भर्खरै :

माक्र्स संसारका श्रमजीवी जनताको हित चाहने महान् गुरु

माक्र्स संसारका श्रमजीवी जनताको हित चाहने महान् गुरु

कैलाली, २७ वैशाख । लम्कीचुहा नपा वडा नं ४ कौवापुरमा कार्ल माक्र्सको २०६ औँ जन्मजयन्तीको अवसरमा अध्ययन गोष्ठी कार्यक्रम गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलालीका अध्यक्ष रमेशकुमार रावलले कामदार जनताको पक्षमा नीति र नियम बनाई समाजवादी व्यवस्था ल्याउन सकिन्छ भनी प्रमाणित गर्ने दार्शनिक माक्र्स भएको बताउनुभयो ।
नेपालका कम्युनिस्ट भनिने दलले जनतालाई धोका दिएको उल्लेख गर्दै उहाँले धेरै पटक सरकारमा गएर पनि शिक्षा, स्वास्थ्य, रोजगार, काम–मामको ग्यारेन्टी नगर्ने यिनीहरू कम्युनिस्टभित्रका संशोधनवादी हुन् भन्नुभयो । उहाँले कामदार जनताको शासन व्यवस्था नआउञ्जेल सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले माक्र्स संसारका श्रमजीवी जनताको हित चाहने महान् गुरु हुनुहुन्थ्यो भन्नुभयो । उहाँले माक्र्सवादी सिद्धान्तअनुसार नेपाल मजदुर किसान पार्टीले राजनीति गरिरहेको धारणा राख्नुभयो ।
नेपाल मजदुर किसान पार्टी कैलालीका सदस्य पदम सलामी र नगर समितिका सदस्य सुष्मा कामीले नेमकिपा नेपालको देशभक्त र क्रान्तिकारी पार्टी हो भन्नुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी महिला सङ्घ लम्कीचुहा नपा वडा नं ५ एकाइ समिति तिलकपुरको आयोजनामा २०६ औँ माक्र्स जयन्ती कार्यक्रम मनाइयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीति वर्गीय हुने बाटो माक्र्सले देखाएको बताउनुभयो । माक्र्स सर्वहारावर्गका महान् गुरु भएको प्रस्ट पार्दै उहाँले माक्र्सवादी सिद्धान्त भनेको समाजवादी व्यवस्था हो† समाजवादी व्यवस्थाबिना कामदार जनताको हित नहुने स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले माक्र्सको जीवनी अध्ययनबाट कार्यकर्ताहरूलाई राजनीतिमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।
पार्टी कार्यकर्ताको सक्रियताले नै समाजवादी व्यवस्था स्थापना हुने विश्वास व्यक्त गर्दै उहाँले खराब व्यवस्थाका कारण जनताले दुःख पाएको हो भन्नुभयो । नेमकिपा कैलालीका सदस्य हरिकला विष्टले निमुखा, गरिब जनतालाई माक्र्सवादले मुक्ति दिने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका कैलाली उपाध्यक्ष रत्नादेवी रावलले माक्र्स विश्वविद्यालयमा प्राध्यापक बन्न चाहनुहुन्थ्यो, बन्न नदिइएपछि पत्रकार बनेर आफ्नो विचार संसारभर फैलाएको प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका कैलाली सहसचिव भीमबहादुर बडुवाल, नेपाल क्रान्तिकारी युवा सङ्घ कैलालीका सदस्य अमृता भुलले पनि बोल्नुभएको थियो । बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वसन्ती पुनमगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *