष रोहितले पश्चिमा देशको निर्देशनमा आएको थ्रेसहोल्डको प्रावधानले देशमा अराजकता निम्तिने खतरा रहेको बताउनुभयो ।  अध्यक्ष रोहितले प्रचार माध्यम, बुद्धिजीवी र पार्टीले जनमत बदल्न सक्ने भन्दै तीन शासक पार्टीहरूले जातीय र क्षेत्रीय राजनीति गरेको उल्लेख गर्नुभयो ।
उहाँले काठमाडौंलाई नै ३ नं प्रदेशको राजधानी बनाउनु सङ्कीर्ण दृष्टिकोण भएको भन्दै ती पार्टीहरू सम्प्रदायिक भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *