नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २८ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबीच मध्य उपत्यका बस व्यवसायी संघले भक्तपुरको च्याम्हासिंहबाट राजधानीका विभिन्न स्थानहरुमा चल्ने ठूलो आकारको बस सेवाको उद्घाटन गर्नुभयो । संघले हाल १० वटा ठूलो आकारका बसहरु सञ्चालनमा ल्याउने भएको छ ।
बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले यातायात मजदुरहरुलाई अनुशासित र व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
विदेशमा निर्धारित समयभन्दा २० मिनेट मात्र ढिला पुग्दा चालकले यात्रुहरुसँग माफी मागेको स्मरण गर्दै उहाँले यातायात व्यवसायीहरुले यात्रुहरुलाई चुस्त सेवा दिन सक्नुपर्ने बताउनुभयो ।
उहाँले प्रतिस्पर्धाको नाममा गाडी बेतोड दौडिंदा दुर्घटना बढेको भन्दै बस सेवालाई स्वस्थकर बनाउन सुझाव दिनुभयो ।
मध्य उपत्यका बस व्यवसायी संघका अध्यक्ष प्रकाश डंगोलले सरकारको नीतिअनुसार संघले ३८–४० सिट संख्याको सुविधायुक्त गाडीको बन्दोबस्त गरेको बताउनुभयो ।
उहाँले बस सेवाको स्तरोन्नतिमा आफ्नो प्रयास कायम रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संघका कोषाध्यक्ष सुरेश खत्री र बालकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply