आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
पेइचिङ, ८ मे (सीआरआई) । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचको निमन्त्रणामा, स्थानीय समयअनुसार मे ७ का दिन राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा बेल्ग्रेड पुगेर सर्बियाको राजकीय भ्रमण थाल्नुभएको छ ।
राष्ट्राध्यक्ष सीको विशेष विमान सर्बियाको वायु क्षेत्रमा प्रवेश गरेपछि सम्मानमा सर्बियाका दुई सैन्य विमानले सुरक्षा गरेका थिए ।
स्थानीय समयअनुसार मे ७ का दिन राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआन विशेष विमानद्वारा बेल्ग्रेड पुग्नुभएको छ । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिच दम्पत्ति, भूतपूर्व राष्ट्रपति तोमिस्लाभ निकोलिक दम्पत्ति, सभापति र प्रधानमन्त्रीहरूले विमानस्थलमा उहाँहरूको हार्दिक स्वागत गर्नुभएको थियो ।
विशेषतायुक्त स्वागत समारोहमा सर्बियाका बालबालिकाले राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लियुआनलाई फूलका गुच्छा दिनुका साथै सर्बियाली सर्वसाधारणले नाचगानद्वारा स्वागत गरेका थिए ।
राष्ट्राध्यक्ष सीले लिखित सम्बोधन गर्नुभएको छ । उहाँले चीन सरकार र जनताको प्रतिनिधित्व गरेर मैत्रिपूर्ण सर्बिया सरकार र जनतालाई हार्दिक अभिवादन र शुभकामना दिनुभएको छ ।
सन् २०१६ मा दुई देशले चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनादेखि द्विपक्षीय सम्बन्धमा फड्को मारी विकास गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । दुई देशको राजनीतिक विश्वास ढुङ्गाजस्तै दृढ छ । साझारूपमा ‘बेल्ट एन्ड रोड’ को उच्च गुणस्तरीय निर्माणमा उपलब्धि फलदायी छ । नयाँ ऐतिहासिक सुरुवातमा चीनले सर्बियासँग अझ शक्तिशाली, व्यापक र उच्च गुणस्तरीय सहयोगको नयाँ अवस्थाको सिर्जना गर्ने इच्छा राखेको छ । उहाँले यो भ्रमणमार्फत राष्ट्रपति भुचिचसँग द्वीपक्षीय सम्बन्ध र अन्य साझा अभिरूचि विषयबारे गहनरूपमा वैचारिक आदानप्रदान गर्नुका साथै सम्बन्धको नयाँ योजना बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
विमानस्थलबाट होटलसम्मको बाटोमा सर्बियामा बसोबास भएका चिनियाँ मूलका विदेशी तथा प्रबासी चिनियाँहरू, सर्बियामा अध्यायनरत चिनियाँ विद्यार्थीहरू र सर्बियाका बासिन्दाहरूले स्वच्छरूपमा चीन र सर्बियाका राष्ट्रिय झण्डा फहराउँदै राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत गरेका छन् ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बेल्ग्रेडमा लिखित सम्बोधन
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सर्बियाको बेल्ग्रेडमा पुगेर विमानस्थलमा लिखित सम्बोधन गर्नुभएको छ ।
उहाँले चीन सरकार र जनताको प्रतिनिधित्व गरेर मैत्रीपूर्ण सर्बियाली सरकार र जनतालाई हार्दिक अभिवादन गर्दै शुभकामना दिनुभएको छ ।
सन् २०१६ मा दुई देशले चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरेदेखि द्विपक्षीय सम्बन्धमा फड्को मारी विकास गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । दुई देशको राजनीतिक विश्वास ढुङ्गाजस्तै दृढ छ । साझारूपमा ‘बेल्ट एन्ड रोड’ को उच्च गुणस्तरीय निर्माणमा उपलब्धि फलदायी छ ।
नयाँ ऐतिहासिक सुरुवातमा चीनले सर्बियासँग अझ शक्तिशाली, व्यापक र उच्च गुणस्तरीय सहयोगको नयाँ अवस्थाको सिर्जना गर्ने इच्छा राखेको छ । उहाँले यो भ्रमणमार्फत राष्ट्रपति भुचिचसँग द्वीपक्षीय सम्बन्ध र अन्य साझा अभिरूचि विषयबारे गहनरूपमा वैचारिक आदानप्रदान गर्नुका साथै सम्बन्धको नयाँ योजना बनाउने प्रतीक्षा व्यक्त गर्नुभएको छ ।
Leave a Reply