भर्खरै :

पराधीन देशले देशको मुहार फेर्न नसक्ने

जहिलेसम्म देशमा असल, दूरदर्शी, देशभक्त, देश र जनताप्रति समर्पित नेताहरूले शासन गर्दैनन् तहिलेसम्म देश सही ढङ्गले अघि बढ्ने छैन । देश पछि पर्नु या विकास नहुनुको कारण सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै दोषी हुन् । सत्तासीन दलका नेताहरू असल, इमानदार, निःस्वार्थी र देश र जनताप्रति समर्पित भएमा गन्तव्यमा पुग्न सहज हुन्छ । ठुला दलको नेताको गर्व गर्ने तर कुनै मौलिक परिवर्तन गर्न अघि नसर्ने नेताहरूको अडान र विचार पनि स्पष्ट भएन । कुनै दलका नेतालाई चिन्ने आधार उसको बोली, आश्वासन र आकर्षक भाषण होइन, काम हो; व्यवहार हो । आदर्श छाँट्ने, देश समृद्ध र सुखी नेपालीको बखान गर्ने तर त्यो गन्तव्यमा पुग्न कुनै पूर्वाधार तयार नगर्ने सत्तासीन नेताहरूको चालले देशमा सङ्कट देखिएको हो; अभावै अभाव भएको हो† सरकारको आयु निश्चित नभएको हो ।
स्पष्ट विचार, दृढ अडान, नैतिक आचरण र इमानदारिता असल नेताहरूमा हुनुपर्ने गुण हो । देश र जनताप्रति समर्पित नेताहरू दलगत र व्यक्तिगत लाभमा फस्दैनन् । तिनीहरूको स्वार्थ भनेकै देश र जनताको सेवा गर्ने हुन्छ । उनीहरू लोभलालच र प्रलोभनमा फस्दैनन्; विदेशी हस्तक्षेप, दबाब, अतिक्रमण र आक्रमण स्वीकार्दैनन्; उनीहरू शत्रुसामु झुक्दैनन्; काममा लाग्दा आइपर्ने समस्यासित जुध्छन् या समस्याबाट विचलित हुँदैनन् । तर, देशका शासकहरूमा अडान देखिएको छैन; देशलाई मार्ग निर्देश गर्न सकिएको छैन । उनीहरू भ्रष्टाचारी, कमिसनखोर, ठेकेदार, बिचौलिया, अपराधीहरूको घेरामा परेका छन् । यही कारण देशमा भ्रष्टाचार र कमिसन बढेको हो† सुशासन नारा र कागजमा मात्र सीमित भएको हो । नैतिक सीमा मिचेर आय आर्जन गर्ने, सरूवा–बढुवा गर्न र गराएर पैसा असुल्ने, अनेक प्रपञ्च गरेर प्रतिस्पर्धाका सेटिङहरू मिलाएर जस्तोसुकै सम्झौता गरेर गलत कामलाई बढावा दिने काममा ठुला र सत्तासीन दलका नेताहरू लागिरहेका छन् ।
सत्तासीन दलका नेताहरू सिद्धान्त र विचारको राजनीतिमा लागेनन् । अडान नहुँदा, सिद्धान्त र विचारको राजनीति नगरी भागबन्डामा लाग्दा प्रदेश सरकारको गठन स्थिर रहेन । १४÷१५ महिनामा कोसी प्रदेशको सरकार पाँच ६ पटक हेरफेर भयो । के यो सही राजनीति हो ? शासकहरू असल, इमानदार नभएकै कारण देश भ्रष्टाचारको जालोमा फसेको हो† देश चलाउने नेताहरूको राजनीतिक छविमा दाग लागेको हो या उचाइ घट्दै गइरहेको हो । स्वार्थको लागि दल फुटाउने, नेतृत्व परिवर्तन गर्ने, मन्त्रीहरू हेरफेर गर्ने सरकारमा सामेल हुनुलाई परिवर्तन सम्झने नेताहरूले देशमा परिवर्तन गर्लान् भन्ने विश्वास कसरी गर्ने ? देशमा शासक दलहरूबिच नै विश्वास छैन । उनीहरूमा विश्वासको सङ्कट छ । कुन दलका नेताले कहिले समर्थन फिर्ता लिने हुन् ? कुन कुन दल सरकारमा सामेल भएर सरकारको समर्थन गरी सरकार टिकाउने हुन् ? कुनै निश्चित छैन । शासकहरूले राजनीतिक संस्कारको विकास गर्न सकेनन्† राजनीतिक चरित्र निर्माण गर्नेतर्फ ध्यान दिएनन्† सिद्धान्त र विचारको आधारमा गठबन्धन गर्दैनन् या सरकारमा सामेल हुँदैनन् । यो हुनुको कारण असल नेतृत्वको कमी हो ।
देशको स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको निम्ति जुट्नुपर्ने दलका नेताहरूको मन या विचार स्वस्थ छैन; उनीहरूको सङ्कीर्ण विचार नै देशको निम्ति बाधक बन्यो । यसले देशलाई पराधीन बनायो । पराधीन देशले देशको मुहार फेर्न सक्दैन । देश र जनताको भन्दा पद, पैसा र भागबन्डामा भुल्ने दलका नेताहरूको मनस्थिति नै फेर्नुपर्ने आवश्यकता छ । सिद्धान्त र विचारलाई थाती राखेर व्यक्तिगत लाभ र स्वार्थ खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । सत्तासीन दलका नेताहरू कुनै विदेशी शक्ति राष्ट्रहरूको दबाबमा होइन आफ्नै देशको माटो सुहाउँदो राजनीति गर्नुपर्छ । देशलाई कहिले कहाँ पु¥याउने भन्ने कुरा शासकहरूकै हातमा भर पर्छ । शासकहरूले गलत नीति बनाए, गलत काम गरे देश डुब्नेछ; देश असफल हुनेछ । यसतर्फ सत्तासीन दलका नेताहरू गम्भीर, संवेदनशील हुनुपर्छ; सचेत हुनुपर्छ । यसतर्फ देशका शासकहरूको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *