युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
भक्तपुर, २७ वैशाख । भनपा वडा नं. ६ को आयोजनामा ख्वप अस्पतालको प्राविधिक सहयोगमा हाडजोर्नी तथा दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरिबीका कारण न्यूनतम स्वास्थ्य उपचारबाट वञ्चित नहोस् भन्ने हेतुले भक्तपुर नपाले विभिन्न रोगको स्वास्थ्य शिविर सञ्चालन र व्यायामशालाको व्यवस्था गरेको चर्चा गर्नुभयो ।
ख्वप अस्पताललाई क्रमशः व्यवस्थितरूपमा अगाडि बढाउँदै लगिने विश्वास व्यक्त गर्दै उहाँले स्थानीयवासीहरूलाई काम र मामको व्यवस्था होस् भनी स्थानीय उपभोक्ता समितिमार्फत पारदर्शीरूपमा दिगोपन हुने गरी विकास निर्माण कार्य गरिरहेको चर्चा गर्नुभयो ।
शिक्षा तथा स्वास्थ्यका साथै भौतिक पूर्वाधारसहितको आवास योजना अत्यावश्यक रहेको मध्यनजर गर्दै उहाँले कमलविनायक, लिबाली, चोखा दुगुरे तुमचो जग्गा एकीकरण आयोजनाको साथै हाल देको मिवा इतापाके जग्गा एकीकरण आयोजना सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कसैलाई अन्याय भएको देखिएमा गुनासो समितिबाट समस्या समाधान गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले स्वास्थ्य परीक्षणले थोरै भए पनि स्वास्थ्य लाभ हुने आशा व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले खाद्यान्न, फलफुल र तरकारीमा मिसावत र विषादी प्रयोगले प्राणघातक रोग निम्तिरहेको चर्चा गर्दै शिक्षा र स्वास्थ्यमा भक्तपुर नगरपालिकाले उल्लेख्य काम गरिरहेको चर्चा गर्नुभयो ।
वडा सदस्य सिद्धिराम अवालले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले देशभरका विद्यार्थीहरूलाई सर्वसुलभरूपमा अध्ययन गराइरहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय गोपीकृष्ण चाँगुभारी र स्वयम्सेविका मञ्जु कुम्पाखले पनि बोल्नुभएको थियो ।
Leave a Reply